शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
वीरगंज विशेष
  • गृहपृष्ठ
  • वीरगंज विशेष
  • वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक २०, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगञ्ज महानगरपालिकाले सोलार पोलमा विज्ञापन बोर्ड जडानका लागि आह्वान गरेको ठेक्कामा बोलपत्र केरमेट भएको विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ ।

बोलपत्रमा अङ्कमा उल्लेख गरिएको ४५ लाख रुपैयाँ केरमेट गरी ५४ लाख बनाइएको भए पनि अक्षरमा भने ‘पैतालिस लाख’ नै उल्लेख रहेपछि ठेक्का प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको हो । महानगरपालिकाले आन्तरिक आय ठेक्काअन्तर्गत गत भदौ २७ गते सोलार पोलमा विज्ञापन बोर्ड जडान गरी कर तथा शुल्क सङ्कलन गर्ने प्रयोजनका लागि गोरखापत्र दैनिकमा ३० दिने बोलपत्रसम्बन्धी सूचना प्रकाशित गरेको थियो । उक्त ठेक्कामा ७ वटा कम्पनीले आवेदन दिएका थिए ।

आवेदनकर्ताहरूले १८ लाखदेखि ५४ लाख रुपैयाँसम्म कबोल गरेको बताइएको छ । तर, आवेदनकर्तामध्ये पुनम आर्टस्ले पेस गरेको बोलपत्रमा रकम उल्लेख गरिएको अङ्क केरमेट गरी परिवर्तन गरिएको भेटिएपछि विवाद चुलिएको हो । कम्पनीले सुरुमा ४५ लाख रुपैयाँ कबोल गरेको देखिए पनि पछि अङ्कमा केरमेट गरी ५४ लाख रुपैयाँ बनाइएको छ । तर, सोही फारममा अक्षरमा लेखिएको रकम भने ‘पैतालिस लाख’ नै कायम छ ।

यसरी एउटै बोलपत्रमा अङ्क र अक्षरमा फरक–फरक रकम उल्लेख भएपछि कुन रकमलाई आधिकारिक मान्ने भन्ने प्रश्न उठेको छ । बोलपत्रमा भएको केरमेट स्वयं आवेदनकर्ता कम्पनीले गरेको हो वा महानगरपालिकाका कर्मचारीसँगको मिलेमतोमा परिवर्तन गरिएको हो भन्ने विषयमा समेत अन्य प्रतिस्पर्धीहरूले आशंका व्यक्त गरेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

केरमेट गरिएको बोलपत्रकै आधारमा ठेक्का स्वीकृत गर्ने तयारी

महानगरपालिकाले उक्त ठेक्काका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कनपछि उच्चतम रकम कबोल गर्ने कम्पनीहरूको सर्टलिस्ट गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो । त्यसक्रममा पुनम आर्टस्ले कबोल गरेको रकम ५४ लाख रुपैयाँलाई आधार मानेर बोलपत्र स्वीकृतिका लागि सिफारिस गरिएको मूल्याङ्कन समितिको मुचुल्कामा उल्लेख छ ।

सुरुमा ४५ लाख रुपैयाँ कबोल गरिएको देखिने बोलपत्रमा पछि केरमेट गरी ५४ लाख रुपैयाँ बनाइएको विषयलाई अन्य प्रतिस्पर्धी आवेदनकर्ताहरूले आपत्तिको विषय बनाएका छन् । उनीहरूले अङ्क र अक्षरमा फरक परेको बोलपत्रलाई कुन आधारमा मान्यता दिइयो भन्ने प्रश्न उठाएका छन् ।

यद्यपि, यस विषयमा महानगरपालिकाले प्रतिस्पर्धीहरूको आपत्तिलाई सम्बोधन गर्न पर्याप्त चासो नदेखाएको उनीहरूको गुनासो छ ।

महानगरको दाबी : मुचुल्कामै केरमेट भएको उल्लेख छ

वीरगञ्ज महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सुनिल आचार्यले बोलपत्रमा भएको केरमेटको विषय सार्वजनिक रूपमा टेन्डर खोल्ने क्रममा तयार गरिएको मुचुल्कामै उल्लेख गरिएको दाबी गरेका छन् । उनका अनुसार बोलपत्रमा अङ्क र अक्षरमा फरक परेको विषय नयाँ नभएको र महानगरको अधिकतम स्रोत परिचालन गर्ने नीतिअनुसार बढी रकम कबोल गर्ने कम्पनीको बोलपत्र स्वीकृतिका लागि सिफारिस गरिएको हो ।

मूल्याङ्कन समितिको मुचुल्कामा भनिएको छ, ‘बोलपत्र परीक्षण गर्दा अङ्क र अक्षरमा केरमेट गरी सहीछाप गरेको (मुचुल्कामा समेत उल्लेख भएको) हुँदा वीरगञ्ज महानगरपालिकाको अधिकतम स्रोत साधन परिचालन गर्ने नीति रहेको हुँदा पुनम आर्टस् वीरगञ्जको कबोल रकम ५४ लाख सारभूत रूपमा प्रभावग्राही हुँदा निजको बोलपत्र स्वीकृत गर्नका लागि सिफारिस गर्ने निर्णय गरियो ।’

तर, अङ्कमा केरमेट भएको र अक्षरमा पुरानै रकम कायम रहेको अवस्थामा ५४ लाख रुपैयाँलाई नै आधिकारिक कबोल रकम मान्ने आधार के हो भन्ने विषयमा भने थप स्पष्टता आवश्यक देखिएको छ ।

तीन वर्षका लागि २३० सोलार पोलको ठेक्का

महानगरपालिकाले तीन वर्षका लागि २३० वटा सोलार पोलमा विज्ञापन बोर्ड राख्न न्यूनतम १० लाख ३५ हजार रुपैयाँ कबोल रकम निर्धारण गरी ठेक्का आह्वान गरेको थियो । मूल्याङ्कन समितिले पुनम आर्टस्लाई ५४ लाख रुपैयाँको कबोल रकमका आधारमा ठेक्का स्वीकृत गर्न सिफारिस गरे पनि महानगरपालिका र उक्त कम्पनीबीच सम्झौता हुन भने बाँकी रहेको छ ।

सरकारी ठेक्का प्रक्रियामा मिलेमतो, प्रतिस्पर्धा सीमित गर्ने प्रयास तथा स्वार्थ समूहको चलखेलसम्बन्धी विवादहरू समय–समयमा सार्वजनिक भइरहेका बेला वीरगञ्ज महानगरपालिकाको यो ठेक्का प्रकरणले पनि सार्वजनिक चासो बढाएको छ ।

विशेषगरी बोलपत्रमा अङ्क र अक्षरमा फरक रकम उल्लेख भएको अवस्थामा त्यसलाई कसरी मूल्याङ्कन गरियो, केरमेट कसले गरेको हो र त्यसलाई मान्यता दिने निर्णय कुन कानुनी आधारमा गरिएको हो भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक देखिन्छ ।

अब महानगरपालिकाले उठेका प्रश्नहरूको स्पष्ट जवाफ दिँदै ठेक्का प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउँछ वा विवादका बीच नै सम्झौता अघि बढाउँछ भन्ने चासोको विषय बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १८:३५
#वीरगञ्ज महानगरपालिका #पारदर्शिता #राजस्व सङ्कलन #वीरगञ्ज समाचार #सार्वजनिक खरिद #विज्ञापन बोर्ड ठेक्का #पुनम आर्टस् #बोलपत्र विवाद #ठेक्कामा अनियमितता #सुनिल आचार्य
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप वीरगंज विशेष
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) मंगलबार, कात्तिक १७, २०८३
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा आइतबार, कात्तिक ८, २०८३
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल शनिबार, असोज २४, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन संजय यादव
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा वीरगंज सिटी
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP