कटारी नगरपालिका–०६ बाँकेटार स्थित शान्तिवनको वनबाट १ हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको छ।
सोमबार बिहान करिब ४ बजे उक्त शान्तिवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको जानकारी पाएपछि वनभित्र खोजतलास गर्ने क्रममा बा.१६.च ५२६९ नम्बरको बोलेरो गाडी र गाडी नजिकै जंगलका विभिन्न स्थानमा लुकाइछिपाई राखिएको ५२ बोरा गाँजा फेला पारेको हो।
गाँजासहित उदयपुरको ताप्ली गाउँपालिका–०१ डाँडागाउँ बस्नेरामबहादुर मगर, नेकबहादुर मगर र अपृथ्वीराज मगर पक्राउ परेका छन्।
उनीहरूलाई गाँजा र बोलेरो गाडीसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।