सप्तरी | सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपा बजारमा पछिल्ला दिनमा चोरीका घटनाहरू निरन्तर बढ्दै गएका छन् । लगातार भइरहेका चोरीका घटनाले स्थानीय व्यापारी र बासिन्दा त्रसित बनेका छन् ।
केही दिनअघि मोबाइल पसलमा चोरी भएको थियो भने, गए राति कुखुरा पसलमा समेत चोरी भएको हो । अज्ञात व्यक्तिहरूले पसलको ढोका फोडी करिब ४० किलो कुखुरा चोरी गरेको स्थानीयले बताएका छन् ।
लगातार भइरहेका यस्ता घटनाले बजारमा असुरक्षा बढेको भन्दै स्थानीय व्यवसायीहरूले प्रहरी गस्ती र सुरक्षा व्यवस्था कडा पार्न माग गरेका छन्। उनीहरूले भने, “बजार सुरक्षित राख्न प्रहरी र स्थानीयबीच सहकार्य आवश्यक छ,” भन्दै सामूहिक रूपमा पहरा र सतर्कता बढाउने तयारी गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
भिडियाे सामाग्री