जनकपुरधाम । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुनिलरञ्जन सिंहले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पेस गरेका छन् ।
मुख्य न्यायाधिवक्ताको कार्यालयबाट आर्थिक वर्ष २०८२/८३ मा सम्पादन भएका कामकारबाहीको विवरण प्रतिवेदनमा समावेश गरिएको छ ।
प्रतिवेदनमा कार्यालयले उक्त आर्थिक वर्षमा गरेका कार्यसम्पादनसम्बन्धी विवरण प्रस्तुत गरिएको जनाइएको छ ।