शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #जिल्ला अदालत पर्सा
यहाँ खोज्नुहोस्
your add here your add here
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • स्काईलाइन मलका भुमाफियाको षड्यन्त्र खुल्दै : संगठित तरिकाले निखत प्रविणको जग्गा हत्याउन खोजिएको थप प्रमाण बाहिरियो
भूमाफिया श्रृखला २  स्काईलाइन मलका भुमाफियाको षड्यन्त्र खुल्दै : संगठित तरिकाले निखत प्रविणको जग्गा हत्याउन खोजिएको थप प्रमाण बाहिरियो
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, साउन ४, २०८२
A1 Beakery Add A1 Beakery Add

पर्साको आदर्शनगर क्षेत्रमा रहेको तीन कठ्ठा जग्गा नक्कली व्यक्तिको नाममा पास गरी हडपिएको घटनाले पुनः ध्यान तानेको छ ।

निखित प्रविण अंसारीको २०५८ सालमा भारतमा विवाह भयाे ।

Naresh-Bata-Rambindu---Birgunj-city-1752991079.jpg
नरेश बहादुर साहबाट रामविन्दु राउतले  खरिद गरेको राजिनामा पत्रकाे फोटो

निखितका बुवा अब्दुल कासिमले २०५९।०६।२३ मा दाइजो स्वरुप रामविन्दु राउतबाट खरिद गरिदिएकाे ३ कठ्ठा जग्गाकाे राजिनामा पत्रकाे फाेटाे ।

Rambindu-Bata-Nikhit-le-kharid-gareko-patra---Birgunj-city-1752991338.jpg
निखितका बुवा अब्दुल कासिमले २०५९।०६।२३ मा दाइजो स्वरुप रामविन्दु राउतबाट खरिद गरिदिएकाे ३ कठ्ठा जग्गाकाे राजिनामा पत्रकाे फाेटाे ।

आफ्नो जग्गाको मालपोत तिरेको रसिद प्रमाणहरु । निखित प्रविणकाे जग्गा २०२९ सालमा अधिग्रहणमा परेकाे अहिलेका मेयरले देखाउन लगाएपनी वीरगंज महानगरपालिकाले २०६३ सम्म उनकाे जग्गाकाे मालपाेत बुझेका छन् । यसका प्रमाणहरू ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital
Malpot-Tireko-Rasid---Birgunj-city-1752991817.jpg
निखत परविणले आफ्नो जग्गाको मालपोत तिरेको रसिद प्रमाणहरु 


२०६३ सालसम्म निखितकै जोतभोगमा जग्गा रहेको थियो । त्यसपश्चात् उनको बुवाको व्यापारमा घाटा लागेपछि भारततिर व्यापारको सिलसिलामा गए । 

त्यसपश्चात् २०६८ सालमा आएर हालसाबिक लागि २०६८।०७।२७ मा निवेदन दिएपश्चात् मालपोत कार्यालयले नापी कार्यालय पर्सालाई पत्र लेखेको थियो तर पत्रको जवाफ दिएन । भूमाफियाहरूको मिलोमतोमा मिसिल समेत गायब गरिएको थियो । 

त्यसपश्चात् भारत रहेकी निखितलाई अनावश्यक व्यक्तिहरूले फोन गरी धाक धम्की दिने, वीरगंज आए ज्यान मार्ने धम्की लगायतको दिने गरेको निखित प्रविण बताउँछिन् । 

त्यसपश्चात् निखित प्रविणले आफ्न्तको सहयोगमा २०६९।०८।२९ गते पुनः हालसाबिक माग गरी मालपोत कार्यालय पर्सामा निवेदन दिएपश्चात् मालपोत कार्यालय पर्साले पुनः नापी कार्यालयसँग हालसाबिक विवरण माग गरेको थियो  । त्यसपछि पुनः भूमाफियाहरू सक्रिय भई निखितको आफ्न्तलाई पनि धाकधम्की दिएपछि डरले उनीहरू मालपोत कार्यालय आउन छोडेको देखिन्छ ।

त्यसपछि स्काईमल प्रा.लि. सञ्चालक लगायतले डमी निखित प्रविण खडा गरी मालपोत कार्यालय बाराबाट रिना देवि साहको नाममा जग्गा खरिद बिक्री हुन्छ । जग्ग पर्सामा, मालपोत कार्यालय निखितको घर नजिकै, जग्गा समेत नजिकै तर जग्गा पास भने, नक्कली निखित खडागरी मालपोत बाराबाट पास हुन्छ । 

निखित परविनले जग्गा खरिद गर्दा ३ लाख रुपैयाँ थैलि राखी खरिद गरेको तर नक्कली निखित परविन मार्फत रिना देवि साहलाई मालपोत कार्यालय बाराले ११ वर्षपछि २०७०।११।२५ गते र.नं.३८९३/३ मा १ लाख थैलि राखी भूमाफियाको मिलोमतोमा खरिद बिक्रीको नाटक मञ्चन हुन्छ । 

Nakali-Nikhit-bata-Rina-devile-barabata-liyeko-lalpurja-1752992155.jpg
बाराबाट नक्कली निखित मार्फत रिना देवि साहले खरिद गरेको जग्गाको पत्र

यसपश्चात् भूमाफियाहरू चुप लागेर बस्छन् । जग्गा खरिद गरेको एकवर्षपछि २०७१।०९।०४ मा दाखा र हालसाबिकका लागि रिना देवि साहले निवेदन दिन्छिन् । भूमाफियाको मिलोमतोमा रिना देवि साहले निवेदन दिदाँ मालपोत कार्यालय पर्साले वीरगंज महानगरपालिकालाई यो जग्गा आदर्शनगर विकास समितिमा परेको छ की छैन् भनेर सोध्दा महानगरले मिति २०७२।३।७ गते चं. न. १४६२९।०७१।०७२ को पत्र र मिति २०७२।०४।०८ मा च.नं. ११३/०७२/०७३ मा यो जग्गा आदर्शनगर विकास समितिमा नपरेको र २०२९ साल असोज २ गतेको राजपत्रमा पनि सो जग्गा नपरेको राजपत्रको सक्कल सहित जवाफ पठाउँछ ।  

Mahanagarpalika-le-pathaeko-patra---Birgunj-city-1752992670.jpg
महानगरले नापीलाई पठाएको पत्रहरु ।

भूमाफियाले किर्ते गराएका रिनादेवि साहले सोध्दा आदर्शनगर विकास समितिमा नपरेको जवाफ पठाउँछ तर सोही जग्गाको बारेमा असली जग्गाधनी निखित प्रविणले जग्गा आफ्नो दाबी गर्दा वीरगंज महानगरपालिकाले २०८१।०४।०१ मा चं.नं. ०१/०८१/०८२ को पत्र मार्फत मालपोत कार्यालय प्रमुखलाई सम्बोधन गर्दै २०२९ सालमा जग्गा अधिग्रहण गरी, अधिग्रहण गरेको जग्गा सबै नक्साङ्कन गरी प्लट नम्बरहरु कायम गरी बिक्री वितरण गरेको जवाफ पठाउँछ । जग्गा एउटै नक्कली जग्गाधनीलाई आदर्शनगर विकास समितिमा नपरेको तर असली जग्गाधनीलाई आदर्शनगर विकास समितिमा परेको जवाफ अहिलेका मेयर राजेशमान सिंहको निर्देशनमा पठाएको देखिन्छ । 

Rajpatra---Birgunj-city-1752993158.jpg
राजपत्रमा खुलाएर राखेको विस्तृत विवरण । 

तत्पश्चात महानगरका नगरप्रमुख, प्रशासकीय अधिकृत र नक्सा शाखा प्रमुखलाई सम्बोधन गर्दै निखित प्रविणले २०८१।०४।०७ गते निवेदन दिन जान्छ । निवेदन दिन जादा उनको निवेदन कसैले लिन मान्दैन र धम्काएर फिर्ता पठाइदिन्छ । त्यसपश्चात् निखित प्रविणले हुलाक मार्फत तीनैजना जिम्मेवार व्यक्तिहरूलाई निवेदनमा कुन मिति र कुन स्तरको निर्णयबाट मेरो जग्गा अधिग्रहण भएको हो र सो जग्गा अधिग्रहण पश्चात कुन मिति र कुन स्तरको निर्णयबाट को कसलाई बिक्री वितरण भएको हो र सो जग्गा मालपोत कार्यलयमा पास गर्न कुन स्तरको कर्मचारीलाई जिम्मेवारी तोकिएको हो त्यसको व्यहोरा खुलाई हुलाक मार्फत निवेदन दर्ता गराई जवाफ माग्दाँ हालसम्म जवाफ दिएको छैन् । 

Napi-Karyalay---Patra---Birgunj-city-1752995035.jpg

Birgunj-mahanagarpalika-patra---Birgunj-city-1752995035.jpg
मालपोत कार्यालयले असलि जग्गाधनी निखित प्रविणको निवेदनमा कार्वाही चलाउदाँ वीरगंज महानगरपालिकाले आदर्शनगर विकास समितिमा परेको भन्दै पठाएको जवाफ । जबकी यससम्बन्धी कुनस्तरको निर्णयबाट अधिग्रहण भएको हो त्यसको रेकर्ड पठाएको छैन् । 
Nagar-Pramukh-lai-lekheko-patra---Birgunj-city-1752995301.jpg
हुलाक मार्फत नगरप्रमुखलाई जवाफ मागेका पत्र । 

निखितले मागेको जवाफ त महानगरले दिएन । यता नापी कार्यालय पर्साले रुकमणि देवि केडियाको जग्गा आदर्शनगर विकास समितिमा परेको छ की छैन् मिति २०८१।०५।१३ मा च.नं. ९७१ मार्फत जवाफ माग्दा वीरगंज महानगरपालिकाले हालसम्म जवाफ दिएको छैन् । भने, रुकमणि देवि केडियाका नाती प्रदिप केडियाले हरेश खाएर नापी कार्यालय पर्सामा कार्यालय प्रमुखलाई सम्बोधन गरी निवेदन दिएर मिति २०८१।०५।१३ पत्रको महानगरले कुनै जवाफ पठाएको छ कि भनेर सोध्दा कुनै जवाफ नपठाएको नापी अधिकृत दिपक कुमार सिंहले मौखिक जवाफ दिएका छन् । तर केहि अनलाईन मिडियाहरुमा आदर्शनगर विकास समितिमा जग्गा पर्ने भनी प्रायोजित समाचार एकपछि अर्को आइरहेको निवेदक निखित प्रविण र उनका वारेस संजय ठाकुर अर्का जग्गाधनी रुकमणि केडियाको हकखाने नाती प्रदिप केडियाले बताए । 

जग्गा धनीहरुले जग्गा आदर्शनगर विकास समितिको कै हो भने प्रमाण कहाँ छ, कसले जवाफ दिने ? कि किर्ते तरीकाले जग्गा हडपने भुमाफियाबाट प्रयोजित पत्रकारले जवाफ दिने हो ? या कसले जवाफ दिने हाे ? त्यसको प्रमाण पेश गर्न जग्गा धनी निखित प्रविणका वारेस संजय ठाकुर, प्रदिप केडिया लगायतले चुनौति दिएका छन् । अन्यथा यी प्रायोजित अनलाईन मिडियाका पत्रकारहरू विरुद्ध कानुनी प्रकृयाको लडाईमा जाने बताए ।

एकातर्फ जग्गा आदर्शनगर विकास समितिबाट किनेको भूमाफियाहरूको दाबी रहेको छ । अर्को तर्फ नक्कली निखित प्रविण खडागरी मालपोत कार्यालय बाराबाट जग्गा पास गर्छ र जग्गा रहेको पर्सामा मालपोत पर्सामा आएर निखत परविणको श्रेस्ता बदर गरी आफ्नो नाममा श्रेस्ता कायम गर्न प्रयास गर्छ । तर मालपोतको केही इमन्दार कर्मचारीबाट बदर गर्न नमानेपछि खरिदार मदन प्रसाद सत्यालको मिलोमतोमा यो जग्गा अरुले हालसाबिक गरी लगिसकेको हुनाले अदालतबाट हक कायम गरी आएको बखत हालसाबिक हुनेगरी निर्णय गराउन सफल हुन्छ । खरिदार सत्यालले मालपोत कार्यालयको २०७२।११।१२ गतेको टिप्पणी आदेशबाट अदालतबाट हक कायम गराउन निर्णय गराएर भूमाफियाहरू चुप लागेर बसेको देखिन्छ । 

Malpotle-Lekheko-patra---Birgunj-city-1752993936.jpg
मालपोतको टिप्पणी आदेश ।

त्यसपश्चात् मालपाेत र नापी विरूद्ध निखित परविणले २०७४।११।०६ गते उच्च अदालत जनकपुर अस्थाई वीरगंजमा मालपोत कार्यालय र नापी कार्यालयको विरुद्धमा आफ्नो जग्गा हालसाविक नगरिदिएकाले हालसाविक गरिदिन परमादेश मुद्दा दर्ता गर्छिन । उच्चले  २०७५।०३।११ गते ०७४-WO - 0170 मालपोत कार्यालय पर्सा र नापी कार्यालय पर्साको नाममा उच्च अदालतको माननिय न्यायधिश सिवनारायण यादव र वासुदेव अचार्यको संयुक्त इजलासले मालपोत कार्यालय पर्सा र नापी कार्यालय पर्सालाई निखित परविनको नाममा हालसाविक गर्न परमादेश जारी गरिदिएको छ । उच्चको आदेशपछि भुमाफियाहरुको निन्द हराम हुन्छ तर भूमाफियाहरूले शक्तिको आडमा उच्चको आदेश समेत कार्यन्वयन गर्न दिएको छैन् । 

तत्पश्चात यीनिहरु अर्को चलखेलमा लागेको देखिन्छ । आफ्नो किर्ते धन्दालाई कानुनसम्मत बनाउन अदालतलाई समेत गुमराहमा राखेर आफ्नो किर्ते धन्दाको प्रमाणिकरण गर्न प्रयास गरेको अर्काे प्रमाणहरुबाट देखिन्छ । 

जिल्ला अदालतमा मुद्दा नं. 075-CP-1587, 075-C4-0281, 075-CP-1653, 075-C4-0297, 075-C4-0278, 075-CP-1654, 075-CP-1589 र 075-CP-1588 हालसाबिक बदर, किर्ते जालसाभि दर्ता गराएकाे छ । 

स्काईलाईन इन्फ्रा प्रालि र उधोग वाणिज्य संघका पुर्व अध्यक्ष अनिल पटवारीका बुवा महाविर प्रसाद अग्रवालको सहयोगमा मालपोत कार्यालय बाराबाट किर्ते जग्गाधनी बनेकी रिनादेवि साहले २०७५।१०।२८ गते स्काईलाईन इन्फ्रा प्रालि, महाविर प्रसाद अग्रवाल, उमेश चन्द्र नेपाल र सुनिल कुमार गुप्ता माथि पर्सा जिल्ला अदालतमा हालसाबिक बदर किर्ते जालसाझि मुद्दा दर्ता गरी अदालतमा भूमाफियाहरूले चलखेल गरी एकवर्ष चुपचाप बसेको देखिन्छ । त्यसपछि एकैपटक २०७६।११।१८ मा यी सबै मुद्दा लगाव गराउन आदेश गराई चुप लागेर फेरी बसेको देखिन्छ ।

त्यसपछि २०७७।०६।१२ मा नक्कली निखत प्रविणबाट जग्गा खरिद गरेकी रिनादेवि साहले भूमाफियाहरूको मिलोमतोमा आफ्नो दाबी फिर्ता लिई स्काईलाईन इन्फ्रा प्रालि र महाविर प्रसाद अग्रवालले नै म बाट जग्गा किनेको जिल्ला अदालतबाट देखाउन खोजेकि छिन् । तर उमेश चन्द्र नेपाल र सुनिल कुमार गुप्ताले स्काईलाईन इन्फ्रा प्रालिलाई आफ्नो जग्गा दिन नमानेपछि उनीहरू माथिको दाबी फिर्ता लिदैनन् । 

एकातिर भुमाफियाहरूले आदर्शनगर विकास समितिबाट खरिद गरेकाे दाबी गर्छ अर्काेतर्फबाट आफैले खडा गरेरकाे नक्कलि जग्गाधनीबाट जिल्ला अदालतमा गएर मिलापत्र गर्छ यसले आम सर्वसधारणा ठुलाेबडाकाे पहुँचमा संगठित अपराध भइरहेकाे देखाउँछ । 

एक अर्को जग्गा दलाल संगठित भई संगठित अपराध गरेवापत तिनिहरु विरुद्ध मुलुकी अपराध संहिता ऐेन, २०७४ अनुसार संगठित अपराधमा ७ वर्ष जेल सजाय र जरिवाना वा दुवै हुने व्यवस्था रहेको छ । यसका लागि आवश्यक प्रकृया समेत चालिने जग्गाधनीहरुले बताएका छन् । 

भुमाफियाहरूले यतिमात्र नभइ अब उनिहरुले मुद्दा उच्चसम्म लगेका छन्, त्यसमा समेत विभिन्न चलखेल गरिएकाे देखिन्छ  यसका साथै निखितकाे जग्गा हडप्न अर्काे प्रपञ्च समेत रचिएकाे खुलेकाे छ साेकाे प्रमाण सहित अर्काे अंकमा प्रकाशित गरिनेछ । 

सम्बन्धित समाचार

भू–माफियाबाट खरिद गरेकाे किर्ते जग्गा प्रकरण : खरिद कर्ता व्यक्ति, बैंक र हाेटल लगायतलाई प्रमाण पेश गर्न आदेश

भू–माफियाद्वारा किर्ते गरी वीरगंजको आदर्शनगरस्थित बैंकहरूलाइ विक्री गरिएको केडिया परिवारको जग्गाबारे अनुसन्धान सुरु

वीरगंजको आदर्शनगरमा बैंकहरुले नै खरिद गरे किर्ते जग्गा, अधिग्रहणमा नपरेको केडिया परिवारकाे जग्गा यसरी बेचे शम्भु कलवारले

वीरगंजमा संगठित रुपमा भूमिसम्बन्धी कागज कीर्ते : सीआईबीद्वारा राजकुमार हरलालका पक्राउ, मालपोत कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतो उजागर

किर्ते जग्गामा स्काइलाइन मल, एसबीआइ र कुमारी बैंकको डेढ सय करोड लोन डुब्ने खतरामा

वीरगंजमा नबिल बैंक लुटपाट प्रकरण : बैंककै लापरबाही भएको प्रहरी निश्कर्ष

आगलागीको विकराल अवस्था, १६ दिनमा १२ जनाकाे मृत्यु, ४८ घाईते

२२ वर्षदेखि पर्सा नछोडेका प्रहरीहरू

भिडियाे सामाग्री

 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ११:५६
#मालपोत कार्यालय पर्सा #मालपोत घोटाला #नापी कार्यालय #जग्गा विवाद #वीरगन्ज महानगरपालिका #वीरगन्ज समाचार #न्यायको लडाइँ #निखित प्रविण अंसारी #जग्गा काण्ड #स्काईलाइन मल
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल शनिबार, असोज २४, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ वीरगंज सिटी
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ वीरगंज सिटी
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट वीरगंज सिटी
वीरगंजमा अव्यवस्थित अटो रिक्साले ट्राफिक जाम, घण्टाघर क्षेत्रका सर्वसाधारण सास्तीमा
वीरगंजमा अव्यवस्थित अटो रिक्साले ट्राफिक जाम, घण्टाघर क्षेत्रका सर्वसाधारण सास्तीमा वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ?
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ? वीरगंज सिटी
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP