विराटनगर | मोरङको उर्लाबारीकी रजनी थापाले नवौँ संस्करणको ‘मिस कोशी २०२५’ को उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मोरङको विराटनगरमा भएको प्रतियोगितामा १६ फाइनलिस्टलाई पछि पार्दै रजनीले उपाधि हासिल गरेकी हुन् ।
जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायका अनुसार विजेताले १ लाख रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरिन् । प्रतियोगितामा बर्जु, सुनसरीकी दीपान्जली राई ‘फस्ट रनर अप’, इनरुवाकी गरिमा शाशंकर (गुराँस) ‘सेकेन्ड रनर अप’, काठमाडौँकी भूमिका नेपाल ‘थर्ड रनर अप’ र धरानकी दिया राई ‘फोर्थ रनर अप’ घोषित भए ।
विधागत उपाधिहरू यस प्रकार रहेका छन्:
-
लक्ष्मी चौधरी (सुन्दरहरैँचा) – अर्गनाइजर च्वाइस
-
युनिका विश्वकर्मा (अर्जुनधारा) – मिस पपुलर
-
अपेक्षा चौधरी (इटहरी) – मिस पब्लिक च्वाइस
-
सरु लिम्बु (बेलबारी) – मिस ब्युटी विथ ब्रेन
-
रजनी थापा – मिस पर्सनालिटी
-
युनिका विश्वकर्मा – मिस मल्टिमिडिया
-
गरिमा शाशंकर (गुराँस) – मिस ट्यालेन्ट
-
सिमरन साहु (विराटनगर) – मिस फोटोजेनिक
-
दिया राई – मिस ब्यूटिफूल स्माइल
-
दीपान्जली राई – मिस ब्यूटिफूल हेयर
-
लक्ष्मी चौधरी – मिस इन्टेलेक्ट
-
अपेक्षा चौधरी – मिस क्याटवाक
-
निमा राजवंशी (विराटनगर) – मिस फिजिक
-
दीपिका शाह (विराटनगर) – मिस बेस्ट ट्रान्सफरमेशन
-
भूमिका नेपाल – मिस रिफ्रेसिङ फेस
प्रतियोगिताको निर्णायकमा विपी कोइराला प्रतिष्ठान (घोपा क्याम्प) का डिन डा. शिवेन्द्र झा, राष्ट्रिय साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिदेव घिमिरे, ‘मिस कोशी २०२४’ विजेता शुभलक्ष्मी राई र निर्माता तथा निर्देशक नितिनकुमार चन्द रहेका थिए।