शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #२ अर्ब ३९ करोड
  • #जिल्ला अदालत पर्सा
  • #धरौटीमा रिहा
  • #शंकास्पद वित्तीय कारोबार
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मिडिया काउन्सिलको आचारसंहिता कार्यक्रम कानुनविपरीत सञ्चालन
मिडिया काउन्सिलको आचारसंहिता कार्यक्रम कानुनविपरीत सञ्चालन
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असार ३१, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयअन्तर्गत रहेको मिडिया काउन्सील मधेशमाथि आर्थिक तथा कानूनी मापदण्डविपरीत आचारसंहिता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको आरोप लागेको छ । कानूनी व्यवस्था अनुसार आर्थिक वर्षभित्र भुक्तानी हुने कार्यक्रम असार २५ गते राति १२ बजाभित्र सम्पन्न गरी बिल–भरपाई सदर गराउनुपर्ने भए पनि काउन्सीलले त्यसअघि नै कार्यक्रमको रकम फर्छ्योटका नाममा भुक्तानी लिई असार २९ गते कार्यक्रम आयोजना गरेको आरोप लगाइएको हो ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको समन्वयमा बर्दिबासस्थित होटल गौतममा ‘आचारसंहिताको प्रभावकारी कार्यान्वयन’ विषयक पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । तर कार्यक्रमको शीर्षकअनुसार महासंघका प्रमुख तथा प्रतिनिधिमात्र नभई दर्जनौँ पत्रकार सहभागी भएको जनाइएको छ ।

उक्त कार्यक्रम कानूनी प्रक्रियाविपरीत सञ्चालन गरिएको विषयमा सम्बन्धित निकायका पदाधिकारीहरू स्पष्ट जवाफ दिनबाट पन्छिएका छन् । एक–अर्कामाथि जिम्मेवारी थोपर्ने क्रम चलिरहेको छ भने काउन्सीलका पदाधिकारीहरूले कार्यक्रमको रकम पहिल्यै पेश्कीका रूपमा लिइसकेकाले समय अभावका कारण असार २९ गते कार्यक्रम गर्नुपरेको बताएका छन् ।

कार्यक्रमकी प्रमुख अतिथि तथा मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले आफूलाई यस विषयमा जानकारी नभएको बताएकी छन् । उनले पत्रकारहरूको कार्यक्रम ठानेर सहभागी भएको उल्लेख गर्दै प्रदेश सरकारको बजेटबाट कानूनी विवाद हुने गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी आफूलाई नभएको प्रतिक्रिया दिइन् । उनले भनिन्, “पत्रकारहरूको कार्यक्रम भनेर गएको थिएँ । प्रदेश सरकारको लगानीमा यसरी गरिएको भन्ने थाहा भएन। यदि त्यसरी भएको हो भने बुझ्नेछु। मन्त्रीलाई झुक्याएर कार्यक्रममा बोलाउनु उचित होइन ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ताले आफूहरूले असार २५ गतेपछि कार्यक्रम नगर्न सुझाव दिएको दाबी गरेका छन् । तर मिडिया काउन्सीलका अध्यक्षले रकम पेश्की लिइसकेको जानकारी गराउँदै त्यसपछि पनि कार्यक्रम गर्न मिल्ने व्यवस्था रहेको बताएकाले सहभागी भएको उनले उल्लेख गरे । यता मिडिया काउन्सीलका कार्यवाहक अध्यक्ष वन्दना झाले कार्यक्रम सञ्चालनको कारण पेश्की लिइसकेको अवस्था रहेको बताउँदै असार २५ पछि कार्यक्रम गर्न मिल्ने वा नमिल्ने विषयमा कार्यालय प्रमुखसँग बुझ्न आग्रह गरिन् ।

कार्यालय प्रमुख ओम विक्रम कटुवालले भने विविध खर्च शीर्षकबाट यस्तो कार्यक्रम गर्न मिल्ने जस्तो लागेको प्रतिक्रिया दिँदै विस्तृत जानकारीका लागि प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मनोज झासँग सम्पर्क गर्न सुझाव दिए। तर मनोज झाले कार्यक्रम सञ्चालनसम्बन्धी निर्णय सम्बन्धित कार्यालयकै जिम्मेवारी भएको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे । सार्वजनिक वित्त व्यवस्थापन ऐन, २०७६ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार कुनै पनि कार्यक्रम सम्पन्न गरी बिल–भरपाई प्रमाणित भएपछि मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । भुक्तानीपछि कार्यक्रम सञ्चालन गरिए कानूनी प्रश्न उठ्न सक्ने जानकारहरूको भनाइ छ ।

