सभामुख डोलप्रसाद ( डीपी ) अर्यालसँग नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पदभार ग्रहण गरेपछि पहिलो शिष्टाचार भेट गरेकी छन् ।
सोमबार सिंहदरबारस्थित सभामुख डोलप्रसाद अर्याल को कार्यकक्षमा भएको उक्त भेटघाटमा आपसी शिष्टाचार आदान–प्रदान गरिएको थियो ।
भेटका क्रममा सभामुखले उपसभामुख रूबीकुमारी ठाकुर लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । साथै आगामी संसदीय कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल समेत भएको सभामुखको सचिवालयले जनाएको छ ।