पर्साको पोखरिया नगरपालिका–७ मनन्पुर गाउँबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ ।
मनन्पुरमा रहेको बाख्राको खोरबाट १९ किलो १२६ ग्राम चरेस फेला परेको हो । सशस्त्र प्रहरी बोर्ड आउटपोष्ट प्रसौनीभाट्टाबाट विशेष सुराकीको आधारमा गएको टोली, निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा खोरमा खानतलासी गर्दा दुई वटा प्लाष्टिक झोलामा राखिएको चरेस बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालले जानकारी दिए ।
उक्त खोर कस्को हो र चरेस त्यहाँ कसले राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले बताए ।
बरामद चरेस आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।