पर्साको बञ्जारीयाबाट सशस्त्र प्रहरीले लागू औषध चरेससहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतियाको कोईरीया टोल निवासी ३१ वर्षीय गुलाम मोहमद रहेका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टका अनुसार छिपहरमाई गाउँपालिका–४ बञ्जारीस्थित भिस्वा–जानकी टोला सडकखण्डमा नियमित चेकजाँचका क्रममा मोहमदलाई नियन्त्रणमा लिइएको हो । बीआर २२ जे ३५५० नम्बरको भारतीय मोटरसाइकलमा सवार मोहमदको साथबाट ९ किलो ५२२ ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मोहमदलाई बरामद चरेससहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।