काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार आचार्यसहित ६ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।
समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक दिपक थापाले बिहीबार जारी गरेको बढुवा सिफारिस सूचीमा आचार्यसँगै ६ जनालाई बढुवा सिफारिसमा परेका छन् ।
सिफारिस हुने अन्य व्यक्तिहरूमा केन्द्रिय अनुसन्धान ब्यूरो लाजिम्पाट, काठमाडौंका चन्द्र कुबेर खापुङ, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाका लालमणि आचार्य, बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका कृष्णहरी शर्मा पोखरेल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका दान बहादुर कार्की, कोशी प्रदेश प्रहरी कार्यालय, मोरङका राजन अधिकारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका डा. मनोज कुमार के.सी. रहेका छन् ।