शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #हुण्डी कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #धरौटीमा रिहा
  • #२ अर्ब ३९ करोड
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पर्सामा २४ जना लागुऔषधसहित पक्राउ, ७५ लाखको अवैध सामान बरामद
पर्सामा २४ जना लागुऔषधसहित पक्राउ, ७५ लाखको अवैध सामान बरामद
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, कात्तिक ३, २०८३
A1 Beakery Add A1 Beakery Add

पर्सा प्रहरीले असोज महिनामा अपराध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध सञ्चालन गरेको अभियानका क्रममा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले भन्सार छली गरी ल्याइएका करिब ७५ लाख ४४ हजार रुपैयाँ बराबरका सामानसमेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार  असोज महिनामा जिल्लाभरि विभिन्न प्रकृतिका १११ वटा अपराधका घटना दर्ता भएका छन् । तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी ९, ज्यानसम्बन्धी ८, महिला तथा बालबालिकासम्बन्धी ६ र आत्महत्यासम्बन्धी ४ घटना छन्। सवारी ज्यानका २ र अन्य प्रकृतिका ४ घटना पनि दर्ता भएका छन् ।

प्रहरीले सो अवधिमा चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । यस्तै, फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयन अभियानअन्तर्गत १०३ जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट ४० वर्ष ११ महिना १२ दिन कैद र २ करोड ७१ लाख १२ हजार ४४२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पर्साका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले प्रहरीले असोज महिनामा लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरेको र उनीहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको जनाएका छन् ।  यसैगरी, भन्सार छली गरी ल्याइएका अनुमानित ७५ लाख ४४ हजार ४९ रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। अवैध हातहतियार नियन्त्रण अभियानका क्रममा पाँच थान हतियार र ६ राउन्ड गोलीसमेत बरामद गरिएको छ ।

अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रणका क्रममा प्रहरीले ४ हजार १७६ लिटर मदिरा र ६ हजार ६०५ लिटर कच्चा पदार्थ बरामद गरेको छ । यस क्रममा एक जना पक्राउ परेका छन् भने दुई वटा मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरिएको विवरणमा उल्लेख छ । प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा बालुवा, ढुङ्गा र गिट्टी ओसारपसारमा प्रयोग भएका १९ वटा ट्याक्टर नियन्त्रणमा लिएर ९५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

अवैध वन पैदावार ओसारपसारमा संलग्न सात जनालाई पक्राउ गरी १४ वटा साइकल र ५४ घनफिट काठ बरामद गरिएको र यसबाट ३ लाख ११ हजार ६०० रुपैयाँ राजस्व तथा जरिवाना प्राप्त भएको निमित्त सूचना अधिकारी राईले बताए।

घरेलु हिंसा तर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी घटनामा प्रहरीले असोज महिनामा ३९ वटा उजुरी प्राप्त गरेको जनाइको छ । घरेलु हिंसासम्बन्धी ३९ उजुरीमध्ये सबैमा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सवारी दुर्घटना तर्फ  असोज महिनामा ४० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । दुर्घटनामा ६१ वटा सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ । यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरी प्रहरीले १६ लाख ३६ हजार ५०० रुपैयाँ जरिवाना असुल गरेको छ । यस अवधिमा १ हजार ३४४ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।


प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  १२:४९
#सवारी दुर्घटना #जिल्ला प्रहरी कार्यालय पर्सा #वीरगञ्ज #भन्सार छली #पर्सा प्रहरी #अवैध कारोबार #अपराध नियन्त्रण #फरार प्रतिवादी #घरेलु हिंसा #लागुऔषध बरामद
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
क्लार्क रिसोर्टकाे गाेल्डेन फ्युचर क्यासिनोमा छापा चार नेपाली सहित ५ जना पक्राउ
क्लार्क रिसोर्टकाे गाेल्डेन फ्युचर क्यासिनोमा छापा चार नेपाली सहित ५ जना पक्राउ मंगलबार, कात्तिक ३, २०८३
वीरगंजमा चार लाख ११ हजारका चोरीका गरगहनासहित महिला पक्राउ
वीरगंजमा चार लाख ११ हजारका चोरीका गरगहनासहित महिला पक्राउ मंगलबार, कात्तिक ३, २०८३
गीतामन्दिरमा धुमधामका साथ दुर्गा पूजा मनाइँदै
गीतामन्दिरमा धुमधामका साथ दुर्गा पूजा मनाइँदै सोमबार, कात्तिक २, २०८३
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ शनिबार, असोज ३१, २०८३
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य शनिबार, असोज ३१, २०८३
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) शनिबार, असोज ३१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ वीरगंज सिटी
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
क्लार्क रिसोर्टकाे गाेल्डेन फ्युचर क्यासिनोमा छापा चार नेपाली सहित ५ जना पक्राउ
क्लार्क रिसोर्टकाे गाेल्डेन फ्युचर क्यासिनोमा छापा चार नेपाली सहित ५ जना पक्राउ वीरगंज सिटी
वीरगंजमा चार लाख ११ हजारका चोरीका गरगहनासहित महिला पक्राउ
वीरगंजमा चार लाख ११ हजारका चोरीका गरगहनासहित महिला पक्राउ वीरगंज सिटी
पर्सामा २४ जना लागुऔषधसहित पक्राउ, ७५ लाखको अवैध सामान बरामद
पर्सामा २४ जना लागुऔषधसहित पक्राउ, ७५ लाखको अवैध सामान बरामद वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने
एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने वीरगंज सिटी
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ?
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ? वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद वीरगंज सिटी
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP