काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाभियोगको कल्पना समेत नगरिएको स्पष्ट पारेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले उनको विरुद्ध हस्ताक्षर अभियान चलाइरहेका बेला रास्वपाले यस्तो प्रतिक्रिया दिएको हो ।
उपसभामुख राना मगरले अमेरिकाको भिसाका लागि पार्टीको लेटरप्याड प्रयोग गरी सिफारिस गरेर मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ । राजीनामा दिन आग्रह गर्दा पनि नमानेपछि हस्ताक्षर अभियान सुरु गरिएको कांग्रेस सांसदहरूको दाबी छ ।
संविधानको धारा १ को उपदफा (६) को (ग) अनुसार पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित गरेमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।
उपसभामुख राना मगर स्वयं रास्वपा सांसद पनि हुन्। पार्टीले उनीविरुद्ध महाभियोग लगाउने कुरा नै कल्पनाबाहिरको भएको दाबी गरेको हो ।
भिडियाे सामाग्री