पर्साको ड्राइपोर्ट देखि परवानीपुरसम्मको सडकखण्डमा अवैध रूपमा भारतीय ट्रकबाट दिनकै लाखौँ असुली गर्दा पर्साका प्रहरी प्रशासन वा प्रजिअले दिउसै देख्दैनन् ।
खासगरी भारत तथा भारत भएर तेस्रो मूलक भएर आउने मालवस्तु बोकेको ट्रकबाट अवैध असुली गर्दा स्थानीय जनप्रतिनिधि देखी प्रजिअसम्म समेतको भाग जाने भएकाले अवैध असुलि प्रशासनले कहिले नदेख्ने गरेको एक स्थानीयले दाबी गरे ।
नेपाल सरकारले त्रिभुवन राजपथ अन्तर्गत कुनैपनि स्थानमा ढाट लगाएर असुली गर्न मिल्दैन् तर सुख्खा बन्दरगाह कार्यालय ड्राइपोर्ट गएदेखि वीरगंज महानगरपालिकाले अवैध रुपमा सवारी कर असुल्ने गरेको छ । रकम असुल्न बिलमा एक प्रकारको रकम र धम्काएर थप रकम लिने गरेको छ । यसअघि वीरगंज महानगरपालिकाका वडा नम्बर १७ का वडा अध्यक्ष सञ्जु छतकुलिले पटक पटक यस विषयमा विरोध जनाएपनि पर्साका प्रशासनले अवैध असुलि केन्द्र हटाउन सकेका छैनन् ।
भन्सार विन्दुबाट निस्केको ट्रकमा अवैध असुली
नेपाल सरकारले भन्सार विन्दुबाट निस्कने ट्रकबाट मुख्य सडकमा लिन नपाउने व्यवस्था छ तर स्थानीय सरकारको अधीनमा नपर्ने सडकमा अवैध असुली दिनकै भइरहेको छ ।
पटक पटक स्थानीयले गुनासो गरेपनि भारतीय ट्रकबाट असुल्न पाएकाले प्रशासनले चासो देखाउँदैनन् । रातको अध्यारोमा ड्राइपोर्ट देखि परवानीपुरसम्म चारठाउँ सम्म अवैध असुलि गर्ने गर्दछ तर प्रहरी प्रशासन मुख दर्शक बनेका छन् । महानगर अन्तर्गतको अधीनमा रहेको सडकमा सवारी कर असुली गर्नुपर्ने तर सडक विभाग अन्तर्गत पर्ने सडकमा अवैध रुपमा असुलि गर्ने गरेका छन् ।
सोही गुनासोको आधारमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्ट देखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारी साधन, विशेषगरी भारतीय गाडीहरुबाट तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किएका थिए । ड्राइपोर्ट देखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट (टोल नाका) मा अवैध असुली भइरहेको पाइएपछि सोही स्थानबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ । अनुगमनपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले भने, “जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो । अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथि दुर्व्यवहार अब सह्य हुँदैन ।”
प्रदेश सरकारले यसअघि पनि सीमा नाका, सडक ढाट लगायत स्थानहरूमा हुने अवैध कारोबार तथा असुली नियन्त्रण गर्न पहल थालेका छन् ।
भिडियाे सामाग्री