शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #संगठित अपराध
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
वीरगंज विशेष
  • गृहपृष्ठ
  • वीरगंज विशेष
  • अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, भदौ २३, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको विशेष अदालतमा पेशी परेकाे छ ।

यसअघि जाहेरीकर्तालाई झिकाउने आदेश दिएकोमा त्यसकै पेशी परेकाे हाे । विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले विभिन्न व्यक्तिहरूलाई उपस्थित गराई उनीहरूको बयान तथा प्रमाण बुझ्ने आदेश दिएको थियाे । इजलासले बयान लिनुका साथै उनीहरूले पेश गरेका प्रमाण समेत बुझ्ने आदेश गरेको विशेष अदालतले जनाएको छ । 

विशेष अदालतमा दर्ता रहेको उक्त मुद्दाको नम्बर ०८२–CR–०१५२ रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विभिन्न व्यक्तिहरूलाई अदालतमा उपस्थित गराउने गरी आदेश भएपछि मुद्दाको सुनुवाइ प्रक्रिया थप अघि बढेकाे हाे । मेयर सिंहविरुद्ध अख्तियारले किर्ते कागजातका आधारमा जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

अख्तियारले गत जेठ २६ गते मेयर सिंहसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो । मुद्दामा मेयर सिंहसँगै वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन वडासचिव भिखारी राय, कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई, पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी षडकुमार पोखरेललगायत सरकारी कर्मचारी तथा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका पदाधिकारीलाई प्रतिवादी बनाइएको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अख्तियारका अनुसार मेयर सिंहले अर्काकी छोरी रुविना श्रेष्ठलाई आफ्नी छोरीका रूपमा प्रस्तुत गर्दै झुट्टा विवरणका आधारमा जन्मदर्ता, नागरिकता तथा राहदानी बनाउन सरकारी कर्मचारीसँग मिलेमतो गरेका थिए । आयोगले वीरगञ्ज महानगरपालिका–३ मा २०७१ कात्तिक २० गते रुविना श्रेष्ठको जन्मदर्ता प्रमाणपत्र जारी गरिएको र त्यसकै आधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता जारी भएको दाबी गरेको छ ।

आयोगले जन्मदर्ता प्रमाणपत्र तयार गर्ने क्रममा जानी–जानी गलत लिखत तयार पारिएको, सरकारी अभिलेखमा गैरकानुनी हेरफेर गरिएको तथा अभिलेख लुकाउने र नष्ट गर्ने कार्यसमेत भएको आरोप लगाएको छ ।

यस्तै, गैरकानुनी रूपमा नागरिकता जारी भएको विषयमा सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनमाथि पनि अख्तियारले प्रश्न उठाएको छ । तत्कालीन उपसचिव पुष्कर राना संयोजक र शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेको समितिले वास्तविक तथ्य लुकाएर गलत प्रतिवेदन तयार पारेको आयोगको आरोप छ ।

समितिले सम्बन्धित कागजात नष्ट भइसकेको उल्लेख गर्दै थप अनुसन्धान वा कारबाही आवश्यक नरहेको निष्कर्ष निकालेको थियो। तर, अख्तियारले उक्त प्रतिवेदन कसुर ढाकछोप गर्ने उद्देश्यले तयार पारिएको दाबी गरेको छ ।

सर्वोच्चको रिट खारेज

विशेष अदालतमा मुद्दा दायर भएपछि मेयर सिंहले आफूलाई पदमा निरन्तर काम गर्न दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतको पूर्ण इजलासले साउन १२ गते उक्त रिट खारेज गरिदिएको थियो ।

यसपछि विशेष अदालतमा मुद्दाको सुनुवाइ अघि बढेको हो । मुद्दामा वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायले बयानसमेत दिइसकेका छन् । बयानका क्रममा आफूले हस्ताक्षर नगरेको जन्मदर्ता किर्ते गरी अर्काकी छोरीलाई जन्मदर्ता तथा नागरिकता बनाइएको विषयमा आफूले सरकार, अदालत र अख्तियारसमक्ष सत्यतथ्य बताउँदै आएको उनको भनाइ छ ।

जिल्ला अदालतमा पनि चार मुद्दा

मेयर सिंहविरुद्ध जिल्ला अदालत पर्सामा समेत चारवटा फौजदारी मुद्दा विचाराधीन छन् । जिल्ला सरकारी वकिल कार्यालय पर्साले २०८२ जेठ १ गते झुट्टा विवरण पेस गरी नागरिकता प्राप्त गरेको तथा लिखतसम्बन्धी कसुरमा दुई–दुईवटा गरी चारवटा मुद्दा दायर गरेको थियो ।

ती मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह केही समय सम्पर्कविहीन भएका थिए । पछि पर्साको ठोरी क्षेत्रबाट पक्राउ परेका उनलाई अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

पत्रकारको खुलासापछि सुरु भएको थियो प्रकरण

नागरिकता किर्ते प्रकरण सार्वजनिक भएपछि यो विषयले राष्ट्रिय चर्चा पाएको थियो । वीरगञ्जका पत्रकार जियालाल साहले सिधाकुरा डटकममार्फत प्रमाणसहित समाचार सार्वजनिक गरेपछि वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए ।

