स्कुल र हस्पिटलको आडैमा १८ वर्षमुनिका किशोरकिशोरीलाई चुरोट र लागूपदार्थ बेच्ने काम भइरहेको छ भन्दा तपाईंलाई कस्तो लाग्छ ? हो, वीरगन्जको त्रिमूर्ति चोकमा यस्तै भइरहेको स्थानीयको आरोप छ। साथमा अव्यवस्थित पार्किङले निम्त्याएको दैनिक जामको सास्ती त छँदैछ। प्रशासनको आँखा नपुगेको हो कि देखेर पनि नदेखेझैँ गरेको ? सुनौँ त्रिमूर्ति चोकका स्थानीयको आक्रोश र गुनासो।"