आज सुनको मूल्य तोलामा रू पाँच हजार पाँच सयले बढेको छ भने चाँदीको मूल्य तोलामा रू २० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा रू दुई लाख ६७ हजार २०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको छ ।
यसअघि सोमबार छापावाल सुन तोलामा रू दुई लाख ६१ हजार ७०० मा कारोबार भएको थियो भने चाँदीको मूल्य रू चार हजार २३५ रहेको थियो ।
अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव तथा मागमा देखिएको परिवर्तनका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ।