पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा वीरगंजमा प्रदर्शन गरिएको छ ।
राजनीतिक प्रतिशोधका आधारमा अध्यक्ष ओलीलाई पक्राउ गरिएको आरोप लगाउँदै एमालेका नेता तथा कार्यकर्ताहरूले तत्काल विना सर्त रिहाइको माग गरेका हुन् । वीरगञ्जको घण्टाघर क्षेत्रमा भेला भएका कार्यकर्ताहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘अध्यक्ष ओलीलाई विना सर्त रिहा गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
विरोध कार्यक्रममा नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष विश्वमबर शर्मा, पूर्व संविधानसभा सदस्य बिचारी यादव, जालिम मियाँ, लियाकत अली लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रदर्शनकारीहरूले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको कदम तत्काल फिर्ता लिनुपर्ने माग गरेका थिए ।