बारा | बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक जना ‘क्रेन अपरेटर’को ज्यान गएको छ ।
क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लाग्दा भारतको उत्तर प्रदेशस्थित ननौरा बलिया घर भएका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।
फलाम टाउकोमा लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।