त्यस्तै, पेश्कीसम्बन्धी व्यवस्थाअनुसार भौतिक निर्माणजस्ता कार्यका लागि मात्र कार्य प्रारम्भअघि पेश्की उपलब्ध गराउने प्रावधान रहेको उल्लेख छ । तालिम, गोष्ठी, सेमिनार वा अन्तरक्रियाका लागि कार्यक्रम शीर्षकको रकम अग्रिम रूपमा भुक्तानी गर्ने व्यवस्था नभएको जानकारहरू बताउँछन् । आवश्यक परे कर्मचारीको नाममा पेश्की उपलब्ध गराई कार्यक्रम सम्पन्नपछि खर्च फर्छ्योट गर्ने व्यवस्था भने रहेको छ ।

यस्तो अवस्थामा मिडिया काउन्सील मधेशले कार्यक्रमको रकम भुक्तानी अवधि समाप्त हुनुअघि नै फर्छ्योट गरी त्यसपछि कार्यक्रम सञ्चालन गरेको आरोप लागेको छ । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका विभिन्न जिल्ला शाखाको समेत सहभागिता रहेको थियो ।

भिडियाे सामाग्री


प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १२:५३
#मधेश प्रदेश #बर्दिबास #महोत्तरी #प्रदेश सरकार #पत्रकार महासंघ #आर्थिक अनियमितता #आचारसंहिता #कानूनी विवाद #मिडिया काउन्सील मधेश #गृह सञ्चार तथा कानून मन्त्रालय #सार्वजनिक वित्त व्यवस्थापन ऐन #आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन #होटल गौतम #शारदा देवी थापा #वन्दना झा #ओम विक्रम कटुवाल #मनोज झा #पुरण गुप्ता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
एमाले सरकारबाट बाहिरियो, बजार अनुगमनमा पाँच व्यवसायीलाई जरिवाना, औद्योगिक श्रमिक आधारभूत सुविधाबाट वञ्चित | मधेशमा आज | Top 10 Madhesh
एमाले सरकारबाट बाहिरियो, बजार अनुगमनमा पाँच व्यवसायीलाई जरिवाना, औद्योगिक श्रमिक आधारभूत सुविधाबाट वञ्चित | मधेशमा आज | Top 10 Madhesh शनिबार, असोज ३१, २०८३
सप्तरीमा हात्ती मारेर धान खेतमा गाडिएको अवस्थामा फेला
सप्तरीमा हात्ती मारेर धान खेतमा गाडिएको अवस्थामा फेला शुक्रबार, असोज ३०, २०८३
नदीमा डुबेर बेपत्ता भएका नौ वर्षीय अभिनन्दनको शव फेला
नदीमा डुबेर बेपत्ता भएका नौ वर्षीय अभिनन्दनको शव फेला शुक्रबार, असोज ३०, २०८३
सर्पदंशपछि झारफुकमा अल्झिँदा पाँच वर्षीय बालकको ज्यान गयो
सर्पदंशपछि झारफुकमा अल्झिँदा पाँच वर्षीय बालकको ज्यान गयो शुक्रबार, असोज ३०, २०८३
दर्ता नभएको सोना मन्सुली धानमा रोगको प्रकोप
दर्ता नभएको सोना मन्सुली धानमा रोगको प्रकोप शुक्रबार, असोज ३०, २०८३
चाडपर्वलक्षित बजार अनुगमनमा निजगढ र कलैयाका पाँच व्यवसायीलाई १ लाख ५ हजार जरिवाना
चाडपर्वलक्षित बजार अनुगमनमा निजगढ र कलैयाका पाँच व्यवसायीलाई १ लाख ५ हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान
वीरगंजको मेनरोड विस्तारका लागि दुई खण्डमा ठेक्का आह्वान, मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डकसम्मकाे सडक निर्माणका लागि बाेलपत्र आह्वान वीरगंज सिटी
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार
दशैं सुरु भएसँगै वीरगंजको घण्टाघरमा बोका–खसीको कारोबार वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP