नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्ल ले जानकारी दिएका छन् । उनका अनुसार उक्त
बैठकले संसदीय दलको नेता पनि चयन गर्न सक्ने सम्भावना रहेको छ । ‘संसदीय दलको बैठकले दलको नेता पनि चयन गर्न सक्छ । पुष्पकमल दाहाल प्रचण्ड दलको नेता हुनेमा कुनै दुबिधा छैन,’ उनले भने ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ७ गरी कुल १७ सिट जितेको थियो ।