तेलुगु फिल्म Peddhi ले बक्सअफिसमा शानदार सुरुवात गरेको छ ।
बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आएको यो फिल्मले पहिलो दिनमै विश्वभरबाट करिब ११२ करोड भारुभन्दा बढीको व्यापार गरेको छ । फिल्मले घरेलु बक्सअफिसमा मात्रै ८२ करोड भारु कमाएको बताइएको छ । तेलुगु राज्यहरूबाट मात्र ४७ करोड भारु संकलन गर्दै ‘पेड्डी’ १०० करोड क्लबमा प्रवेश गर्ने ११औँ तेलुगु फिल्म बनेको छ ।
Ram Charan अभिनित यस फिल्मलाई निर्देशक Buchi Babu Sana ले निर्देशन गरेका हुन् । सुरुवाती व्यापार आक्रामक भए पनि फिल्मले मिश्रित समीक्षाहरू पाइरहेको छ । फिल्मको कथा सन् १९९० तिर आन्ध्र प्रदेशको पहाडी क्षेत्र विजयनगरमा आधारित छ । त्यहाँका मजदुर र आदिवासी समुदायको संघर्षलाई केन्द्रमा राखिएको छ । रेल सेवा ३० वर्षदेखि नचल्दा स्थानीय मजदुरहरू कामका लागि टाढा पैदल जान बाध्य हुन्छन् ।
कथामा मुख्य पात्र पेड्डी (रामचरण) विद्रोही स्वभावको युवकका रूपमा देखिन्छ । ऊ सुरुमा क्रिकेट खेलाडी बन्छ र पछि कुस्तीमा प्रवेश गर्छ । हिंसाको साटो आफ्नो शारीरिक क्षमता र खेल कौशललाई प्रतिरोधको माध्यम बनाउँदै ऊ संघर्ष गर्छ ।