शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #जिल्ला अदालत पर्सा
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • छ वर्षअघि खोलिएको कृषि सडक विवादमा
छ वर्षअघि खोलिएको कृषि सडक विवादमा किसानको खेतसम्म पुगेन सुविधा
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, भदौ ३, २०८३
A1 Beakery Add A1 Beakery Add

सर्लाही, ३ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–४ पोखरियामा छ वर्षअघि किसानको पहलमा खोलिएको कृषि सडक अझै सञ्चालनमा आउन सकेको छैन । सडकको प्रवेशद्वारमै रहेको जग्गासम्बन्धी विवाद समाधान हुन नसक्दा सडक अलपत्र परेको हो ।

२०७७ सालमा स्थानीय किसानहरूको भेलाबाट निर्णय गरी बबरगन्ज–पोखरिया सडकसँग जोडेर पूर्वतर्फ करिब एक किलोमिटर कृषि सडक खोलिएको थियो । खेतसम्म सहज पहुँच पुर्‍याउने उद्देश्यले खोलिएको सडक विवादका कारण नियमित रूपमा प्रयोग हुन नसक्दा किसानहरू वर्षौंदेखि समस्यामा छन् ।

पछिल्लो समय सडकको प्रवेशद्वारमै रहेको जग्गामा गाडिएको बिजुलीको पोलसमेत भाँचिएपछि समस्या थप जटिल बनेको छ । स्थानीयका अनुसार दुई दिनअघि जग्गा सम्याउने क्रममा बिजुलीको पोलमा क्षति पुगेपछि कृषि विद्युतीकरणको काम प्रभावित भएको हो ।

किसान र वडा कार्यालयको पहलमा गत असार २१ गते नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले कृषि सडक क्षेत्रमा सिँचाइका लागि बिजुलीका पोल गाडेर तार तान्ने काम सुरु गरेको थियो । विद्युत् लाइन सञ्चालनमा आएपछि कृषि मोटर चलाएर खेतमा सिँचाइ गर्न सहज हुने किसानको अपेक्षा थियो । तर सडक र जग्गासम्बन्धी विवादका कारण उक्त योजना प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

चन्द्रनगर–४ गढा टोलका शिवचन्द्र रायले लामो प्रयासपछि कृषि सडक खोल्नुका साथै बिजुलीका पोल गाड्ने कामसम्म भए पनि सडक प्रयोग गर्न नपाउँदा किसान निराश बनेको बताउनुभयो ।

“बाटो नहुँदा किसानलाई खेतमा आउजाउ गर्न, ट्याक्टर लैजान र उत्पादन घरसम्म ल्याउन निकै समस्या थियो । त्यसैले सबै किसान मिलेर बाटो खोल्यौँ । तर अहिले पनि सहज रूपमा प्रयोग गर्न पाएका छैनौँ,” उहाँले भन्नुभयो ।

पोखरियाका रामछविला साहका अनुसार कृषि सडक खोल्न नेतृत्व गरेकै विषयलाई लिएर आफ्ना दाजुमाथि कुटपिटसमेत भएको थियो । स्थानीय विवादलाई राजनीतिक तहमा समेत उठाइएपछि समस्या थप जटिल बनेको उहाँको भनाइ छ ।

सर्लाही–१ की प्रतिनिधिसभा सदस्य नीतिमा भण्डारी कार्कीले गत असार २५ गते प्रतिनिधिसभाको बैठकमा स्थानीय विवादबारे धारणा राखेपछि विषय थप चर्चामा आएको स्थानीयको भनाइ छ । सांसद कार्कीले बैठकमा एक स्थानीय महिलामाथि भएको कुटपिटको विषय उठाउनुभएको थियो । पछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिव्यक्ति सच्याउँदै चन्द्रनगर गाउँपालिकाकी पूर्वउपाध्यक्षका श्रीमान्ले कुटपिट गरेको उल्लेख गर्नुभएको थियो ।

सांसदको अभिव्यक्तिपछि सडक विवाद थप जटिल बनेको दाबी गर्दै वास्तविक अवस्था बुझ्न घटनास्थलमै आउन किसानहरूले आग्रह गरेका छन् ।

पोखरियाका रामचन्द्र पासवानले कृषि सडक बनेपछि आफूले सडक नजिकै फुसको घर बनाएर बस्न थाले पनि विवादका कारण सडकको सहज उपयोग गर्न नसकेको बताउनुभयो ।

यता, चन्द्रनगर गाउँपालिका–४ का वडाध्यक्ष राजीव सिंह दनुवारले कृषि सडकको प्रवेशद्वारमै पर्ने जग्गा उपलब्ध गराउने विषयमा सहमति नहुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँका अनुसार सडक स्तरोन्नतिका लागि दुई वर्षअघि करिब सात लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

“दुई–चार टिप्पर ग्राभेल हालिएको थियो । तर मुद्दा परेपछि उच्च अदालतबाट स्टे अर्डर जारी भएकाले काम अघि बढाउन सकिएन,” वडाध्यक्ष दनुवारले भन्नुभयो ।

सडकको प्रवेशद्वारमा पर्ने जग्गाधनी किरणकुमारीले भने आफ्नो सहमतिबिनै जग्गाको बीचबाट बाटो खोलिएको दाबी गर्नुभएको छ । उहाँका अनुसार आफ्नो डेढ कठ्ठा पाँच धुर घडेरीको बीचबाट सडक निकाल्न खोजिएको हो ।

उहाँले जग्गाको छेउबाट सडक निकाल्न आफू तयार भए पनि बीच भागबाट बाटो दिन नसकिने अडान राख्नुभएको छ ।

किरणकुमारीका श्रीमान् रामनरेश साहले आफूहरूले जानाजान बिजुलीको पोल नउखेलेको दाबी गर्नुभएको छ । उहाँका अनुसार जग्गा सम्याउने क्रममा स्काभेटरले ठोक्किँदा पोल भाँचिएको हो । उहाँले सडकसम्बन्धी विवादमा अदालतमा मुद्दा दर्ता गरेपछि आफूहरूमाथि समेत कुटपिट भएको आरोप लगाउनुभएको छ ।

कृषि सडकको प्रवेशद्वारमै रहेको बिजुलीको पोलमा क्षति पुगेपछि किसानहरू कृषि विद्युतीकरण सेवाबाट समेत वञ्चित भएका छन् । स्थानीय किसानका अनुसार सडक र विद्युत् सेवा सञ्चालनमा आए सयौँ बिघा खेतमा सिँचाइ सुविधा विस्तार गर्न सकिने अवस्था छ ।

सडक सञ्चालनमा आए खेतमा ट्याक्टर, कृषि उपकरण तथा उत्पादन ढुवानी गर्न सहज हुने किसानको अपेक्षा छ । तर जग्गासम्बन्धी विवाद, अदालतको आदेश र आपसी असमझदारीका कारण छ वर्षअघि खोलिएको सडकले अझै पूर्णता पाउन सकेको छैन ।

विवाद समाधानका लागि इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासमा पटक–पटक छलफल भए पनि ठोस सहमति जुट्न सकेको छैन । सडक र विद्युत् दुवै सुविधा उपयोग गर्न नपाउँदा स्थानीय किसानको लगानी, श्रम र वर्षौंको प्रयास खेर जाने अवस्था बनेको छ ।

किसानहरूले सम्बन्धित स्थानीय तह, जग्गाधनी र सरोकारवाला निकायले आपसी सहमतिबाट विवाद समाधान गरी कृषि सडक र विद्युत् सेवा तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार सडक सञ्चालनमा आए मात्र कृषि उत्पादन, सिँचाइ र खेतसम्मको पहुँचमा देखिएको वर्षौंदेखिको समस्या समाधान हुनेछ ।


प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १३:४९
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
दशैंमा पनि अन्धकारमा मुसहर बस्ती, बक्यौता नतिर्दा १५ दिनदेखि विद्युत् सेवा बन्द
दशैंमा पनि अन्धकारमा मुसहर बस्ती, बक्यौता नतिर्दा १५ दिनदेखि विद्युत् सेवा बन्द शनिबार, असोज ३१, २०८३
बाराको सुवर्ण गाउँपालिकामा एकै रात तीन घरमा चोरी, लाखौँको धनमाल लुटियो
बाराको सुवर्ण गाउँपालिकामा एकै रात तीन घरमा चोरी, लाखौँको धनमाल लुटियो शनिबार, असोज ३१, २०८३
जनकपुरधामका शक्तिपीठमा विधिपूर्वक भित्र्याइयो फूलपाती, राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामी (तस्बिरसहित)
जनकपुरधामका शक्तिपीठमा विधिपूर्वक भित्र्याइयो फूलपाती, राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामी (तस्बिरसहित) शनिबार, असोज ३१, २०८३
दसैँको किनमेलले मधेशसहित देशभर बजारमा चहलपहल, आर्थिक गतिविधि चलायमान
दसैँको किनमेलले मधेशसहित देशभर बजारमा चहलपहल, आर्थिक गतिविधि चलायमान शनिबार, असोज ३१, २०८३
एमाले सरकारबाट बाहिरियो, बजार अनुगमनमा पाँच व्यवसायीलाई जरिवाना, औद्योगिक श्रमिक आधारभूत सुविधाबाट वञ्चित | मधेशमा आज | Top 10 Madhesh
एमाले सरकारबाट बाहिरियो, बजार अनुगमनमा पाँच व्यवसायीलाई जरिवाना, औद्योगिक श्रमिक आधारभूत सुविधाबाट वञ्चित | मधेशमा आज | Top 10 Madhesh शनिबार, असोज ३१, २०८३
सप्तरीमा हात्ती मारेर धान खेतमा गाडिएको अवस्थामा फेला
सप्तरीमा हात्ती मारेर धान खेतमा गाडिएको अवस्थामा फेला शुक्रबार, असोज ३०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ वीरगंज सिटी
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य वीरगंज सिटी
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP