प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ। पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथावस्तु, पात्र र उनीहरूको सम्बन्धलाई केन्द्रमा राखिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता अर्जुन पोखरेलले बाढी प्रभावितको सहयोगका लागि आफ्नो तर्फबाट आर्थिक योगदान गर्ने घोषणा गरेका छन्। उनले फिल्मको कुल आम्दानीबाट निर्माताको हिस्सामा आउने ५ प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने जानकारी दिए ।
चर्चित संगीतकार पोखरेलले ‘बेहुली’मार्फत पहिलोपटक निर्माणमा हात हालेका हुन्। फिल्ममा उनको सांगीतिक पृष्ठभूमिको प्रभावसमेत देख्न सकिने निर्माण पक्षको दाबी छ । सशान कँडेलको निर्देशन तथा माधव शर्माको पटकथा रहेको फिल्ममा पारस बम, दिब्या रायमाझी, सुशान्त कार्की, पदम गिरी र सन्तोष बानियाँलगायत कलाकारको अभिनय छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता प्रताप राणा हुन्। शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता रहेका छन्।