Top Navigation
  • Home
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
  • सम्पर्क
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • Home
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
  • सम्पर्क
  • Our Team
Birgunj City News
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #उपेन्द्र प्रसाद यादव
  • #अख्तियार मुद्दा
  • #किर्ते कागजात
  • #राजेशमान सिंह
  • #मेयर राजेशमान सिंह
  • #वीरगंज समाचार
  • #पक्राउ
Search Here
your add here your add here
मुख्य खबर
  • Home
  • मुख्य खबर
  • आदर्शनगर जग्गा किर्ते प्रकरण : आदर्शनगर विकास समितिबाट जग्गा किनेको हो भने प्रमाणित गर्न जग्गाधनीको चुनौति 
आदर्शनगर जग्गा किर्ते प्रकरण : आदर्शनगर विकास समितिबाट जग्गा किनेको हो भने प्रमाणित गर्न जग्गाधनीको चुनौति 
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, साउन ५, २०८२

वीरगञ्ज महानगरपालिका–१३ आदर्शनगरमा रहेको बहुमूल्य जग्गाहरू नक्कली व्यक्तिको नाममा पास गरी भूमाफियाको सङ्गठित गिरोहले कसरी कब्जा गरेको भन्ने नयाँ तथ्य सार्वजनिक भएको छ । एक दशकभन्दा पुरानो तर अहिले चुलिएको यो जग्गा काण्डमा मालपोत कार्यालय, नापी शाखा, वीरगंज महानगरपालिका र केही प्रभावशाली व्यक्तिहरूको संलग्नतामा हडपिएको देखिन्छ ।

यसरी सुरु भयो ‘जग्गा हडप्ने’ खेल

वीरगंज महानगरपालिका विर्ता निवासी अब्दुल कासिम कि छाेरी निखत प्रविण अंसारीकाे विवाह २०५८ सालमा भारतमा भयाे । त्यसको एक वर्षपछि उनका बाबु अब्दुल कासिमले उनलाई दाइजो स्वरूप  आदर्शनगरमा नरेश बहादुर साहबाट रामविन्दु राउतले किनेकाे ३ कठ्ठा जग्गा दाइजाेकाे रूपमा निखतका लागि खरिद गरिदिएका थिए ।

Rambindu-Bata-Nikhit-le-kharid-gareko-patra---Birgunj-city-1752991338.jpg
निखितका बुवा अब्दुल कासिमले २०५९।०६।२३ मा दाइजो स्वरुप रामविन्दु राउतबाट खरिद गरिदिएकाे ३ कठ्ठा जग्गाकाे राजिनामा पत्रकाे फाेटाे ।

उनका बुवाले २०६३ सालसम्म निखतकाे जग्गाकाे मालपोत रसिद तिर्दै आएका थिए । तर बुबाको व्यापारमा घाटा लागेपछि उनीहरू भारत गए । यही मौकामा भूमाफियाहरू सक्रिय भए  र सुरु भयो 'नक्कली निखत' खडा गर्ने षड्यन्त्र ।

‘डमी निखत’ मार्फत पर्साकाे जग्गा मालपोत कार्यालय बाराबाट जग्गा पास

२०६८ मा निखतले हालसाबिक माग्दै मालपोत कार्यालय पर्सामा निवेदन दिएकी थिइन् । तर मालपाेतका कर्मचारीहरूको मिलाेमताेमा मिसिल हरायो । केही समयपछि डमी निखत प्रविण खडा गरेर बाराको मालपोत कार्यालयबाट रिना देवी साह नामकी महिलाको नाममा उक्त जग्गा २०७० सालमा नक्कली निखत प्रविणबाट जग्गा पास गरियो । निखतले खरिद गर्दा ३ लाख थैलि राखेकाे जग्गा ११ वर्षपछि २०७०।११।२५ गते र.नं.३८९३/३ मा एक लाख रुपैयाँ मात्रै थैली राखेर डम्मी निखतबाट रिनादेवि साहले खरिद गरेकी देखाएका छन् ।

A1 Beakery Add
Nakali-Nikhit-bata-Rina-devile-barabata-liyeko-lalpurja-1752992155.jpg
बाराबाट नक्कली निखित मार्फत रिना देवि साहले खरिद गरेको जग्गाको पत्र

जग्गा पर्सामा, निखतकाे घर पर्सामा, जग्गा नजिकै मालपाेत कार्यालय तर जग्गा भने भुमाफियाहरूले बाराबाट पास  गराए । जग्गा पास गराउँदा समेत ३ लाखकाे थैली मालपाेत ऐेन विपरित नेपाल मै पहिलो पटक जग्गा घटाएरै जग्गा भूमाफियाहरूले पास गराए ।

Multani Cream Add
Dav Rb Kedia Ad
Add Sarwotam Hospital

महानगरको दोहोरो चरित्र : भूमाफियालाई ‘छुट’, असली जग्गा धनीलाई ‘ठग’ को व्यवहार

जग्गा खरिद गरेको एकवर्षपछि २०७१।०९।०४ मा दाखा र हालसाबिकका लागि रिना देवि साहले निवेदन दिन्छिन् । भूमाफियाको मिलोमतोमा रिना देवि साहले निवेदन दिदाँ मालपोत कार्यालय पर्साले वीरगंज महानगरपालिकालाई यो जग्गा आदर्शनगर विकास समितिमा परेको छ की छैन् भनेर सोध्दा वीरगंज महानगर मालपाेतकाे पत्रकाे जवाफ दिदैँ मिति २०७२।३।७ गते चं. न. १४६२९।०७१।०७२ को पत्र र मिति २०७२।०४।०८ मा च.नं. ११३/०७२/०७३ मा यो जग्गा आदर्शनगर विकास समितिमा नपरेको जवाफ पठाउँछ । यससंगै २०२९ साल असोज २ गतेको राजपत्रमा पनि सो जग्गा नपरेको राजपत्रको सक्कल सहित जवाफ पठाउँछ ।  

Mahanagarpalika-le-pathaeko-patra---Birgunj-city-1752992670.jpg
महानगरले नापीलाई पठाएको पत्रहरु ।

भूमाफियाले किर्ते गराएका रिनादेवि साहले सोध्दा आदर्शनगर विकास समितिमा नपरेको जवाफ पठाउँछ तर सोही जग्गाको बारेमा असली जग्गाधनी निखत प्रविणले जग्गा आफ्नो दाबी गर्दा वीरगंज महानगरपालिकाले २०८१।०४।०१ मा चं.नं. ०१/०८१/०८२ को पत्र मार्फत मालपोत कार्यालय प्रमुखलाई सम्बोधन गर्दै २०२९ सालमा जग्गा अधिग्रहण गरी, अधिग्रहण गरेको जग्गा सबै नक्साङ्कन गरी प्लट नम्बरहरु कायम गरी बिक्री वितरण गरेको जवाफ पठाउँछ । जग्गा एउटै नक्कली जग्गाधनीलाई आदर्शनगर विकास समितिमा नपरेको तर असली जग्गाधनीलाई आदर्शनगर विकास समितिमा परेको जवाफ अहिलेका मेयर राजेशमान सिंहको निर्देशनमा भएको पीडित जग्गाधनिकाे वारेस रहेका संजय ठाकुरकाे आरोप छ ।

मेयरकाे निर्देशनमा आदर्शनगर विकास समितिमा परेकाे पठाए पनी निखतले महानगरका नगरप्रमुख, प्रशासकीय अधिकृत र नक्सा शाखा प्रमुखलाई सम्बोधन गर्दै मेरो जग्गा अधिग्रहण भएको हो भने, सो जग्गा अधिग्रहण पश्चात कुन मिति र कुन स्तरको निर्णयबाट भएकाे हाे र को कसलाई बिक्री वितरण भएको हो र सो जग्गा मालपोत कार्यलयमा पास गर्न कुन स्तरको कर्मचारीलाई जिम्मेवारी तोकिएको हो त्यसको व्यहोरा खुलाई दिन निखित प्रविणले २०८१।०४।०७ गते निवेदन दिन जान्छिन् तर उनको निवेदन कसैले लिन मान्दैन र धम्काएर फिर्ता पठाइदिन्छ । त्यसपश्चात् निखित प्रविणले हुलाक मार्फत तीनैजना जिम्मेवार व्यक्तिहरूलाई निर्णयकाे जवाफ माग्दाँ हालसम्म महानगरले जवाफ दिएको छैन् । 

Rajpatra---Birgunj-city-1752993158.jpg
राजपत्रमा खुलाएर राखेको विस्तृत विवरण । 

निखितले मागेको जवाफ त महानगरले दिएन । यता नापी कार्यालय पर्साले रुकमणि देवि केडियाको जग्गा आदर्शनगर विकास समितिमा परेको छ की छैन् मिति २०८१।०५।१३ मा च.नं. ९७१ मार्फत जवाफ माग्दा वीरगंज महानगरपालिकाले हालसम्म जवाफ दिएको छैन् । भने, रुकमणि देवि केडियाका नाती प्रदिप केडियाले हरेश खाएर नापी कार्यालय पर्सामा कार्यालय प्रमुखलाई सम्बोधन गरी निवेदन दिएर मिति २०८१।०५।१३ पत्रको महानगरले कुनै जवाफ पठाएको छ कि भनेर सोध्दा कुनै जवाफ नपठाएको नापी अधिकृत दिपक कुमार सिंहले मौखिक जवाफ दिएका छन् । तर केहि अनलाईन मिडियाहरुमा आदर्शनगर विकास समितिमा जग्गा पर्ने भनी प्रायोजित समाचार एकपछि अर्को आइरहेको निवेदक निखित प्रविण र उनका वारेस संजय ठाकुर अर्का जग्गाधनी रुकमणि केडियाको हकखाने नाती प्रदिप केडियाले बताए । 

Napi-Karyalay---Patra---Birgunj-city-1752995035.jpg

 

Birgunj-mahanagarpalika-patra---Birgunj-city-1752995035.jpg
मालपोत कार्यालयले असलि जग्गाधनी निखित प्रविणको निवेदनमा कार्वाही चलाउदाँ वीरगंज महानगरपालिकाले आदर्शनगर विकास समितिमा परेको भन्दै पठाएको जवाफ । जबकी यससम्बन्धी कुनस्तरको निर्णयबाट अधिग्रहण भएको हो त्यसको रेकर्ड पठाएको छैन् । 
Nagar-Pramukh-lai-lekheko-patra---Birgunj-city-1752995301.jpg
हुलाक मार्फत नगरप्रमुखलाई जवाफ मागेका पत्र । 

जग्गा धनीहरुले जग्गा आदर्शनगर विकास समितिको कै हो भने प्रमाण कहाँ छ, कसले जवाफ दिने ? कि किर्ते तरीकाले जग्गा हडपने भुमाफियाबाट प्रयोजित पत्रकारले जवाफ दिने हो ? या कसले जवाफ दिने हाे ? त्यसको प्रमाण पेश गर्न जग्गा धनी निखित प्रविणका वारेस संजय ठाकुर, प्रदिप केडिया लगायतले चुनौति दिएका छन् । अन्यथा यी प्रायोजित अनलाईन मिडियाका पत्रकारहरू विरुद्ध कानुनी प्रकृयाको लडाईमा जाने बताए ।

कानुनको खिल्ली : अदालतको आदेश समेत कार्यान्वयन भएन

मालपाेत र नापी विरूद्ध निखित परविणले २०७४।११।०६ गते उच्च अदालत जनकपुर अस्थाई वीरगंजमा मालपोत कार्यालय र नापी कार्यालयको विरुद्धमा आफ्नो जग्गा हालसाविक नगरिदिएकाले हालसाविक गरिदिन परमादेश मुद्दा दर्ता गर्छिन । उच्चले  २०७५।०३।११ गते ०७४-WO - 0170 मालपोत कार्यालय पर्सा र नापी कार्यालय पर्साको नाममा उच्च अदालतको माननिय न्यायधिश सिवनारायण यादव र वासुदेव अचार्यको संयुक्त इजलासले मालपोत कार्यालय पर्सा र नापी कार्यालय पर्सालाई निखित परविनको नाममा हालसाविक गर्न परमादेश जारी गरिदिएको छ । उच्चको आदेशपछि भुमाफियाहरुको निन्द हराम भएकाे छ तर भूमाफियाहरूले शक्तिको आडमा उच्चको आदेश समेत कार्यन्वयन गर्न नदिएको जग्गाधनी निखत बताउँछिन् । 

Malpotle-Lekheko-patra---Birgunj-city-1752993936.jpg
मालपोतको टिप्पणी आदेश ।

जग्गा किनेकाे रिना देवि साहकाे दाबी तर अदालतबाट प्रमाणित गराउन मिलापत्र गरेर इन्फ्रास्ट्रक्चर प्रा.लि.लाई सुम्पे

यतिमा मात्र नभइ आफ्नो किर्ते धन्दालाई कानुनसम्मत बनाउन अदालतलाई समेत गुमराहमा राखेर आफ्नो किर्ते धन्दाको प्रमाणिकरण गर्न प्रयास गरेको अर्काे प्रमाणहरुबाट देखिन्छ । 

जिल्ला अदालतमा मुद्दा नं. 075-CP-1587, 075-C4-0281, 075-CP-1653, 075-C4-0297, 075-C4-0278, 075-CP-1654, 075-CP-1589 र 075-CP-1588 हालसाबिक बदर र किर्ते जालसाझी दर्ता गराएकाे छ । 

स्काईलाईन इन्फ्रा प्रालि र उधोग वाणिज्य संघका पुर्व अध्यक्ष अनिल पटवारीका बुवा महाविर प्रसाद अग्रवालको सहयोगमा मालपोत कार्यालय बाराबाट किर्ते जग्गाधनी बनेकी रिनादेवि साहले २०७५।१०।२८ गते स्काईलाईन इन्फ्रा प्रालि, महाविर प्रसाद अग्रवाल, उमेश चन्द्र नेपाल र सुनिल कुमार गुप्ता माथि पर्सा जिल्ला अदालतमा हालसाबिक बदर किर्ते जालसाझि मुद्दा दर्ता गरी अदालतमा भूमाफियाहरूले चलखेल गरी एकवर्ष चुपचाप बसेको देखिन्छ । त्यसपछि एकैपटक २०७६।११।१८ मा यी सबै मुद्दा लगाव गराउन आदेश गराई चुप लागेर फेरी बसेको देखिन्छ ।

त्यसपछि २०७७।०६।१२ मा नक्कली निखत प्रविणबाट जग्गा खरिद गरेकी रिनादेवि साहले भूमाफियाहरूको मिलोमतोमा आफ्नो दाबी फिर्ता लिई स्काईलाईन इन्फ्रा प्रालि र महाविर प्रसाद अग्रवाल नै म बाट जग्गा किनेको जिल्ला अदालतबाट देखाउन खोजेकि छिन् । तर उमेश चन्द्र नेपाल र सुनिल कुमार गुप्ताले स्काईलाईन इन्फ्रा प्रालिलाई आफ्नो जग्गा दिन नमानेपछि उनीहरू माथिको दाबी फिर्ता लिदैनन् । 

एकातिर भूमाफियाहरूले आदर्शनगर विकास समितिबाट खरिद गरेकाे दाबी गर्छ अर्काेतर्फबाट आफैले खडा गरेरकाे नक्कलि जग्गाधनीबाट जिल्ला अदालतमा गएर मिलापत्र गराउँछ यसले आम सर्वसधारणा ठुलाेबडाकाे पहुँचमा सङ्गठित अपराध भइरहेकाे देखाउँछ । एक अर्को जग्गा दलाल सङ्गठित भई सङ्गठित अपराध गरेवापत तिनिहरु विरुद्ध मुलुकी अपराध संहिता ऐेन, २०७४ अनुसार सङ्गठित अपराधमा ७ वर्ष जेल सजाय र जरिवाना वा दुवै हुने व्यवस्था रहेको छ । यसका लागि आवश्यक प्रकृया समेत चालिने जग्गाधनीहरुले चेतावनी दिएका छन् । 

