दसैँ नजिकिँदै जाँदा वीरगञ्जको घण्टाघर क्षेत्रमा बोका–खसीको बिक्री सुरु भएको छ ।
दसैँलाई लक्षित गर्दै किसानहरूले गाउँबाट बोका–खसी ल्याएर बिक्री गर्न थालेपछि बजारमा चहलपहल बढेको छ । चाडपर्वको समयमा बोका–खसीको माग बढ्ने भएकाले व्यापारीहरू बिक्रीवितरणमा व्यस्त देखिएका छन्। यद्यपि, बजारमा बोका–खसीको मूल्यवृद्धिले व्यापारी र उपभोक्ता दुवैलाई प्रभावित पारेको छ ।
मूल्यवृद्धिका कारण उपभोक्ताले दसैँको खर्च व्यवस्थापनमा चुनौती भोग्नुपरेको छ भने व्यापारीहरूले पनि खरिद मूल्य, ढुवानी खर्च र बजारको मागअनुसार कारोबार गर्नुपर्ने अवस्था रहेको छ।
दसैँ नजिकिँदै गर्दा बोका–खसीको मूल्य कस्तो छ, व्यापारीहरूले कारोबारलाई कसरी लिएका छन् र मूल्यवृद्धिप्रति उपभोक्ताको धारणा के छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।