प्रहरीले प्रारम्भमा उजुरी दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमार्फत उजुरी दर्ता गरिएको थियो । अनुसन्धानमा ढिलाइ भएपछि उजुरीकर्ताले उच्च अदालत जनकपुरधाम, वीरगञ्ज इजलासमा रिट दायर गरेका थिए । अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएपछि प्रहरीले विस्तृत अनुसन्धान गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

पत्रकार साहविरुद्ध पनि मुद्दा

यसै प्रकरणमा समाचार सार्वजनिक भएपछि मेयर सिंहले पत्रकार जियालाल साहविरुद्ध लिखित बेइज्जती, गाली बेइज्जती तथा साइबर अपराधसम्बन्धी मुद्दा दायर गरेका छन् । पत्रकार साहले विगत डेढ वर्षदेखि विभिन्न कानुनी मुद्दाको सामना गर्दै आएका थिए अन्तत जिल्ला अदालतले सबै मुद्दाबाट सफाइ दिएकाे छ । 

सम्बन्धित समाचार 

  • किर्ते नागरिकता प्रकरणमा निलम्बनमा परेका मेयर राजेशमान सिंहलाई पुनः काममा फर्किन दिने मागसहितको रिट सर्वोच्चद्वारा खारेज
  • राजेशमान सिंह विरूद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा के छ ? (विस्तृत)
  • नागरिकता किर्ते प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित, गृह मन्त्रालयकाे छानविन समितिका संयाेजक उपसचिव पुस्कर राना सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • पर्सा अदालतको आदेशपछि मेयर राजेशमान सिंह ४ लाख १५ हजार धरौटीमा रिहा
  • वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्ते सहित सरकारी वकिल कार्यालयले गरे पर्सा जिल्ला अदालतमा ४ वटा मुद्दा दायर (भिडियाे सहित)
  • राजेशमान सिंह विरुद्ध किर्ते नागरिकता मुद्दामा उच्च अदालतद्वारा परमादेश जारी (भिडियाे सहित)
  • EXCLUSIVE : सलाई फैट्रिको सम्पति हत्याउन नक्कली अध्यक्ष बने वीरगंजका मेयर राजेशमान सिंह, जग्गा किने भोला कलवार गराए प्लटिङ (भिडियाे रिपाेर्ट सहित)
  • वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्ते प्रकरणमा उच्च अदालतमा परमादेश माग सहितकाे रिट दर्ता
  • वीरगंज मेयर नागरिकता किर्ते प्रकरण : दुई महिनापछि बल्ल पञ्जिकरण अधिकारीसँग बयान लिए पर्सा प्रहरी
  • संघिय सदनकाे शुन्य समयमा नागरिकता किर्ते गर्ने वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाही गर्न डा. स्वर्णिम वाग्लेकाे माग (भिडियाे सहित)


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १९:२३
#वीरगंज #वीरगंज महानगरपालिका #राजेशमान सिंह #मेयर राजेशमान सिंह #अख्तियार दुरुपयोग अनुसन्धान आयोग #विशेष अदालत #भ्रष्टाचार मुद्दा #पर्सा #किर्ते कागजात #अख्तियार मुद्दा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप वीरगंज विशेष
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित)
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित) आइतबार, भदौ २८, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
किर्ते नागरिकता प्रकरण: मेयर राजेशमान सिंहको मुद्दाकाे आज विशेष अदालतमा पेशी, हप्ता दिनमै साक्षीकाे बयान सकेर पेशी
किर्ते नागरिकता प्रकरण: मेयर राजेशमान सिंहको मुद्दाकाे आज विशेष अदालतमा पेशी, हप्ता दिनमै साक्षीकाे बयान सकेर पेशी सोमबार, भदौ ८, २०८३
नागरिकता किर्ते प्रकरणमा निलम्बित वीरगंजका मेयर राजेशमान सिंहलाई सर्वोच्च अदालतबाट पनि झट्का, अन्तरिम आदेश नपाएपछि अब कानुनी तथा राजनीतिक भविष्य थप जटिल
नागरिकता किर्ते प्रकरणमा निलम्बित वीरगंजका मेयर राजेशमान सिंहलाई सर्वोच्च अदालतबाट पनि झट्का, अन्तरिम आदेश नपाएपछि अब कानुनी तथा राजनीतिक भविष्य थप जटिल बुधबार, असार १०, २०८३
राजेशमान सिंह विरूद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा के छ ? (विस्तृत)
राजेशमान सिंह विरूद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा के छ ? (विस्तृत) मंगलबार, जेठ २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर,  सरसफाइमा महानगरको बेवास्ता;  मेयरको ध्यान बजारकेन्द्रित मात्रै ?
वीरगंज–२२ जगन्नाथपुरको सडकमा भैंसीका कारण फोहोर, सरसफाइमा महानगरको बेवास्ता; मेयरको ध्यान बजारकेन्द्रित मात्रै ? संजय यादव
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट
वीरगंज भन्सार अगाडि ५० लाखभन्दा बढीको शौचालय तीन वर्षदेखि अलपत्र, सञ्चालनमा नआउँदै टुटफुट संजय यादव
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन संजय यादव
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो वीरगंज सिटी
पहिलो सिजनको सफलता दोहोर्‍याउने लक्ष्यमा कर्णाली याक्स
पहिलो सिजनको सफलता दोहोर्‍याउने लक्ष्यमा कर्णाली याक्स वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा
‘आ बाट आमा २’ : आमाबुबाको त्याग, सन्तानको बेवास्ता र बिछोडको पीडा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP