बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।
उनलाई केहीबेर अघि सरकारी वकिलको कार्यालयबाट अदालतमा लगिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले गएराति धुम्बाराहीबाट सांसद शर्मालाई पक्राउ गरेको थियो ।
काठमाडौं महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो । उक्त बालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेपछि महानगरपालिकाले उद्धार गरेको थियो । त्यतिबेला मेयर रहेका हालका प्रधानमन्त्री बालेन शाहले पनि यस विषयमा प्रश्न गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । जाहेरी दिएको दुई महिना बित्दा पनि सांसद शर्मालाई पक्राउ नगरेकोमा आलोचना भएको थियो ।
सांसद शर्माविरुद्ध २०८१ माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।