शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #बैंकिङ कसूर
  • #अनधिकृत रकम ट्रान्सफर
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंक खाता ह्याक
  • #मोबाइल बैंकिङ
यहाँ खोज्नुहोस्
your add here your add here
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • वीरगंजको आदर्शनगरमा बैंकहरुले नै खरिद गरे किर्ते जग्गा, अधिग्रहणमा नपरेको केडिया परिवारकाे जग्गा यसरी बेचे शम्भु कलवारले
वीरगंजको आदर्शनगरमा बैंकहरुले नै खरिद गरे किर्ते जग्गा, अधिग्रहणमा नपरेको केडिया परिवारकाे जग्गा यसरी बेचे शम्भु कलवारले
जियालाल साह
जियालाल साह शुक्रबार, भदौ २१, २०८१
A1 Beakery Add A1 Beakery Add

वीरगंजमा एक व्यक्तिको करिब सवा अर्ब रुपैयाँ बराबर मूल्य पर्ने जग्गा भूमाफियाले किर्ते गरेर विक्री गरेको २३ वर्षपछि खुलासा भएको छ ।

वीरगंजका व्यापारी प्रदीप केडियाको हजुर आमाको नाममा रहेको मध्ये वीरगंजको ११ कठ्ठा ६ धुर जग्गा २०५८ सालमा सरकारले अधिग्रहण गरेको भनी चुप बसेका जग्गा धनीको सम्पत्ति बिचौलियाहरुले आफ्नो नाममा हत्याएर विभिन्न व्यक्ति र संस्थाहरुलाई विक्री गरेको खुलेको हो ।

२३ वर्षअघि गरिएको किर्तेबाट बिचौलियाले विक्री गरेको उक्त जमिन पटक–पटक विक्री भएर अहिले विभिन्न व्यक्ति हुदैँ नेबिल बैंक, एन.आई.सी.एसिया बैंक, एभरेष्ट बैंक, माहालक्ष्मी विकास बैंक, पुजन होटल, कन्ट्रीइन होटल र महालक्ष्मी डेकोरेशन रहेको घरधनीका नाममा आइपुगेको छ । प्रारम्भिक अनुसन्धानमा तत्कालिन प्रशासनले जग्गा धनी रुकमनी देवी केडियालाई सरकारले उक्त जग्गा अधिग्रहण गरेको भनी नक्कली कागजात बनाएर दिइएको र नापी र मालपोतको मिलोमतोमा बिचौलियाले नक्कली नापी र श्रेष्ता कायम गरेर स्वबासी दर्ता कायम गरी जग्गा दर्ता गरेर विक्री गरेको देखिएको छ ।

NIC-ASIA-Bank---Birgunj-City-1725616893.jpg
अदालतमा मुद्दा परेको अर्कै एक जग्गाको अभिलेख खोजी गर्ने क्रममा किर्ते गरिएका जग्गाहरु फेला परेपछि केडिया परिवारले आफ्नो जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको छ । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

‘बैंक, होटल जस्ता संस्थाहरुले आफ्नो सम्पत्ति भनेर भोग गरिरहेको जमिन रुकमनीदेवी केडियाको नाममा देखियो । अन्य जग्गाहरु पनि यस्तै भएको पाइयो,’ जग्गा सम्बन्धमा पछिल्लो विवरण हेरेका एक सरकारी अधिकारीले सिधाकुरासँग भने । बैंक, होटलले आफ्नो सम्पत्ति भनेर भोगचलन गरिरहेको जग्गा रुकमनीदेवी केडियाको नाममा २०२३ सालदेखि श्रेष्ता कायम रहेको र २०५८ सालसम्म तिरो तिरेको पाइएपछि त्यस प्रकारका जग्गाको खोजी सुरु भएको थियो ।

NabilBank---Birgunj-City-1725616521.jpg
रुकमनीको नाममा रहेको जग्गाको अरुले नै लालपूर्जा बनाएको विषयमा मालपोतको विवरण हेर्दा तत्कालिन वीरगंज नगरपालिकाको वडा नं. ५ मा रहेको जग्गालाई भिडाएर शम्भु प्रसाद कलवार (लक्ष्मी सुमेश्वर) ले तत्कालिन एक नम्बर गोश्वाराबाट स्वबासीमा नाम आफ्नो नाममा पारेर विक्री गरेको खुलेको छ । नापी कार्यालयका नापी अधिकृत दिपक कुमार सिंहले जग्गाबारे विस्तृत बुझ्ने प्रक्रिया सुरु गरिएको बताए । ‘के कति फिल्डमा भोगचलन गरेको छ नापी नक्सा गरेर पठाउन मालपोतले पठाएको पत्रको अधारमा आवश्यक प्रक्रिया सुरु गरिसकिएको छ,’  सिंहले भने । 

