रौतहट | रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत पर्ने गौर नगरपालिका–६ सवगढा लचकामा यात्रुबाहक बस दुर्घटना भएको छ । बुधबार बिहान गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना.४ ख.५३१८ नम्बरको बस अनियन्त्रित भई सडकछेउको खाल्टोमा कोल्टिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार लगातारको वर्षाका कारण पानीको बहाव धेरै भएको र त्यसैको असरले बस अनियन्त्रित भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार दुर्घटनाबाट कुनै मानवीय क्षति भएको छैन ।
बसमा सवार ३५ जना यात्रुहरूलाई स्थानीय बासिन्दा र प्रहरीले तत्काल उद्धार गरी सकुशल बाहिर निकालेका छन् । बसमा सामान्य क्षति पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री