पर्सा जिल्ला अदालतले कानुन दिवसकाे अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गर्दै भव्य रूपमा मनाएको छ ।
कार्यक्रममा पर्सा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश दीपक खनाल**ले नव निर्माण गरिएको न्यायकी देवी (Statue of Lady Justice) को मुर्ति अनावरण गर्नुभएकाे थियाे । त्यसैगरी कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले शुभकामना मन्तव्य दिँदै न्यायको सहज पहुँच, निष्पक्षता र सुशासनलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले कानुन दिवस जनताको मौलिक हक, कानुनी चेतना, न्याय प्रणालीमा पारदर्शिता र समानताको लागि महत्वपूर्ण भएको बताए । कार्यक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष अधिवक्ता कमलमोहन पोख्रेल, बिरगञ्ज स्कुल अफ लका अध्यक्ष अधिवक्ता चन्द्रिका प्रसाद पटेल, कानुन संकायका विद्यार्थी, जिल्ला अदालतका न्यायाधीशहरू, अधिवक्ता तथा कर्मचारीहरूको उपस्थिति रहेकाे थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले न्यायप्रणालीलाई अझ सरल, जनमुखी, समावेशी र आधुनिक बनाउन अदालत, कानुन व्यवसायी तथा शिक्षण संस्थाबीच सहकार्य र संवाद आवश्यक रहेको धारणा राखेका थिए ।