यता बिहीबार सर्वे गरेर प्रतिवेदन दिनुपर्ने भनी जिम्मेवारी तोकिएका सर्वेक्षक संजय झाले नाप नक्साको काम आज स्थगन भएको बताए । ‘मालपोत कार्यालयलाई हामीले समन्वयका लागी चिठी लेखेका थियौँ । मालपोतले समन्वय नगर्दा हामीले अहिलेको लागी स्थगन गरेका छौँ,’ उनले भने । मालपोत कार्यालयबाट समन्वय गरेर चाँडै अर्को मिति तोक्ने पनि सर्वेक्षक झाले बताए ।

आदर्श नगर विकास समितिको नाममा खेलो 

बि.स.२०२९ सालमा सरकारले आधुनिक शहर बनाउन भन्दै पर्साका तत्कालिन विभिन्न गाउँ पञ्चायतलाई जोडेर शहरको नयाँ अवधारणा अघि सारेको थियो । यो आयोजना कार्यन्वयनका लागि आदर्शनगर विकास समिति पनि गठन भएको थियो । समितिको मुख्य उद्देश्य थियो सुन्दर र आधुनिक वीरगंज शहरको खाका तयार गर्नु, जग्गाको व्यवस्थित कित्ताकाट गर्ने र सहरी पूर्वाधार आर्कषक बनाउनु ।

Everest-Bank---Birgunj-City-1725616522.jpg
योजना स्वरुप पहिले सरकारले व्यक्तिको जग्गा मुआब्जा दिएर अधिग्रहण गर्ने, उक्त परियोजनामा आवश्यक सार्वजनिक पूर्वाधार तयार गर्ने र कित्ताकाट छुट्टयाएर सार्वजनिक महत्वको क्षेत्र खाली राखेर पुनः आवासिय प्रयोजनका लागि प्लटिङको जग्गा व्यक्तिलाई नै विक्री गर्नु ।

सो उद्देश्यका साथ सरकारले २०५४ देखि ५५ साल अर्थात दुई वर्ष लगाएर कुल ८ बिगाह ९ कठ्ठा साढे ७ धुर जग्गा अधिग्रहण ग¥यो । यसरी अधिग्रहण भएको जग्गामा तत्कालिन श्रीपुर वडा नम्बर ९ (हाल वीरगंज महानगर १०) अन्तर्गतका जग्गाहरु थिए । सोही क्रममा अधिग्रहणका लागि जग्गा दिने मध्येकी थिइन् पर्साकी रुकमनी देवी केडिया । 

अधिग्रहण गरिएको क्षेत्रको उनको जमिन नजिकै आदर्श नगर बसपार्क, राष्ट्रिय वाािण्ज्य बैंक, शम्भुनारायण मन्दिर क्षेत्र विस्तार लगायतका कार्य गर्ने भनिएको थियो । सरकारले अधिग्रहण गरेको भनेर रुकमनीको घरमा तत्कालिन स्थानीय प्रशासनबाट पत्र पनि गयो । पहिल्यैदेखि वीरगंजमा प्रशस्त जग्गा भएको सो परिवारले धेरै जग्गा भएका कारण अधिग्रहणमा परेको जग्गाबारे खासै वास्ता गरेनन् । 

‘हाम्रो परिवार निकै ठूलो थियो । जग्गा पनि धेरै थियो । सरकारले अधिग्रहण गरेको भनेपछि हामीले वास्तै गरेनौँ,’ जग्गाका हकदार नाती प्रदीप केडिया भन्छन्, ‘तत्कालिन प्रशासनबाट पत्र पनि आएको थियो । तर, के थहा त्यो सबै किर्ते थियो भन्ने ?’ 

Pujan-Hotel---Birgunj-City-1725616529.jpg
रुकमनीको जग्गा अधिग्रहण भएको छैन 

तत्कालिन श्री ५ को सरकारले २०२९ आश्विन २ गते नेपाल राजपत्रमा गृह पञ्चायत मन्त्रालयको सूचना जारी गर्दै त्यस क्षेत्रको जग्गा अधिग्रहणको क्षेत्रबारे खुलाइको छ । 

