वीरगंजको पानीट्यांकी मुख्य चोकस्थित सडक जीर्ण बन्दै जाँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
सडकमा ठाउँ–ठाउँमा ठूला खाल्डाखुल्डी बनेपछि सवारी चालक तथा पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । सडकमा बनेका खाल्डाखुल्डीका कारण सवारी साधन सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ । खाल्डाखुल्डी छल्दै सवारी चलाउनुपर्ने बाध्यता हुँदा विशेषगरी दुईपाङ्ग्रे सवारी चालकलाई बढी समस्या हुने गरेको छ ।
सडक विकास र सहज आवागमनका लागि निर्माण गरिए पनि जीर्ण अवस्थाका कारण यही सडक सर्वसाधारणका लागि जोखिमको कारण बनेको छ । सडकको अवस्थाले स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने यात्रुहरू प्रभावित भइरहेका छन् ।
सडकको अवस्था सुधार गर्नुपर्ने आवश्यकता देखिए पनि सम्बन्धित निकायबाट मर्मतसम्भारमा पर्याप्त ध्यान पुग्न सकेको छैन । सडकको यस्तो अवस्थाले सम्भावित दुर्घटनाको जोखिम बढाइरहँदा पनि सम्बन्धित निकायको बेवास्ता कहिलेसम्म जारी रहने भन्ने प्रश्न उठेको छ ।
सर्वसाधारणले सुरक्षित र सहज आवागमन गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल सडक मर्मतमा ध्यान दिनुपर्ने देखिन्छ ।