वीरगंज | पर्साको ग्रामीण भेगबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ । पर्सा पटेर्वा सुगौली गाउँपालिका–५ देउरीयास्थित रामायाण चौधरीको धान खेतबाट शुक्रबार ५४ किलो ४०० ग्राम चरेस फेला परेको हो ।
देउरीया गाउँमा चरेस लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा ११ जनाको टोली खटिएको थियो। टोलीले शंका लागेका घरहरूको खानतलासी गर्दा चरेस खेतमा लुकाइएको अवस्थामा फेला परेको थियो ।
प्रहरी निरीक्षक थापाले भने, “खेतधनी रामायाण चौधरी फरार छन्, उनी पक्राउ गर्न सकिएको छैन । बरामद चरेस जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ र फरार व्यक्तिको खोजी कार्य जारी छ।”
पर्सा प्रहरीले लागूऔषध नियन्त्रणमा विशेष ध्यान दिँदै छ र फरार व्यक्तिको तत्काल पहिचान र पक्राउका लागि अभियान सुरु गरेको छ । पर्साको ग्रामीण भेगबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ। पर्सा पटेर्वा सुगौली गाउँपालिका–५ देउरीयास्थित रामायाण चौधरीको धान खेतबाट शुक्रबार ५४ किलो ४०० ग्राम चरेस फेला परेको हो ।
भिडियाे सामाग्री
देउरीया गाउँमा चरेस लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा ११ जनाको टोली खटिएको थियो। टोलीले शंका लागेका घरहरूको खानतलासी गर्दा चरेस खेतमा लुकाइएको अवस्थामा फेला परेको थियो ।
प्रहरी निरीक्षक थापाले भने, “खेतधनी रामायाण चौधरी फरार छन्, उनी पक्राउ गर्न सकिएको छैन। बरामद चरेस जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ र फरार व्यक्तिको खोजी कार्य जारी छ।”
पर्सा प्रहरीले लागूऔषध नियन्त्रणमा विशेष ध्यान दिँदै छ र फरार व्यक्तिको तत्काल पहिचान र पक्राउका लागि अभियान सुरु गरेको छ । पर्साको ग्रामीण भेगबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ। पर्सा पटेर्वा सुगौली गाउँपालिका–५ देउरीयास्थित रामायाण चौधरीको धान खेतबाट शुक्रबार ५४ किलो ४०० ग्राम चरेस फेला परेको हो ।
देउरीया गाउँमा चरेस लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा ११ जनाको टोली खटिएको थियो । टोलीले शंका लागेका घरहरूको खानतलासी गर्दा चरेस खेतमा लुकाइएको अवस्थामा फेला परेको थियो ।
प्रहरी निरीक्षक थापाले भने, “खेतधनी रामायाण चौधरी फरार छन्, उनी पक्राउ गर्न सकिएको छैन। बरामद चरेस जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ र फरार व्यक्तिको खोजी कार्य जारी छ ।”
पर्सा प्रहरीले लागूऔषध नियन्त्रणमा विशेष ध्यान दिँदै छ र फरार व्यक्तिको तत्काल पहिचान र पक्राउका लागि अभियान सुरु गरेको छ ।