जसअनुसार वीरगंज नगर पञ्चायत वार्ड नं. ६ को पूर्व २ नं. रोड, पश्चिम १ नं. रोड, उत्तर कसुनी माडवारीको घर र पोखरी, दक्षिण सडक यति ४ किल्लाभित्रको किता नं. १८३.३९९ को बिरौरी रु. ७.५८ (सात रुपैयाँ अन्ठाउन्न पैसा) लाग्ने जग्गा ०–६–१ (छ कठ्ठा एक धुर) को कित्ता एक, साही पञ्चायतको वडा नं. ९ को पूर्व १ न. रोड, पश्चिम नाली, उत्तर पदमकृष्णको जग्गा, दक्षिणा सडक र नाली समेत यति ४ किल्लाभित्रको कित्ता नं. नभएको मालपोत मिनाहा भएको कलम ३ को घडेरी जग्गा ०–६–१० (छ कठ्ठा दस धुर) को कित्ता एक अधिग्रहण गरिएको छ । 

यस्तै, पञ्चायत वार्ड नं. २ को पूर्व १ नं. मूलसडक, पश्चिम सत्यनारायण सुनार, सिवेन्द्र विक्रम शाहहरु समेत जग्गा, दक्षिण पशुपति माडवारी तेल गोदाम पोखरा अब्दुल अहर महावीर माडवारी, भिखारी साह, राजा हुसेन, पैगम्वर रामबहादुर कालीप्रसाद, बंगाली मिया समेतको जग्गा, उत्तर महावीर प्रसाद, वृजगाल माडवारीको घर नाला र आदर्शनगरको सडक नाला र सीमानामा यति ४ किल्ला भित्रको मालपोत मिन्हा किता नं. नभएको ०–१७–४ (सत्र कठ्ठा चारधुर) र किता नं. १२८, १३६, १३७ को मालपोत रु. २३।७८ लाग्ने ०–३–६ (तीन कठ्ठा छ धुर) को किता एक अधिग्रहण भएकोे देखिन्छ । 

अहिले रुकमनीको जग्गा फोला परेको श्रीपुर गाउँ पाञ्चायत अन्तर्गत पनि तत्कालिन  वार्ड नम्बर ९ को पूर्व नाली पश्चिम आदर्श नगरको सीमाना नथुनी कानूको नम्बरी जग्गा, उत्तर घडिअर्वा पोखरा र अली सिसीया जाने गोरेटो बाटो, दक्षिण आदर्शनगरको नाली र सीमाना यति ४ किल्ला भित्रको किता नं. ३९, ४०, ६२, ६५, ६६, ६७, ६८, ७०, ७१, ७५, ७६, ७७, ७८, ७९, १२०, १२३, १२४, १३६, १३७, १३८, १२१, २४३, २४४, २४८, २४९, २६८, २८१, २८६, २९८ को मालपोत रु. २७५.०५ (दुई सय पचहत्तर रुपैयाँ पाँच पैसा) लाग्ने जग्गा अधिग्रहण गरिएको छ । जसको क्षेत्रफल पाँच विगाह, आठ कठ्ठा पौने सोह्र धुरको एक कित्ता छ । 

यसैगरी छपकैयाँ गाउँ पञ्चायत अन्तर्गत वार्ड नं. ८ को पूर्व नाली, पश्चिम आदर्शनगरको सीमाना, उत्तर आदर्शनगरको सीमाना, दक्षिण तेल गोदाम पोखरा पशुपति माडवारी, भिखारी साह, काली प्रसाद साह, पुरेन्द्र विक्रम साह समेत जग्गा यति ४ किल्लाभित्रको कित्ता नं. १४२, १७१, ,१७३, १७४, १७६, १७८, १८९ को मालपोत रु. ९२.७२ (बयानब्बे रुपैयाँ बहत्तर पैसा) लाग्ने जम्मा जग्गा विगाहा १–१६–७ (एक बिगाहा सोह्र कठ्ठा सात धुर) को कित्ता पनि अधिग्रहण भएको देखिन्छ । 

जग्गा प्राप्ति ऐन २०१८ को दफा ७ को उपदपफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले वीरगंज आदर्शनगर निर्माण गर्नको लागि नारायणी अञ्चल पर्सा जिल्ला अन्तर्गत पर्ने उक्त जग्गाहरु अधिग्रहण गरेको राजपत्रमा खुलाइएको छ । राज पत्र अनुसार सबै जग्गाहरुको क्षतिपूर्ति पनि दिइएको छ । यी सबै विवरणमा रुकमनीको जग्गाको कित्ता कतै पनि अधिग्रहणमा परेको देखिदैन । 

५८ मै पत्ता लागेको थियो माफियाको जालो

वीरगंज आदर्शनगर निर्माणका लागि भएको अधिग्रहणमा फर्जी कागजात बनाएर व्यक्तिको जग्गा हडपिएको विषय २०५८ सालमा वीरगंजमा एकाएक फैलियो । त्यसले आन्दोलनकै रुप लिएपछि सरकारले छानबिन समित गठन गर्यो । सो छानबिनमा तत्कालिन एक नम्बर गोश्वारा मार्फत शम्भु प्रसाद कलवार (लक्ष्मी सुमेश्वर) लगायतका व्यक्तिहरुले मालपोत र नापी तथा प्रसाशनका व्यक्तिहरुसँग मिलेर निजी जग्गामा हत्याएको खुलेको घटनाबारे जानकार वीरगंजका पुराना स्थानीयहरु बताउँछन् । तर, यो कुराको अभिलेख कतै भेटिदैन ।

एक पूर्व नापीका कर्मचारीका अनुसार आदर्शनगर निर्माण समितिले अधिग्रहण गरेर मुआब्जा दिएको बाहेकको जग्गाको किर्ते नामसारी र अधिग्रहणको फर्जी निर्णय २०५८ मा खारेज भएको थियो । सो खारेजीसँगै २०२३ सालमा जसको नाममा जग्गा थियो उनीहरुको नाममा पुरानो जग्गा कायम भएको थियो । तर, जग्गा धनीहरुले सो कुरा थाहा नपाउँदा भूमाफिया शम्भु प्रसाद कलवारमार्फत एक पछि अर्को व्यक्तिको नाममा फर्जी कागजातका आधारमा जग्गा विक्री हुँदै आएको थियो । मालपोतमा अर्का व्यक्तिको नाममा दर्ता कायम जग्गाको पटक पटक विक्री र त्यही जग्गामा बैंक ऋण र लगानी कसरी स्वीकृत भयो भन्ने विषय अझै अनुसन्धानमा छ ।

Cuntry-Inn-Hotel---Birgunj-City-1725616527.jpg
हालको चल्नचल्ती अनुसार धुरमै ५० लाख रुपैयाँ पर्ने सो जग्गाको कुल मूल्य १ अर्ब १३ करोड रुपैयाँ हाराहारी पुग्छ । जग्गाधनीका हकदार मध्येका नाती प्रदिप कुमार केडियाले भुमि सुधार तथा मालपोत कार्यालय पर्सामा हालसाविक, नामसारी गरी जग्गा धनी दर्ता प्रमाण पुर्जा पाउन निवेदन दिएका छन् । निवेदनको सुनवाई गर्दै मलपोत कार्यालयले २०८१ साल भदौ ११ गते नापी कार्यालय पर्सालाई पत्र लेख्दै स्थलगत सर्जमिन साथै फिल्ड प्रतिवेदन पेश गर्न भनेको छ ।
सम्बन्धित समाचार

किर्ते जग्गामा स्काइलाइन मल, एसबीआइ र कुमारी बैंकको डेढ सय करोड लोन डुब्ने खतरामा

वीरगंजमा नबिल बैंक लुटपाट प्रकरण : बैंककै लापरबाही भएको प्रहरी निश्कर्ष

आगलागीको विकराल अवस्था, १६ दिनमा १२ जनाकाे मृत्यु, ४८ घाईते

२२ वर्षदेखि पर्सा नछोडेका प्रहरीहरू


प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:४२
#पर्सा जिल्ला #जग्गा भूमाफिया #शम्भु प्रसाद कलवार #केडिया परिवार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
रसुवामा बाढी–पहिरोपछि पर्साका १६ वेपता मध्ये २ जना सम्पर्कमा आए
रसुवामा बाढी–पहिरोपछि पर्साका १६ वेपता मध्ये २ जना सम्पर्कमा आए बिहीबार, भदौ ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीको सचिवालयका सदस्यसँग सम्पर्क रहेको दाबी गर्दै गालीगलौज, एक पक्राउ
गृहमन्त्रीको सचिवालयका सदस्यसँग सम्पर्क रहेको दाबी गर्दै गालीगलौज, एक पक्राउ वीरगंज सिटी
नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्न तीन क्रेन परिचालन
नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्न तीन क्रेन परिचालन वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण वीरगंज सिटी
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आउँदो चुनावमा  तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति  ?
आउँदो चुनावमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति ? वीरगंज सिटी
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने वीरगंज सिटी
एनपीएलको रौनक बढाउँदै एक्सट्रिम, ७ टोलीका लागि ७ भव्य स्वागत गेट
एनपीएलको रौनक बढाउँदै एक्सट्रिम, ७ टोलीका लागि ७ भव्य स्वागत गेट वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP