शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #जिल्ला अदालत पर्सा
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • फरार पक्राउको तथ्यांक बढाउन जरिवाना असुली, पक्राउको दाबीमाथि प्रश्न
फरार पक्राउको तथ्यांक बढाउन जरिवाना असुली, पक्राउको दाबीमाथि प्रश्न
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, भदौ ७, २०८३
A1 Beakery Add A1 Beakery Add

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार अभियुक्त पक्राउ गरेको भन्दै सार्वजनिक गर्ने विवरणमा वास्तविक पक्राउको संख्या र अदालतमा उपस्थित गराइएका व्यक्तिको तथ्यांकबीच फरक देखिएको छ। अदालतबाट जरिवाना मात्र तोकिएका व्यक्तिबाट प्रहरीले घर, पसल वा बाटोमै पुगेर रकम असुल्ने र त्यसलाई समेत ‘फरार पक्राउ’ को विवरणमा समेट्ने गरेको पाइएको छ।

साउन २६ गते जिल्ला प्रहरी कार्यालय रौतहटले ९ जना फरार आरोपी पक्राउ गरी अदालतमा बुझाएको भन्दै विज्ञप्ति जारी गरेको थियो। तर, जिल्ला अदालत गौरको तहसिल फाँटका नायब सुब्बा रविकान्त चौधरीका अनुसार उक्त दिन प्रहरीले तीन जना कैद सजाय पाएका फरार प्रतिवादीलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी ६ जनाबाट अदालतबाहिरै जरिवाना असुलेर छाडिएको थियो।

प्रहरीले पक्राउ गरेको सूचीमा चन्द्रपुर–४ की पूजा पराजुलीको नामसमेत राखेको थियो। चेक अनादर मुद्दामा जरिवाना तोकिएकी पराजुलीको पसलमै पुगेर प्रहरीले रकम असुलेको र रसिदसमेत दिएको थियो। उनले आफू पसलमै रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको भन्दै समाचार सार्वजनिक गरेको बताएकी छन्।

यस्तै, चन्द्रपुर–४ का विवेक घिसिङको हकमा पनि प्रहरीले जरिवाना असुल गरेको देखिन्छ। उनी केही समयदेखि भारतमा रहेको उनकी दिदी लक्ष्मीले बताएकी छन्। प्रहरीले जरिवाना तिर्नका लागि परिवारलाई सम्पर्क गरेपछि रकम बुझाइएको भए पनि पक्राउ परेको भन्दै विज्ञप्ति जारी गरिएको उनको गुनासो छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रहरीको ‘फरार पक्राउ’ सूचीमा पर्ने अधिकांश व्यक्ति चेक अनादर मुद्दामा जरिवाना तोकिएका देखिन्छन्। जिल्ला प्रहरी कार्यालय गौरका अनुसार गएको आर्थिक वर्षमा चेक अनादर मुद्दामा जरिवाना परेर फरार सूचीमा १८८ जना परेका थिए। प्रहरीले उनीहरूबाट २ लाख ५ हजार ९२० रुपैयाँ असुलेको दाबी गरेको छ।

चन्द्रपुर–५ का ओम गिरीले पनि प्रहरीले फोन गरेर बोलाई बाटोमै ५ सय रुपैयाँ जरिवाना असुलेको बताएका छन्। रकम बुझाएको भोलिपल्ट प्रहरीले उनलाई ‘फरार पक्राउ’ गरेको भन्दै विज्ञप्ति निकालेपछि आफूलाई अपमानित महसुस भएको उनको भनाइ छ।

प्रहरीका एक जवानले फैसला कार्यान्वयनका क्रममा घरमै पुगेर जरिवाना असुल्ने गरिएको स्वीकार गरेका छन्। उनका अनुसार जिल्लाबाट प्राप्त निर्देशनअनुसार रकम संकलन गरी अदालतमा बुझाउने र त्यसपछि लगत कट्टाको रसिद सम्बन्धित व्यक्तिलाई दिने गरिएको छ। तर जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजालले भने जरिवाना तोकिएका व्यक्तिलाई सम्पर्कमा ल्याएर सहजीकरण मात्र गरिएको र फरार व्यक्तिलाई पक्राउ गरी अदालतमा बुझाउने गरिएको दाबी गरेका छन्।

अदालतबाट कैद वा जरिवाना सजाय तोकिएर फरार रहेका व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रिया पूरा गर्दै जिल्ला अदालतमा उपस्थित गराउनु प्रहरीको दायित्व हो। त्यसपछि अदालतमा जरिवाना बुझाउने वा कैद भुक्तानका लागि कारागार पठाउने प्रक्रिया अघि बढ्छ।

तर रौतहटमा प्रहरीले फरार व्यक्तिको विवरण लिएर पायक पर्ने स्थानमा बोलाउने, घर वा पसलमै पुग्ने र जरिवाना असुल्ने गरेको देखिएको छ। त्यसरी असुल गरिएको रकम पछि एकमुष्ट अदालतमा बुझाएर लगत कट्टा गराउने गरिएको अदालत स्रोतको भनाइ छ।

नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारीले यस्तो अभ्यासले प्रहरीको कार्यसम्पादन देखाउन फरार पक्राउको संख्या बढाउने प्रवृत्तिलाई संकेत गर्ने बताएका छन्। उनका अनुसार घरमै पुगेर जरिवाना असुल गर्नु र त्यसलाई पक्राउका रूपमा सार्वजनिक गर्नु कानुनी प्रक्रियासँग मेल खाँदैन।

जिल्ला अदालत गौरका स्रेस्तेदार केशरनाथ अर्यालले फरार व्यक्ति पक्राउ परेपछि अदालतमा हाजिर गराएर मात्र जरिवाना तिर्ने प्रक्रिया पूरा हुने बताए। अदालतका न्यायाधीश राजेशकुमार कटुवालले पनि अदालतले तोकेको जरिवाना अदालतमा गएर बुझाउनुपर्ने र प्रहरीले घरघर पुगेर रकम बुझ्न नमिल्ने बताएका छन्।

सर्वोच्च अदालतका सहरजिस्ट्रार एवं प्रवक्ता अर्जुनप्रसाद कोइरालाले समेत अदालतले तोकेको जरिवाना अदालतमा गएरै बुझाउनुपर्ने बताएका छन्। उनका अनुसार प्रहरीले घर वा पायक पर्ने स्थानमा पुगेर रकम असुल गर्न मिल्दैन।

प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रमुखहरूको कार्यसम्पादन मूल्यांकन गर्दा फरार अभियुक्त पक्राउ र जरिवाना असुलीको तथ्यांकलाई समेत आधार बनाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। यही कारण वास्तविक खोजी तथा अनुसन्धानभन्दा सहज रूपमा जरिवाना असुल गरेर पक्राउको संख्या बढाउने प्रवृत्ति देखिएको उनीहरूको भनाइ छ।

प्रहरी प्रधान कार्यालयले पछिल्लो आर्थिक वर्षमा देशभर फैसला कार्यान्वयनका क्रममा १९ हजार ५१४ जना पक्राउ गरिएको र उनीहरूबाट २ अर्ब १७ करोड ७५ लाख ५२ हजार १५८ रुपैयाँ जरिवाना असुल भएको जनाएको थियो। तर, जरिवाना असुली र वास्तविक पक्राउलाई एउटै तथ्यांकमा प्रस्तुत गर्दा प्रहरीको कार्यसम्पादनबारे गलत चित्र बन्न सक्ने प्रश्न उठेको छ।

अधिवक्ता विपिन गौतमले घरमै पुगेर जरिवाना उठाउने र पक्राउको विवरण सार्वजनिक गर्ने अभ्यासलाई प्रक्रियागत त्रुटि मात्र नभई कानुनी प्रश्नसँग जोडिएको विषय बताएका छन्। उनका अनुसार अदालतमा उपस्थित नगराई व्यक्तिलाई पक्राउ गरिएको भनेर सार्वजनिक गर्नु नागरिकको मौलिक अधिकारसँग समेत जोडिने विषय भएकाले यसको छानबिन आवश्यक छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभु ढकालले भने समयमै जरिवाना नतिरेर फरार सूचीमा परेकालाई घरमै पुगेर जरिवाना बुझाउने सुविधा दिनुलाई गलत भन्न नहुने बताएका छन्। उनले यसलाई सम्बन्धित व्यक्तिलाई जरिवाना तिर्न सहज बनाउने प्रहरीको प्रयासका रूपमा व्याख्या गरेका छन्।


प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १९:१५
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
दशैंमा पनि अन्धकारमा मुसहर बस्ती, बक्यौता नतिर्दा १५ दिनदेखि विद्युत् सेवा बन्द
दशैंमा पनि अन्धकारमा मुसहर बस्ती, बक्यौता नतिर्दा १५ दिनदेखि विद्युत् सेवा बन्द शनिबार, असोज ३१, २०८३
बाराको सुवर्ण गाउँपालिकामा एकै रात तीन घरमा चोरी, लाखौँको धनमाल लुटियो
बाराको सुवर्ण गाउँपालिकामा एकै रात तीन घरमा चोरी, लाखौँको धनमाल लुटियो शनिबार, असोज ३१, २०८३
जनकपुरधामका शक्तिपीठमा विधिपूर्वक भित्र्याइयो फूलपाती, राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामी (तस्बिरसहित)
जनकपुरधामका शक्तिपीठमा विधिपूर्वक भित्र्याइयो फूलपाती, राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामी (तस्बिरसहित) शनिबार, असोज ३१, २०८३
दसैँको किनमेलले मधेशसहित देशभर बजारमा चहलपहल, आर्थिक गतिविधि चलायमान
दसैँको किनमेलले मधेशसहित देशभर बजारमा चहलपहल, आर्थिक गतिविधि चलायमान शनिबार, असोज ३१, २०८३
एमाले सरकारबाट बाहिरियो, बजार अनुगमनमा पाँच व्यवसायीलाई जरिवाना, औद्योगिक श्रमिक आधारभूत सुविधाबाट वञ्चित | मधेशमा आज | Top 10 Madhesh
एमाले सरकारबाट बाहिरियो, बजार अनुगमनमा पाँच व्यवसायीलाई जरिवाना, औद्योगिक श्रमिक आधारभूत सुविधाबाट वञ्चित | मधेशमा आज | Top 10 Madhesh शनिबार, असोज ३१, २०८३
सप्तरीमा हात्ती मारेर धान खेतमा गाडिएको अवस्थामा फेला
सप्तरीमा हात्ती मारेर धान खेतमा गाडिएको अवस्थामा फेला शुक्रबार, असोज ३०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ वीरगंज सिटी
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य वीरगंज सिटी
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा
बकुलिया बारा भेट्रान्सलाई ४–० ले हराउँदै वीरगंज सिटी भेट्रान्स फाइनलमा वीरगंज सिटी
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा
च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता, मेसी दोस्रो स्थानमा वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP