अख्तियार दुरुपयोग अनुसन्धान अयोगले भ्रष्टाचार मुद्दा दायर गरेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसियालाई पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसियाले सम्मानित गरेका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद रामाकान्त चौरसियाले स्वास्थ्य सेवा विभागमार्फत म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता तथा मिलेमतो मार्फत् भ्रष्टाचार गरेको आरोपमा २०८२ कार्तिक २ गते विशेष अदालतमा मुद्दा दायरपछि निलम्बनमा रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसियालाई सम्मान पत्र सहित काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्मान गरेका हुन् । काठमाडौंमा चौरसिया समाजले आयोजना गरेको कार्यक्रममा सांसद चौरसियाले कदर तथा प्रशांसा पत्र सहित उनलाई सम्मान गरेको हो । साेहि कार्यक्रममा सांसद चाैरसिया आफै सम्मानित समेत भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ‘शून्य भ्रष्टाचार’ को नारा अघि सारेको अवस्थामा आफ्ना सांसद भ्रष्टाचार आरोपित व्यक्तिसँग देखिनु रास्वापाको नीतिगत प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।
स्वास्थ्य सेवा विभागमार्फत म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता र मिलेमतो मार्फत् भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (ग), (ङ) र (ज) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय / १४ करोड ६ लाख ६५ हजार ४ सय बिगो असुलउपर हुन मागदावी गरेको छ । यसका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजायसमेत हुन अख्तियारले मागदावी गरेको छ । उक्त मुद्दा विशेष अदालतको पेशीमा रहेको अवस्थामा सांसद रामाकान्त चौरसियाले उनिलाई सम्मान गर्न ललायित भ्रष्टाचारको हिमायति बन्नु सरह रहेको कतिपयको टिप्पणी रहेको छ । यता यस विषयमा सांसद रामाकान्त चौरसियाले उनलाई सम्मानित गर्नुपर्दैन थाहा नभएकाे बताए । उनले वहाँ कस्ताे मान्छे हुन् थाहा भएन मलाई पनी सम्मानित गरेकाे कार्यक्रम थियाे । त्यहाँ रक्तदान कार्यक्रम भएकाले मैले प्रशांसा पत्र दिएकाे बताए ।
विवादित पुष्ठभुमि रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसियालाई स्वास्थ्य सेवा विभाग खरिद शाखामा रहदा यसअघि २०८० साल भदौ २१ गते विभिन्न सामाग्री खरिदमा व्यापक हिनामिना तथा भ्रष्टाचार गरेको आरोप लगाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बागमति प्रदेशले कालोमोसो दलेको थियो ।
अख्तियारले दायर गरेको म्यामोग्राफी मेसिन खरिद प्रक्रिया अनियमितता तथा मिलेमतोमार्फत भ्रष्टाचार गरेको आरोपमा तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रा, वरिष्ठ स्वास्थ्य प्रशासक डा। चौरसियासहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरी कार्वाही प्रकृयामा रहेको छ ।