अन्तरराष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको सीधा प्रभाव आज नेपाली बजारमा देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन–चाँदी दुबैको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर नयाँ मूल्य २ लाख ३९ हजार ५०० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदी पनि प्रतितोला ६५ रुपैयाँले घटेर ३ हजार ९० रुपैयाँ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औँस ४ हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ, जसको असर नेपाली बजारमा पनि प्रत्यक्ष देखिएको छ ।
व्यवसायीहरूका अनुसार अमेरिकाको अर्थतन्त्र, विश्वबजारको माग–आपूर्ति र भू–राजनीतिक अवस्थाले सुनचाँदीको मूल्यमा दैनिक उतार–चढाव ल्याइरहेको हुन्छ ।