शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #शंकास्पद वित्तीय कारोबार
  • #उपेन्द्रकुमार साह
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #सुरजकुमार
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • स्वास्थ्यकर्मी उत्पादन गर्ने थलोमै स्वास्थ्यकाे संकट : वीरगंज नर्सिङ क्याम्पस परिसर मै फोहोरको दलदल, विद्यार्थी र होस्टेल दुर्गन्धको चपेटामा (भिडियाे रिपाेर्ट)
स्वास्थ्यकर्मी उत्पादन गर्ने थलोमै स्वास्थ्यकाे संकट : वीरगंज नर्सिङ क्याम्पस परिसर मै फोहोरको दलदल, विद्यार्थी र होस्टेल दुर्गन्धको चपेटामा (भिडियाे रिपाेर्ट) पर्खाल फुटाएर शैक्षिक हाता मै ढल निकास दुर्गन्धले शैक्षिक वातावरण प्रभावित
सतेन्द्र यादव
सतेन्द्र यादव मंगलबार, भदौ २३, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंज नर्सिङ क्याम्पस अहिले गम्भीर वातावरणीय तथा स्वास्थ्य संकटबाट गुज्रिरहेको छ । 

मधेश प्रदेशकै एकमात्र सरकारी नर्सिङ क्याम्पसको रूपमा रहेको त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको नर्सिङ क्याम्पस अहिले फोहोरको दलदलमा परेकाे छ ।

Dr-Kalpana-Paudel---Birgunj-CIty-News-1788877967.jpg
डा. कल्पना पौडेल (क्याम्पस प्रमुख) वीरगंज नर्सिङ क्याम्पस ।

वीरगंज महानगरपालिका वडा नम्बर ४, बिर्तामा अवस्थित यस ऐतिहासिक क्याम्पसको परिसरभित्रै स्थानीय बस्तीको ढल र खुला फोहोर सिधै मिसाइएपछि शैक्षिक वातावरण, होस्टेल तथा समग्र क्याम्पस परिसर दुर्गन्धित र अस्तव्यस्त बन्न पुगेको हो ।

वि.सं. २०३२ सालमा सिएमी (CMA/AHW) कार्यक्रमबाट स्थापना भई वि.सं. २०४३ देखि प्रमाणपत्र तह ((PCL nursing)) सञ्चालन गरेको यस संस्थाले हाल स्नातक तहका बिएस्सी नर्सिङ र बिएनएस (BnS) कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । देशका ७७ वटै जिल्लाबाट नर्सिङ शिक्षा हासिल गर्न आएका विद्यार्थीहरू अध्ययन गर्ने यस राष्ट्रिय गौरवको शैक्षिक संस्था अहिले भने वरपरका बस्तीबाट आउने ढलको निकास स्थलमा परिणत भएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

क्याम्पस प्रमुख डा. कल्पना पौडेलका अनुसार क्याम्पसको मुख्य समस्या नै बाहिरबाट क्याम्पस परिसरमा जबर्जस्ती मिसाइएको ढल निकास हो । उनका अनुसार “हामी आफैँ स्वास्थ्य क्षेत्रमा कार्यरत छौँ र दक्ष नर्सहरू उत्पादन गर्छौँ, तर आफ्नै क्याम्पसभित्रको वातावरण भने अत्यन्तै अस्वस्थकर र दुर्गन्धित बनेको छ ।” ढलको पानी निरन्तर जम्मा हुँदा क्याम्पसभित्रै ठूलो पोखरी बनेको छ, जसले गर्दा क्याम्पसको माटोको भारवहन क्षमता  कमजोर भई दलदलमा परिणत भएको छ ।

जसका कारण नयाँ भवन निर्माणका लागि गरिएको माटो परीक्षणमा समेत गम्भीर जोखिम देखिएको क्याम्पस प्रशासनले जनाएको छ ।

Rajaram-Mahato---Birgunj-city-1788877965.jpg
रामराज महतो (कर्मचारी)

क्याम्पसको सुरक्षा पर्खाल फुटाएर स्थानीय क्षेत्रको बाक्लो ढलको पाइप क्याम्पसको मुख्य आवतजावत गर्ने बाटैमा खसालिएको छ । क्याम्पसका कर्मचारी रामराज महतोका अनुसार दैनिक सयौँ विद्यार्थी, शिक्षक तथा स्थानीय बटुवा हिँड्ने सडकमाथिबाटै सिधै ढल र फोहोर पानी खस्ने गरेको छ । “मेयरसाब’को गाडी आउँदा समेत माथिबाट फोहोर पानी खनिएको अवस्था छ, बारम्बार सफा गरे पनि स्थानीय बासिन्दाले फेरि त्यहीँ फोहोर फालिदिन्छन्,” महतोले दुखेसो पोखे ।

ढलको दलदलका कारण क्याम्पसको होस्टेल र क्यान्टिन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । क्याम्पसकी सहायक प्राध्यापक एवं होस्टेल वार्डेन अञ्जु कुमारी महतोका अनुसार खुला ढलका कारण होस्टेलभित्र ठूला–ठूला मुसा, साङ्ला र सर्पको बिगबिगी बढेको छ । “विद्यार्थीहरू दुर्गन्धका कारण तल्लो तलामा बस्नै मान्दैनन्, खाना खाने क्यान्टिन र कोठासम्मै किरा–फट्याङ्ग्रा पुग्दा विद्यार्थीहरू निरन्तर बिरामी पर्ने गरेका छन्,”  अञ्जुको भनाई थियो । क्यान्टिन सञ्चालक हिक्मत रोकाहाले पनि दुर्गन्ध र लामखुट्टे–मुसाको आतंकले क्यान्टिन सञ्चालन गर्नै नसक्ने अवस्था आएको गुनासाे गरेका छन् ।

Anju-Kumari---Hostel-Warden---Birgunj-Nurshing---Birgunj-city-1788877965.jpg
अञ्जु कुमारी महतो (होस्टेल वार्डेन)

क्याम्पसकी उपप्राध्यापक रुबी साहका अनुसार यस्तो फोहरले क्याम्पसको शैक्षिक गरिमा, सौन्दर्य र नयाँ भर्ना हुन आउने विद्यार्थीहरूको आकर्षणमा नकारात्मक प्रभाव पारेको छ । 

Rubi-Sah---Birgunj-Nurshing---Birgunj-city-1788877964.jpg
रुबी साह (उपप्राध्यापक)

त्यसैगरी बिएनएस दोस्रो वर्षकी विद्यार्थी रागिनी यादवको भनाइ अनुसार, ढलमा फ्याँकिएको स्यानिटरी प्याडदेखि घरायसी फोहोरसमेत क्याम्पस परिसरमा जम्मा हुने गरेको छ । यसको दुर्गन्ध हावा चल्दा र पानी पर्दा झन धेरै फैलने हुँदा समस्यामा पर्ने गरेको छात्रा यादवले बताइन् । 

Ragini-Yadav---Birgunj-city-1788877963.jpg
रागिनी यादव (विद्यार्थी)


रागिनी यादव (विद्यार्थी)

क्याम्पस परिसरको फोहोरलाई माटोले छोपिदिए मात्रै पनि दुर्गन्ध न्युनिकरण हुन सक्ने क्याम्पस प्रशासन प्रमुख श्रेष्ठ नारायण चौधरीको सुझाव छ । यसो भए तत्कालिक दुर्घन्धको सकस कम हुने र वातावरणमा सुधार हुनसक्ने प्रशासन प्रमुख चौधरीले बताए । 

Shrestha-Narayan-Chaudhari---Birgunj-Nurshing---Birgunj-city-1788877961.jpg
श्रेष्ठ नारायण चौधरी (क्याम्पस प्रशासन प्रमुख)

महानगरपालिका, वडा कार्यालय र सम्बन्धित निकायमा पटक–पटक लिखित पत्राचार र प्रत्यक्ष भेटवार्ता गर्दा पनि आश्वासनबाहेक कुनै ठोस निकास ननिस्किएको क्याम्पस परिवारको गुनासो छ । कानुनविपरीत अर्काको शैक्षिक हाताभित्र ढल मिसाउने कार्य तत्काल रोक्न र दीर्घकालीन ड्रेनेज व्यवस्थापन गरिदिन क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले स्थानीय सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेका छन् ।

Jagat-Sah-Kanu---Birgunj-city-1788877962.jpg
जगत साह कानू,वडा अध्यक्ष (वडा नं. ४) 


हामी गर्छौ क्याम्पसले पनि गर्नुपर्छ – जगत साह कानू,वडा अध्यक्ष (वडा नं. ४) 

यस सम्बन्धमा नर्सिङग क्याम्पस रहेको वीरगंज महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानूुले क्याम्पसको स्वस्थ्य र सुरक्षा व्यवस्था प्रति आफुहरू सम्बेदनशिल रहेको बताएका छन् । क्याम्पस आसपास क्षेत्रमा केही पहिले मात्रै पक्की नाला बनेको र केही स्थानमा माटो भर्ने काम समेत भएको भन्दै पक्की नालामा ढक्कन राख्नु पर्ने र लम्बाई अझ बढाउनु पर्ने अवस्था देखिएमा आगामी आर्थिक बर्षमा हुन सक्ने बताए । क्यम्पसको सुरक्षादेखि हरेक कामहरूमा समेत वडाले सहयोग र सहजीकरण गरिरहेको दाबी उनले गर्दै क्याम्पस परिसर भित्रको झाडी तथा परिसर भित्रैबाट उत्सर्जित फोहरहरू व्यवस्थापनमा क्याम्पस आफैले पनि सक्रियता देखाउनुपर्ने बताए ।

स्वास्थ्यकर्मी उत्पादन गर्ने जस्तो संवेदनशील र गरिमामय शैक्षिक संस्थाभित्रै स्वास्थ्यको गम्भीर संकट देखिनु विडम्बनापूर्ण हो । क्याम्पसको हाताभित्र कानुनविपरीत मिसाइएको ढल रोक्न र दीर्घकालीन ड्रेनेज व्यवस्थापन गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्न जरुरी छ ।


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  २०:२७
#वीरगंज #वीरगंज महानगरपालिका #मधेश प्रदेश #त्रिभुवन विश्वविद्यालय #पर्सा #स्थानीय सरकार #वीरगंज नर्सिङ क्याम्पस #फोहोर व्यवस्थापन #स्वास्थ्य संकट #वातावरणीय संकट
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन बुधबार, असोज २१, २०८३
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) बुधबार, असोज २१, २०८३
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) बुधबार, असोज १४, २०८३
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) शुक्रबार, असोज ९, २०८३
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) शुक्रबार, असोज ९, २०८३
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) आइतबार, असोज ४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना वीरगंज सिटी
पिकअप र सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते
पिकअप र सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रमा वीरगंजमा चुनरी यात्रा आयोजना हुने, १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा
नवरात्रमा वीरगंजमा चुनरी यात्रा आयोजना हुने, १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा वीरगंज सिटी
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु वीरगंज सिटी
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप वीरगंज सिटी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ वीरगंज सिटी
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP