शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #२ अर्ब ३९ करोड
  • #जिल्ला अदालत पर्सा
  • #धरौटीमा रिहा
  • #शंकास्पद वित्तीय कारोबार
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सल्यानमा स्क्रब टाइफसको त्रास, ७८५ जनामा संक्रमण पुष्टि, नौ जनाको मृत्यु
सल्यानमा स्क्रब टाइफसको त्रास, ७८५ जनामा संक्रमण पुष्टि, नौ जनाको मृत्यु
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज ३०, २०८३
A1 Beakery Add A1 Beakery Add

 नेपालीको महान् चाड बडादसैँ सुरु भइसक्दा पनि सल्यानका स्क्रब टाइफस प्रभावित क्षेत्रमा चाडपर्वको उल्लास देखिन सकेको छैन ।

संक्रमण फैलिने क्रम नरोकिँदा बिरामी र उनीहरूका आफन्त चिन्तित छन् भने रोगका कारण परिवारका सदस्य गुमाएका घरमा शोक छाएको छ । संक्रमणको त्रास र आफन्त गुमाउनुको पीडाले प्रभावित गाउँबस्तीमा दसैँको रौनक ओझेलमा परेको छ ।स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म सरकारी तथा निजी स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा ७८५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। रोगका कारण हालसम्म नौ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ  ।

जिल्लामा संक्रमण देखिने क्रम अझै जारी छ। असोज २९ गते ३६ जनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये १३ जना महिला र तीन जना पुरुष छन् । यसअघि असोज २८ गते सरकारी स्वास्थ्य संस्थामा परीक्षण गरिएका ४१ जनामध्ये १० जनामा संक्रमण पुष्टि भएको थियो। निजी स्वास्थ्य संस्थामा परीक्षण गरिएका चार जनामध्ये तीन जनामा संक्रमण देखिएको थियो ।

दार्मामा सबैभन्दा बढी संक्रमण, आठ जनाको मृत्यु

Add Sarwotam HospitalAdd Sarwotam Hospital

लगातार दुई वर्षदेखि स्क्रब टाइफसको संक्रमण देखिँदै आएको दार्मा गाउँपालिकामा यस वर्ष संक्रमण र मृत्युका घटनाले स्थानीयलाई थप त्रसित बनाएको छ ।

दार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुदीप केसीका अनुसार गत वर्ष चार जनाको मृत्यु भएको यस क्षेत्रमा यस वर्ष पनि आठ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमणका कारण बिरामीले उपचारका क्रममा सास्ती भोग्नुपरेको र स्थानीयमा रोगको त्रास बढेको उहाँले बताउनुभयो।

स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कअनुसार दार्मा गाउँपालिकामा हालसम्म २८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि बागचौर नगरपालिकामा २४५ जना संक्रमित भएका छन् ।

कार्यालयका अनुसार मृतकमध्ये दार्मा गाउँपालिकाका सात जना पुरुष र एक जना महिला तथा छत्रेश्वरी गाउँपालिकाकी एक जना महिला छन् । यसरी जिल्लामा स्क्रब टाइफसका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

तीन हजार ३८० जनाको परीक्षण

असोज २९ गतेसम्म जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा महिला दुई हजार २१३ र पुरुष एक हजार १६७ गरी तीन हजार ३८० जनाको स्क्रब टाइफस परीक्षण गरिएको छ। तीमध्ये महिला ६१७ र पुरुष १६८ गरी ७८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिनुभयो ।

सरकारी स्वास्थ्य संस्थामा दुई हजार ९९५ जनाको परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५३१ महिला र १४९ पुरुष छन । त्यस्तै, निजी स्वास्थ्य संस्थामा ३८५ जनाको परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको छ। तीमध्ये ८६ महिला र १९ पुरुष छन् ।

समयमै उपचार नहुँदा जोखिम बढ्ने

जनस्वास्थ्य अधिकृत रिजालका अनुसार विज्ञ टोलीले गरेको प्रारम्भिक अध्ययनमा बिरामीलाई ज्वरो आएपछि समयमै स्वास्थ्य संस्थामा नलैजाने र सुरुमा निजी क्लिनिकमा पुगेर एन्टिबायोटिकको सुई लगाउने प्रवृत्तिले उपचारमा समस्या उत्पन्न गरेको पाइएको छ ।

उहाँका अनुसार समयमै रोग पहिचान गरी उचित उपचार नगर्दा बिरामीको अवस्था जटिल बन्न सक्छ। प्रभावकारी औषधि प्रयोग गर्दा सामान्यतया ४८ घण्टाभित्र ज्वरो नियन्त्रणमा आउन सक्ने भए पनि औषधिको छनोट र सेवन चिकित्सकको सल्लाहअनुसार गर्नुपर्ने हुन्छ ।

संक्रमण फैलिन थालेपछि स्वास्थ्य सेवा कार्यालयले आकस्मिक कोषबाट पाँच सय परीक्षण किट र औषधिको व्यवस्था गरी परीक्षण सुरु गरेको थियो। त्यसपछि प्रदेश सरकारबाट एक हजार २०० र सङ्घीय सरकारबाट करिब एक हजार परीक्षण किट तथा आवश्यक औषधि प्राप्त भएको कार्यालयले जनाएको छ।

संक्रमण अझै कायम रहेकाले आगामी दिनमा थप परीक्षण किट र औषधि आवश्यक पर्ने अवस्था आएको कार्यालयले जनाएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १५:१४
#दसैं #जनस्वास्थ्य #बिरामी #स्वास्थ्य सचेतना #स्वास्थ्य समाचार #संक्रामक रोग #सल्यान #रोग नियन्त्रण #स्क्रब टाइफस #स्क्रब टाइफस संक्रमण #दार्मा गाउँपालिका #बागचौर नगरपालिका #छत्रेश्वरी गाउँपालिका #स्वास्थ्य सेवा कार्यालय सल्यान
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
यात्रामा पिसाब रोक्ने बानीले बढाउन सक्छ सङ्क्रमणको जोखिम
यात्रामा पिसाब रोक्ने बानीले बढाउन सक्छ सङ्क्रमणको जोखिम बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पत्र
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पत्र बुधबार, असोज २८, २०८३
नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए, १५ जनामा क्षयरोग पुष्टि
नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए, १५ जनामा क्षयरोग पुष्टि बुधबार, असोज २८, २०८३
दाल र गेडागुडीको प्रोटिनले मासु र अण्डाको आवश्यकता पूरा गर्छ ?
दाल र गेडागुडीको प्रोटिनले मासु र अण्डाको आवश्यकता पूरा गर्छ ? मंगलबार, असोज २७, २०८३
तीस लाख नेपालीलाई बाथरोगको समस्या
तीस लाख नेपालीलाई बाथरोगको समस्या सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान वीरगंज सिटी
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP