सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई आफूसँग प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् ।
विपक्षी सांसदहरूले सभामुखको व्यवहारप्रति असहमति जनाउँदै संसदमा अवरोध गरेपछि सभामुख अर्यालले विधि निर्माण र विकासका मुद्दामा प्रतिस्पर्धा गर्न तर सभामुखसँग नभई संसदको कामकारबाहीमा ध्यान दिन आग्रह गरेका हुन् ।
उनले आफूले स्थापित विधि, परम्परा र अभ्यासअनुसार नै सभा सञ्चालन गरिरहेको भन्दै नियमविपरीत कुनै कार्य नगरेको स्पष्ट पारे। सभामुख अर्यालले बैठक सञ्चालनलाई अन्यथा नलिन पनि सांसदहरूलाई आग्रह गरे ।
तर विपक्षी दलहरूले सभामुखको आग्रह अस्वीकार गर्दै अवरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।