पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले गोली नचलेको र प्रदर्शनका क्रममा प्रयोग भएको गोली प्रहरीसँग नभएको दाबी गरेका छन् । तर, त्यसो हो भने आन्दोलनकै क्रममा मृत्यु भएका ७४ जना कसको गोली लागेर ज्यान गुमाए भन्ने गम्भीर प्रश्न उठेको छ। यसबारे निष्पक्ष छानबिन अपरिहार्य छ ।
जेन–जी आन्दोलनका क्रममा म पनि नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उपस्थित थिएँ। त्यतिबेला प्रहरीले अन्धाधुन्ध अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर पारेको थियो । आन्दोलनकारी र प्रहरीबीच पहिले नै सहमति भइसकेको थियो— आन्दोलनकारीले निषेधाज्ञा नतोډ्ने र प्रहरीले बल प्रयोग नगर्ने। तर, अचानक प्रहरी आक्रोशित भएको र गोली चलेको सत्य हो ।
यस घटनामा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को प्रत्यक्ष जिम्मेवारी रहन्छ । प्रधानमन्त्रीले "प्रहरीले गोली हानेको होइन" भन्दै पन्छिन मिल्दैन ।