भूमाफियाहरूले यतिमात्र नभइ अब उनिहरुले मुद्दा उच्चसम्म लगेका छन्, त्यसमा समेत विभिन्न चलखेल गरिएकाे देखिन्छ । 

प्रायोजित मिडिया र धम्की

निखित र उनका वारेसलाई पटक–पटक ज्यान मार्ने धम्की, महानगरमा निवेदन लिन नमान्ने रवैया, र भूमाफियाले प्रायोजित अनलाइन मिडिया मार्फत तथ्य लुकाएर समाचार प्रकाशित गरिरहेकाे जग्गाधनी निखत परविणका वारेस संजय ठाकुर र जग्गाधनी रूकमणि केडियाका नाति प्रदिप केडियाकाे आरोप छ । उनिहरूका अनुसार “यदि यो जग्गा साँच्चै विकास समितिमा परेको हो भने प्रमाण देखाऊ । नत्र, हामी प्रायोजित पत्रकार र भूमाफियाविरुद्ध कानुनी कारबाहीमा जान्छौं ।”

भूमाफियाहरूले निखित र केडियाकाे जग्गा हडप्न अर्काे प्रपञ्च समेत रचेकाे खुलेकाे छ साेकाे प्रमाण सहित अर्काे अंकमा प्रकाशित गरिनेछ । 

निखित प्रविण र रूकमणि केडियाको जग्गा हडपिएको यो घटना अब एउटा महिला वा एउटा परिवारको मात्र लडाइँ नभइ, यो राज्य व्यवस्था र भूमाफिया सिण्डिकेटबीचको जुधाइ बनेकाे छ ।

सम्बन्धित समाचार

स्काईलाइन मलका भुमाफियाको षड्यन्त्र खुल्दै : संगठित तरिकाले निखत प्रविणको जग्गा हत्याउन खोजिएको थप प्रमाण बाहिरियो

भू–माफियाबाट खरिद गरेकाे किर्ते जग्गा प्रकरण : खरिद कर्ता व्यक्ति, बैंक र हाेटल लगायतलाई प्रमाण पेश गर्न आदेश

भू–माफियाद्वारा किर्ते गरी वीरगंजको आदर्शनगरस्थित बैंकहरूलाइ विक्री गरिएको केडिया परिवारको जग्गाबारे अनुसन्धान सुरु

वीरगंजको आदर्शनगरमा बैंकहरुले नै खरिद गरे किर्ते जग्गा, अधिग्रहणमा नपरेको केडिया परिवारकाे जग्गा यसरी बेचे शम्भु कलवारले

वीरगंजमा संगठित रुपमा भूमिसम्बन्धी कागज कीर्ते : सीआईबीद्वारा राजकुमार हरलालका पक्राउ, मालपोत कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतो उजागर

किर्ते जग्गामा स्काइलाइन मल, एसबीआइ र कुमारी बैंकको डेढ सय करोड लोन डुब्ने खतरामा

वीरगंजमा नबिल बैंक लुटपाट प्रकरण : बैंककै लापरबाही भएको प्रहरी निश्कर्ष

आगलागीको विकराल अवस्था, १६ दिनमा १२ जनाकाे मृत्यु, ४८ घाईते

२२ वर्षदेखि पर्सा नछोडेका प्रहरीहरू

भिडियाे सामाग्री

 


प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०८:५१
#वीरगञ्ज जग्गा काण्ड #भूमाफिया गिरोह #निखित प्रविण #आदर्शनगर विकास समिति #मालपोत भ्रष्टाचार #नापी मिसिल गायब #नक्कली जग्गाधनी #Skyline Infra #महावीर अग्रवाल #राजेशमान सिंह
प्रतिक्रिया दिनुहोस्
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप मुख्य खबर
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
रसुवामा बाढी–पहिरोपछि पर्साका १६ वेपता मध्ये २ जना सम्पर्कमा आए
रसुवामा बाढी–पहिरोपछि पर्साका १६ वेपता मध्ये २ जना सम्पर्कमा आए बिहीबार, भदौ ११, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
Contact Us

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
Team
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
Birgunj City
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्