शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • सीमावर्ती शहर रक्सौलको सिरिसियामा हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियार सहित चारजना पक्राउ (भिडियाे रिपाेर्ट सहित)
सीमावर्ती शहर रक्सौलको सिरिसियामा हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियार सहित चारजना पक्राउ (भिडियाे रिपाेर्ट सहित) भारतीय प्रहरीको छापा: सिरिसिया गाँउमा अवैध हतियार उद्योगबाट ठूलो परिमाणमा हतियार बरामद
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, वैशाख ५, २०८२
A1 Beakery Add A1 Beakery Add

वीरगंज नजिकै सीमावर्ती भारतीय शहर रक्सौलको सिरिसिया गाउँमा अवैध रूपमा सञ्चालनमा रहेको हतियार उद्योगमा भारतीय प्रहरीले अपरेशन गर्दै भारी मात्रामा हातहतियार बनाउने उपकरण तथा कच्चा सामग्री सहित चारजनालाई पक्राउ गरेको छ ।

पोल्ट्री फार्मको आडमा लुकाई राखिएको उक्त हातहतियार बनाउने उद्योगमा १२ घण्टासम्म लगातार छापामारी गर्दै साहुदेखी प्राविधिक सम्मका चारजनालाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मोतिहारीको विशेष सूचनाका आधारमा पलनवा थाना क्षेत्रको सिरिसिया गाउँमा पुगेको प्रहरी टोलीले उक्त हतियार उद्योग फेला पारेको हो ।

प्रहरीले घटनास्थलबाट विभिन्न खालका पेस्तोल, कार्बाइन, गोली, हतियार बनाउने कच्चा सामग्री, मोल्ड, ड्रिल मेशिन, वेल्डिङ मेशिन, अर्धनिर्मित पेस्तोल बडी, म्यागजिन, स्लाइडिङ पार्ट, खोका, तलवार लगायतका वस्तुहरू बरामद गरेको छ । बरामद हतियार सामग्री एकीकृत रूपमा सञ्चालनमा रहेको अवस्थामा भेटिएको भारतीय प्रहरीले जनाएको छ ।

Simama-Abaidh-Hatiyar-Factory-ma-chapamari---Birgunj-city-1744991076.jpg
पक्राउ परेका चारजना व्यक्तिहरू मध्ये हतियार उद्योगका मुख्य सञ्चालक पंकज सिंह, उनका बुबा राजेश्वर सिंह, छपरा निवासी अमिताभ शर्मा र मुंगेरका नौयर आलम रहेका छन् । पक्राउ परेका मध्ये नौयर आलम प्रख्यात हतियार प्रशिक्षक मानिएको र उनले मोल्डिङ तथा डिजाइनिङको जिम्मा लिइरहेको अनुसन्धानबाट खुलेको छ । उनले दर्जनौँ हतियार निर्माण गर्ने विभिन्न तालिम दिएको प्रारम्भिक जानकारी भारतीय प्रहरीले दिएको हाे ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

भारतिय प्रहरीले घटनास्थलबाट  १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २ थान खोका, १ थान देशी सिक्सर, ६ थान अर्धनिर्मित पेस्तोल बडी, १० थान स्लाइडिङ, २० थान म्यागजिन अर्धनिर्मित, ६ थान मोल्ड, ३ थान अर्धनिर्मित बोस, १ थान ड्रिल मेशिन, १ थान वेल्डिङ मेशिन, १ थान तलवार, २ थान ड्रिल मेशिन, १ थान लेथ पुसिन, १ थान श्यामपट्ट, ७ थान अर्धनिर्मित फ्रेम लगायत सामाग्री बरामद गरेको छ । 

यो फ्याक्ट्री सिरिसिया गाउँमा रहेको पोल्ट्री फर्मभित्र लुकाइएको थियो र त्यहाँ दैनिक रूपमा हतियार उत्पादन भइरहेको पक्राउ परेकाहरूबाट खुलेको छ । फार्ममा काम गर्ने मजदुर र फ्याक्ट्री सञ्चालकहरू बीच विभिन्न जिम्मेवारीहरू दिइएको जानकारी खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पंकज सिंहले आफ्नो बुबाको साथमा हतियार बनाउने सम्पूर्ण समान जुटाउने र विभिन्न व्यक्तिहरूलाई सप्लाइ गर्ने गरेको खुलेको छ । 

Abaidh-hatiyar-Simama-Abaidh-Hatiyar-Factory---Birgunj-city-1744991113.jpg
यस घटनाले नेपाल–भारत खुला सिमानामा भइरहेको आपराधिक गतिविधिको झनै गम्भीर तस्वीर देखाएको छ । भारतीय प्रहरीका अनुसार पक्राउ परेकाहरूले बेचेका अधिकांश हातहतियार सीमावर्ती शहरको वारिपारि लुटपाट, हत्या, हिसाँ, अपहरण फिरौती लगायत आपराधिक गतिविधिमा प्रयोग हुने गरेकाे प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा यसरी चलाइएका उद्योगहरूले दुवै देशका लागि सुरक्षा चुनौती बढाएको छ । 

सिरिसिया गाउँ भारत–नेपाल सीमाबाट नजिकै पर्छ र सीमावर्ती क्षेत्र भएकाले यहाँ यस्ता अवैध गतिविधि लुकाउन सक्छन् । प्रहरी स्रोतका अनुसार यस फ्याक्ट्रीमा नेपाल सहित अन्य राज्यमा आपूर्ति गर्ने उद्देश्यले हतियार बनाउने काम हुँदै आएको थियो । यस उधाेगकाे साहु, प्राविधिक पक्राउ परेपनी उधोगबाट कसले के के किने र कहाँ प्रयोग भएको बारे विस्तृत अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएकाे छ । 

Bullet-text-&-photo-1744987038.jpg
भारतीय प्रहरीले यस अपरेशनलाई ठूलो सफलता मानेको छ र भविष्यमा यस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि थप निगरानी बढाउने जनाएको छ । छापामारीमा अनुमंडल पुलिस पदाधिकारी रक्सौलका धीरैन्द्र कुमार, थानाध्यक्ष पलनवाका सीता केवट, थानाध्यक्ष भेलाहीका शाहरुख, थानाध्यक्ष रामगढवाका अमरजीत कुमार, थानाध्यक्ष परसाका सुनील कुमार लगायतको प्रहरी टोलि रहेका थिए । 

- विस्तृत जानकारि लिएर समाचार अध्यावधिक गरिएकाे । - डेस्क


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १८:३३
#भारतीय प्रहरी #छापा #खुला सीमा #सीमा सुरक्षा #कालोबजारी #सीमावर्ती अपराध #सुरक्षा चुनौती #गोली #भारत–नेपाल सीमा #मोतिहारी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल शनिबार, असोज २४, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित वीरगंज सिटी
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३ सय १३ घाइते वीरगंज सिटी
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ
लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा
वीरगंज–२८ बगहीमा १० वर्षदेखि नालाको निकास नहुँदा स्थानीयवासी सास्तीमा वीरगंज सिटी
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
वीरगंजको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान वीरगंज सिटी
पहिलो सिजनको च्याम्पियन जनकपुर अन्तिम स्थानमा, फर्केला पुरानो साख ?
पहिलो सिजनको च्याम्पियन जनकपुर अन्तिम स्थानमा, फर्केला पुरानो साख ? वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन
गरिबीबाट उठेर बलिउडमा चम्किएका कादर खानको सङ्घर्षपूर्ण जीवन वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP