शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #जिल्ला अदालत पर्सा
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र, मन्त्रालय संख्या १२ बाट ९ मा झार्ने गृहकार्य
मधेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र, मन्त्रालय संख्या १२ बाट ९ मा झार्ने गृहकार्य
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, साउन २९, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्रालयको संख्या घटाउने तयारीलाई तीव्र बनाएको छ ।

हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर ९ वटामा सीमित गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रालयको भागबण्डाबारे अन्तिम चरणको छलफल भइरहेको बताइएको छ । एक मन्त्रीका अनुसार आगामी दुई–तीन दिनभित्र गठबन्धनका शीर्ष नेताबीच सहमति जुटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ ।

उनका अनुसार मन्त्रालयको संख्या घटाउँदा नेकपाबाट दुई र एमालेबाट एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने गरी गृहकार्य भइरहेको छ । पुनर्गठनपछि कांग्रेसले मुख्यमन्त्रीसहित चार, एमालेले तीन र नेकपाले दुई मन्त्रालय पाउने गरी भागबण्डाको तयारी गरिएको छ ।

हाल कांग्रेससँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित स्वास्थ्य तथा जनसंख्या, भूमि व्यवस्था, कृषि तथा सहकारी र वन तथा वातावरण मन्त्रालय छन्। एमालेले पूर्वाधार विकास, समाज कल्याण तथा खेलकुद, शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय सम्हालिरहेको छ । त्यस्तै, नेकपाको भागमा अर्थ, ऊर्जा, सिँचाइ तथा खानेपानी, उद्योग, वाणिज्य तथा पर्यटन तथा गृह, सञ्चार तथा कानुन मन्त्रालय रहेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तीनवटा मन्त्रालय गाभ्ने तयारी

मन्त्रालयको संख्या घटाउन सरकारले विभिन्न मन्त्रालयलाई एकआपसमा गाभ्ने तयारी गरेको छ ।

मन्त्रालयको संख्या तथा कार्यविभाजन पुनरावलोकनका लागि गठित उच्चस्तरीय अध्ययन तथा सिफारिस कार्यदलले गरेको प्रस्तावअनुसार गृह, सञ्चार तथा कानुन, शिक्षा तथा संस्कृति, समाज कल्याण तथा खेलकुद, श्रम तथा यातायात, उद्योग तथा पर्यटन र वन तथा वातावरणसम्बन्धी मन्त्रालयलाई समायोजन गरी तीनवटा मन्त्रालय बनाउने तयारी गरिएको छ ।

अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन तथा सिफारिस कार्यदलले गत असार १८ गते मुख्यमन्त्रीसमक्ष ९ वटा मन्त्रालय कायम गर्न सुझावसहितको प्रतिवेदन पेस गरिसकेको छ । त्यसपछि मन्त्रालयको कार्यविभाजनलाई थप व्यवस्थित बनाउन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेलको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिव सम्मिलित अर्को कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलको कामसमेत अन्तिम चरणमा पुगेको बताइएको छ ।

मन्त्री पटेलका अनुसार कार्यदलले केही दिनभित्रै सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । तर प्रतिवेदन आउनुअघि नै ९ मन्त्रालय कायम हुने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न कानुनी तथा प्रशासनिक रूपमा बाधा नरहेको उनको भनाइ छ ।

यसैबीच, मन्त्रालयको संख्या घटेपछि सरकारबाट फिर्ता बोलाइने मन्त्री र नयाँ जिम्मेवारी पाउने व्यक्तिका विषयमा गठबन्धनमा आबद्ध दलहरूले आन्तरिक छलफल तीव्र बनाएका छन् । विशेषगरी एमाले र नेकपाभित्र नयाँ मन्त्रीका सम्भावित नामबारे गृहकार्य भइरहेको स्रोतको दाबी छ ।

मन्त्रालयको संख्या घटाएर प्रशासनिक खर्च कम गर्नुका साथै सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको प्रदेश सरकारको दाबी छ । यद्यपि, कुन मन्त्रालय गाभिने र पुनर्गठनपछि कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा अन्तिम राजनीतिक सहमति हुन बाँकी रहेको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १२:१२
#नेकपा एमाले #मधेश प्रदेश #नेपाली कांग्रेस #मन्त्रालय भागबण्डा #मुख्यमन्त्री #प्रदेश सरकार #मधेश राजनीति #मधेश सरकार #नेकपा #सत्ता गठबन्धन #प्रशासनिक खर्च #मन्त्रिपरिषद् पुनर्गठन #युवराज भट्टराई #श्यामप्रसाद पटेल #मन्त्रालय संख्या #मन्त्रालय गाभ्ने तयारी #सरकार पुनर्गठन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
दशैंमा पनि अन्धकारमा मुसहर बस्ती, बक्यौता नतिर्दा १५ दिनदेखि विद्युत् सेवा बन्द
दशैंमा पनि अन्धकारमा मुसहर बस्ती, बक्यौता नतिर्दा १५ दिनदेखि विद्युत् सेवा बन्द शनिबार, असोज ३१, २०८३
बाराको सुवर्ण गाउँपालिकामा एकै रात तीन घरमा चोरी, लाखौँको धनमाल लुटियो
बाराको सुवर्ण गाउँपालिकामा एकै रात तीन घरमा चोरी, लाखौँको धनमाल लुटियो शनिबार, असोज ३१, २०८३
जनकपुरधामका शक्तिपीठमा विधिपूर्वक भित्र्याइयो फूलपाती, राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामी (तस्बिरसहित)
जनकपुरधामका शक्तिपीठमा विधिपूर्वक भित्र्याइयो फूलपाती, राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामी (तस्बिरसहित) शनिबार, असोज ३१, २०८३
दसैँको किनमेलले मधेशसहित देशभर बजारमा चहलपहल, आर्थिक गतिविधि चलायमान
दसैँको किनमेलले मधेशसहित देशभर बजारमा चहलपहल, आर्थिक गतिविधि चलायमान शनिबार, असोज ३१, २०८३
एमाले सरकारबाट बाहिरियो, बजार अनुगमनमा पाँच व्यवसायीलाई जरिवाना, औद्योगिक श्रमिक आधारभूत सुविधाबाट वञ्चित | मधेशमा आज | Top 10 Madhesh
एमाले सरकारबाट बाहिरियो, बजार अनुगमनमा पाँच व्यवसायीलाई जरिवाना, औद्योगिक श्रमिक आधारभूत सुविधाबाट वञ्चित | मधेशमा आज | Top 10 Madhesh शनिबार, असोज ३१, २०८३
सप्तरीमा हात्ती मारेर धान खेतमा गाडिएको अवस्थामा फेला
सप्तरीमा हात्ती मारेर धान खेतमा गाडिएको अवस्थामा फेला शुक्रबार, असोज ३०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ वीरगंज सिटी
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य वीरगंज सिटी
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP