वीरगंजस्थित त्रिजुद्ध माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरू आधारभूत सुविधाबाट बन्चित भएका छन् ।
विशेष शिक्षा अन्तर्गत विद्यालयमा आश्रित दृष्टिविहीन विद्यार्थीका लागि उपलब्ध भोजन, बसोबास तथा अध्ययनको व्यवस्थापनमा व्यवस्थापन समिति कै सदस्यको गिद्दे नजर परेपछि समग्रमा विद्यालय व्यवस्थापनमाथि नै प्रश्न उठेको छ । त्रिजुद्ध माध्यमिक विद्यालयमा हाल करिब १८ जना दृष्टिविहीन विद्यार्थी छात्रबासमा रहेर अध्ययनरत रहेका छन् । उनीहरूको खानपान तथा अन्य व्यवस्थापनका लागि प्रति विद्यार्थी मासिक करिब ४ हजार ५ सय रुपैयाँ रकम सरकारले उपलब्ध गराइरहेका छ ।
उक्त रकमबाट विद्यार्थीहरूको नियमित भोजनको व्यवस्था गर्नुपर्ने हो । तर आफूहरूले नियमित रूपमा पर्याप्त पौष्टिक खाना नपाएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
विशेष शिक्षा लागु भएपछि विगतमा बालबालिकाको खानपानको व्यवस्था व्यवस्थापन समितिले गर्दै आएको थियो । त्यतिबेला विद्यार्थीहरूको खासै गुनासो थिएन । तर व्यवस्थापन समितिले आफ्नो जिम्मेवारी पन्छाएर समितिकै सदस्य जीतेन्द्र पटेललाई ठेक्का दिएपछि समस्या आएको हो । बालबालिकाको उपलब्ध रकम बँचाएर नाफा खाने गलत मनासाय जिम्मेवार सदस्यमा पलाएपछि बालबालिका पीडित भएको नाम नराख्ने सर्तमा एक अभिभावकले बताए ।
विद्यार्थीहरूका अनुसार, कतिपय अवस्थामा बिहान पकाएको खाना बेलुका र बेलुका बँचेको खाना विहान गरेर, बासी र सडेगलेका खाना ख्वाइरहेको छ । खानाको गुणस्तर तथा सरसफाइमा समेत ध्यान नदिइएको उनीहरूको गुनासो छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
दृष्टिविहीन विद्यार्थी
फरक क्षमताका दृष्टिविहीन बालबालिकाका लागि विद्यालय पढाइको केन्द्र मात्र नभई आश्रयस्थल समेत हो । उनीहरूको शिक्षा, खाना, बसोबास, स्वास्थ्य तथा सुरक्षाको जिम्मेवारी विद्यालय र सम्बन्धित सरकारी निकायको हुन्छ । यस्तो अवस्थामा खानाको गुणस्तर मै प्रश्न उठ्नु सामान्य विषय होइन् । यसले शिक्षा, स्वास्थ्य तथा शारिरिक र मानसिक अवस्थमा समेत प्रत्यक्ष असर पार्छ ।
त्रिजुद्ध विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी २०८२ माघ १९ गते देखि त्रिजुद्ध माध्यमिक विद्यालयको नेतृत्वमा आएका हुन् । विद्यालयको नेतृत्व सम्हाल्दा नै दृष्टिविहीन विद्यार्थीको शिक्षा, खानपान, ओछ्यान लगायतका आधारभूत सुविधाको अवस्था सन्तोषजनक नरहेको आफूले देखेको प्रधानाध्यापक कुर्मीको भनाइ छ ।

हरिन्द्र प्रसाद कुर्मी, प्रधानाध्यापक
विद्यालयले दृष्टिविहीन विद्यार्थीका लागि नियमित रूपमा खाना तथा अन्य आवश्यक सुविधा उपलब्ध गराउँदै आएको प्रधानाध्यापक कुर्मीको स्पष्टोक्ती छ । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न प्रकारका पौष्टिक खाना उपलब्ध गराउने गरिएको उनको दाबी छ । तर विद्यार्थीको गुनासो र विद्यालय प्रशासनको दाबीबीच भने विरोधाभास देखिएको छ । विद्यालयले पर्याप्त खाना र सुविधा उपलब्ध गराएको दाबी गरिरहँदा विद्यार्थीले भने खानाको गुणस्तर तथा नियमिततामाथि प्रश्न उठाएका छन् ।
प्रधानाध्यापक कुर्मी त्रिजुद्धको नेतृत्वमा आएको करिब पाँच महिनापछि दृष्टिविहीन विद्यार्थीको खाना, बसोबास तथा अध्ययन व्यवस्थापनको जिम्मेवारी व्यवस्थापन समितिका सदस्य जितेन्द्र पटेललाई ठेक्कामार्फत दिइएको विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थीहरूको दैनिक व्यवस्थापन व्यवास्थापन समितिबाट ठेकेदारलाई दिने निर्णयमा आफूलाई विद्यालय व्यवस्थापन समितिबाट दबाब आएको प्रअ कुर्मीले बताएका छन् ।
बाइट : हरिन्द्र प्रसाद कुर्मी, प्रधानाध्यापक
होस्टलको जिम्मेवारी पाएका व्यवस्थापन समितिका सदस्य पटेलले विद्यार्थीहरूको गुनासो सम्बन्धमा बोल्न चाहेनन् । उनले प्रधानाध्यापक कुर्मीको भनाई नै सदर रहेको भन्दै विद्यालय व्यवस्थापनले जे निर्णय गर्छ सोही मान्न आफु तयार रहेको बताएका छन् ।
दृष्टिविहीन बालबालिकाको शिक्षा, स्वास्थ्य, खानपान र बसोबास सामान्य विद्यार्थीको भन्दा अझ संवेदनशील विषय हो । बालबालिकाका लागि छुट्याइएको रकम उनीहरूको हितमै खर्च भएको सुनिश्चित गर्नु विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानीय सरकारको जिम्मेवारी हो।