शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • पर्सा प्रहरीको एक वर्षे प्रगति: अपराध नियन्त्रणमा सफल, राजश्व संकलनमा उल्लेख्य प्रगति, बैंकिङ कसुर चुनाैती बन्दै
पर्सा प्रहरीको एक वर्षे प्रगति: अपराध नियन्त्रणमा सफल, राजश्व संकलनमा उल्लेख्य प्रगति, बैंकिङ कसुर चुनाैती बन्दै पर्सा प्रहरी अपराध नियन्त्रणमा सफल र राजश्व वृद्धि अभियानबाट ६२ करोडका भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरमा भने चुनौती बन्दै
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, साउन ७, २०८३
A1 Beakery Add A1 Beakery Add

जिल्ला प्रहरी कार्यालय पर्साकाे आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा कार्यसम्पादन प्रतिवेदनअनुसार जिल्लामा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, विपद् उद्धार तथा समुदायसँगको सहकार्यमा प्रहरीले विभिन्न गतिविधि सञ्चालन गरेको देखाएको छ ।

प्रतिवेदनले जिल्लामा पछिल्लो एक वर्षमा कुल १ हजार ८ सय १३ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको देखाएको छ । भने, बैंकिङ कसुर, अभद्र व्यवहार, लागुऔषध, ठगीलगायतका मुद्दा बढी देखिएका छन् ।

राजस्व चुहावट नियन्त्रणमा ६२ करोडभन्दा बढी योगदान

पर्सा प्रहरीले भन्सार छली, अवैध हुण्डी कारोबार, काठ तस्करी तथा नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणमा समेत सक्रियता देखाएको प्रतिवेदनले पुस्ति गरेकाे छ । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रहरीले भन्सार दाखिलामार्फत मात्रै ६२ करोड ९६ लाख ३२ हजार ६९ रुपैयाँ राजस्वमा योगदान पुर्‍याएको जनाएको छ । भने, राजस्व छलीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । जसबाट ७२ वटा सवारी साधन नियन्त्रणमा लिइ कार्वाहि प्रकृया अगाडि बढाएको छ । 

यसैगरी अवैध हुण्डी कारोबार अनुसन्धानका क्रममा ५३ लाख २१ हजार ४६० रुपैयाँ नगद बरामद गरेको छ । भने हुण्डी कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरी मुद्दा चलाएकाे छ । यसैगरी यसबाट २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ रुपैयाँ बराबरको बिगो मागदाबी गरेकाे खुलेको प्रहरीले जनाएको छ । त्यस्तै, अवैध काठतर्फ ३५० क्युफिट काठ बरामद गरी १५ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भने अवैध बालुवा–गिट्टी उत्खननमा संलग्न ३६ वटा ट्र्याक्टर, २ वटा टिपर, १ वटा जेसीबी र ६ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएकाे छ ।

१ हजार ८ सय १३ मुद्दा दर्ता, बैंकिङ कसुर सबैभन्दा बढी, फरार १ हजार ६० जना पक्राउ

आर्थिक वर्ष २०८२/०८३ मा पर्सामा विभिन्न शीर्षकमा १ हजार ८ सय १३ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका ५ सय १ वटा मुद्दा रहेका छन् । 

त्यस्तै अभद्र व्यवहारका ३ सय ९० वटा, लागुऔषधका १ सय १९ वटा, ठगीसम्बन्धी १ सय ७ वटा, ज्यान मार्ने उद्योगका ६० वटा, डाँका तथा चोरीका ५९ वटा, कर्तव्य ज्यानका ११ वटा र साइबर अपराधका १७ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा १ सय २६ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत ४ हजार ८ सय ८७ जना फरार प्रतिवादीमध्ये १ हजार ६० जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेकाबाट ८ करोड ४२ लाख ९ हजार ४६७ रुपैयाँ जरिवाना असुल गरिएको छ भने १८८ वर्ष १ महिना १७ दिन कैद सजाय कार्यान्वयन गरिएको छ ।

लागुऔषधसहित १६३ जना पक्राउ

पर्सा प्रहरीले आर्थिक वर्ष २०८२/०८३ मा ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ ।  

प्रहरीका अनुसार १९ सय ३३ किलो ८ सय ५४ ग्राम गाँजा, १ सय ३३ किलो ९४५ मिलिग्राम ब्राउन सुगर, २७३ किलो २९ ग्राम चरेसलगायत विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । लागुऔषध कारोबारमा संलग्न १ सय ६३ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

हातहतियारसहित १५ जना पक्राउ

प्रहरीले हातहतियार नियन्त्रण अभियानअन्तर्गत १५ जनालाई पक्राउ गरेको छ । 

पक्राउ परेकाबाट ३ थान कटुवा पेस्तोल, १ थान रिभल्वर, ६ थान भरुवा बन्दुक, १ थान एयर गन तथा विभिन्न गोलीगट्ठा र विस्फोटक पदार्थ बरामद गरिएको प्रतिवेदनमा जनाएकाे छ ।

विपद्का १ सय ६२ घटना, १५ जनाको मृत्यु

समीक्षा अवधिमा जिल्लामा प्राकृतिक विपद्का १६२ वटा घटना भएका छन् । ती घटनामा १५ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन् । 

त्यस्तै, विपद्का कारण ९१ वटा चौपायाको मृत्यु र ११ वटा घाइते भएका छन् । भौतिक संरचनातर्फ ९ वटा पक्की घर, २०३ वटा कच्ची घर, १९ वटा गोठ, एउटा कुखुरा फर्म र दुई वटा उद्योगमा क्षति पुगेको छ । प्रहरी प्रतिवेदनअनुसार विपद्बाट कुल १० करोड ३४ लाख ७१ हजार ७ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

७२ वटा राजनीतिक गतिविधि, बन्द र चक्काजाम शून्य

आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न राजनीतिक दल तथा समूहबाट ७२ वटा विरोध, प्रदर्शन, धर्ना, तालाबन्दी र आमसभा भएका छन् । 

प्रहरीका अनुसार यस अवधिमा ३८ वटा जुलुस तथा विरोध र्‍याली, २२ वटा धर्ना, ७ वटा तालाबन्दी, ४ वटा आमसभा र २ वटा हडताल तथा तोडफोडका घटना भएका छन्। नेपाल बन्द र चक्काजामका घटना भने शून्य रहेको प्रतिवेदनमा उल्लेख छ । यस्ता गतिविधिका क्रममा शान्ति सुरक्षा कायम गर्न आवश्यक सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

महिला, बालबालिका र समुदायसँग प्रहरीको सक्रियता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवातर्फ घरेलु हिंसासम्बन्धी ८ सय ३८ वटा उजुरी र गालीगलौज तथा झैझगडासम्बन्धी १ हजार ३ सय ३ वटा निवेदनको शतप्रतिशत फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ । हराएका महिला तथा बालबालिकाको खोजतलास गरी ३ सय ५७ जनालाई फेला पारिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महिला हिंसा, लागुऔषध, बालविवाह, साइबर अपराध, विपद् व्यवस्थापन र जनचेतनामूलक विषयमा २ हजार १ सय ९७ वटा कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रममा ५८ हजार ५ सय ३९ जनाभन्दा बढी नागरिक सहभागी भएका थिए ।

ट्राफिक कारबाहीबाट १ करोड ५९ लाख राजस्व संकलन

यातायात व्यवस्थापनतर्फ ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ९०४ वटा सवारी साधनलाई कारबाही गरिएको छ । 

सवारी कारबाहीबाट प्रहरीले १ करोड ५९ लाख ६८ हजार ५०२ रुपैयाँ राजस्व संकलन गरेको प्रतिवेदनमा उल्लेख छ । समग्रमा, जिल्ला प्रहरी कार्यालय पर्साको वार्षिक प्रतिवेदनले अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन तथा नागरिकसँगको सहकार्यमा प्रहरीको सक्रियता बढेको देखाएको छ ।

तर बैंकिङ कसुर र आर्थिक अपराधका घटना भने चुनौतीका रूपमा देखिएका छन् ।

भिडियाे सामाग्री


प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १४:०८
#मधेश प्रदेश #हुण्डी कारोबार #नेपाल प्रहरी #जिल्ला प्रहरी कार्यालय पर्सा #राजस्व संकलन #वीरगञ्ज #भन्सार छली #पर्सा प्रहरी #लागुऔषध नियन्त्रण #अपराध नियन्त्रण #महिला हिंसा #शान्ति सुरक्षा #पर्सा समाचार #विपद् व्यवस्थापन #आर्थिक वर्ष २०८२/०८३ #फरार प्रतिवादी पक्राउ #बैंकिङ कसुर #बालबालिका सुरक्षा #ट्राफिक कारबाही #हातहतियार बरामद #समुदाय प्रहरी साझेदारी #वार्षिक प्रहरी प्रतिवेदन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन बिहीबार, कात्तिक ५, २०८३
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा बुधबार, कात्तिक ४, २०८३
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ बुधबार, कात्तिक ४, २०८३
वीरगंज–२२ जगन्नाथपुरमा सडकभरि फोहोर, मेला सकिँदा पनि भएन सफाइ
वीरगंज–२२ जगन्नाथपुरमा सडकभरि फोहोर, मेला सकिँदा पनि भएन सफाइ बुधबार, कात्तिक ४, २०८३
क्लार्क रिसोर्टकाे गाेल्डेन फ्युचर क्यासिनोमा छापा चार नेपाली सहित ५ जना पक्राउ
क्लार्क रिसोर्टकाे गाेल्डेन फ्युचर क्यासिनोमा छापा चार नेपाली सहित ५ जना पक्राउ मंगलबार, कात्तिक ३, २०८३
वीरगंजमा चार लाख ११ हजारका चोरीका गरगहनासहित महिला पक्राउ
वीरगंजमा चार लाख ११ हजारका चोरीका गरगहनासहित महिला पक्राउ मंगलबार, कात्तिक ३, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित वीरगंज सिटी
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते वीरगंज सिटी
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान वीरगंज सिटी
पहिलो सिजनको च्याम्पियन जनकपुर अन्तिम स्थानमा, फर्केला पुरानो साख ?
पहिलो सिजनको च्याम्पियन जनकपुर अन्तिम स्थानमा, फर्केला पुरानो साख ? वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP