वीरगंजको गण्डकस्थित रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामक क्यासिनोमा प्रवेश गरेको भन्दै सखुवाप्रसौनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ परेका बेला पूर्वमन्त्री प्रमोद जयसवालका स्वकीय सचिव उपेन्द्र प्रसाद यादवले आश्चर्यजनक रुपमा भिडियोग्राफी गरिरहेको पाइएको छ ।
प्रदेश सभा सदस्य रहेका प्रमोद जयसवाल एमालेको कोटाबाट मधेश प्रदेशको खेलकुद मन्त्री बनेका बेला उपेन्द्र प्रसाद यादव उनका स्वकीय सचिव रहेका थिए । उनै पूर्व स्वकीय सचिव सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवलाई होटलको परिसरबाट गाडी तर्फ लैजाँदै गर्दा हतारहतार उनी भिडियोग्राफी गरिरहेको भिडियोमा देखिन्छ ।
पक्राउ परेका व्यक्तिहरूको भिडियोग्राफी गर्नुको कारण तथा घटनास्थलमा पूर्व स्वकीय सचिव यादवको उपस्थितिको उद्देश्यबारे स्पष्ट भएको छैन् । क्यासिनोमा नेपाली नागरिक प्रवेश र जुवा खेलाइएको आरोपमा पक्राउ परेका उनीहरूमथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनाको थप तथ्यपछि खुल्ला तर त्यति राति पक्राउकाे भिडियोग्राफी गर्न पुग्नु फसाउन उदेश्य बाहेक अन्य हुन नसक्ने सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवका आफन्तजनको आरोप रहेको छ ।
पर्सा प्रहरीले आइतबार इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख तथा इन्स्पेक्टर प्रदिप पौडेल, सखुवाप्रसौनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगंज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा र क्यासिनोका कर्मचारीमा वीरगंज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगंज महानगरपालिका–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज महानगरपालिका–१२ का ५० वर्षीय प्रदेशी साहलाई पक्राउ गरेको थियो ।
वीरगंज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामक क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरीले दाबी गरेकाे छ ।
सम्बन्धित समाचार
सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादव पक्राउ प्रकरण : आफ्नै जनप्रतिनिधि पक्राउ पर्दा एमाले मौन !
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ
राजनीतिक प्रतिशोधमा अध्यक्ष यादवलाई फसाउन खोजिएको गोपाल सेवा समितिको आरोप