प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियालाई मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएकाे छ ।
नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको पदस्थापनसँगै मधेश प्रदेश प्रहरी प्रमुख परिवर्तन भएका छन् । एआईजीमा बढुवा भएका उमाप्रसाद चतुर्वेदी यसअघि मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा थिए । उनी बढुवा भई हाल कार्य विभागमा पदस्थापन भएका छन् ।
चतुर्वेदीको ठाउँमा गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियालाई मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएर सरुवा गरेको छ ।