शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • २२ वर्षदेखि पर्सा नछोडेका प्रहरीहरू
२२ वर्षदेखि पर्सा नछोडेका प्रहरीहरू
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, चैत ८, २०८०
A1 Beakery Add A1 Beakery Add

प्रहरी नियमावली अनुसार शान्ति सुरक्षा वा अन्यत्र विभिन्न प्रयोजनले एक प्रहरी कर्मचारी बढीमा एउटै जिल्लामा २ देखी ३ वर्ष मात्रै काम गर्न पाइने व्यवस्था छ । 

अझ प्रहरी निरीक्षक देखी माथिल्लो तहको पदमा कार्यरत भए त बढीमा एक वर्षभन्दा बढी एउटा जिल्लामा बस्न पाइन्न । प्रहरीमा मात्रै होइन अन्य सरकारी सेवामा पनि एउटै ठाउँमा लामो समय कार्यरत रहँदा कार्यसम्पादनमा असर पर्न सक्ने भन्दै सरुवाको प्रावधान राखिएको हुन्छ । 

तर, नियम र प्रचलनलाई लत्याएर पर्सा जिल्लामा केही प्रहरीहरू २२ वर्षसम्म एकै जिल्लामा कार्यरत रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार विशिष्टीकृत अनुसन्धान र भूमिकामा नदेखिएका ति प्रहरीहरू कसरी एकै जिल्लामा पेन्सन पाक्ने बेलासम्म कार्यरत छन् भन्ने रहस्य खुल्दैन । 

पर्सामा प्रहरी नायब निरीक्षक देखी प्रहरी जवान तहसम्मका प्रहरीहरू १० देखी २२ वर्षसम्म एकै जिल्लामा डेरा जमाएर बसेका छन् । २०५८ सालदेखि ति प्रहरी कर्मचारीहरूले पर्सा नछोडेको पाइएको जिल्ला प्रहरी कार्यालय स्रोत बताउँछ । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

देशको अन्यत्र स्थानमा सरुवा भएर पनि विगत २२ वर्षदेखि पर्सामा डेरा जमाएर बसेका प्रहरी नायब निरीक्षक (सई) मध्ये मित्र बहादुर राई र हिराबहादुर बुढाथोकी पर्साका स्थायी जस्तै भएका छन् । उनीहरूलाई प्रहरी प्रधान कार्यालयले विभिन्न समयमा देशका विभिन्न जिल्लामा सरुवा गरेपनि काजमा सरुवा मिलाएर उनीहरु विगत २२ वर्षदेखि पर्सामै छन् । हाल काजमा मित्र बहादुर राई जिल्लाकै प्रबन्ध शाखा र हिराबहादुर बुढाथोकी प्रशासन शाखामा कार्यरत छन् । 

यस्तै प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर श्रेष्ठको समेत अन्यत्र सरुवा भएपनि छपकैयामा काजमा  खटिरहेका छन् । यो सँगै उनी पर्सामा बसेको २० वर्ष नाघेको छ। 

यस्तै १५ वर्षदेखि प्रहरी सहायक निरीक्षक (असई) नेत्र बहादुर खड्का, मिना बडाल, नन्दकला टमाटा पर्सा छोडेका छैनन् । खड्का हाल जिल्ला अदालत, बडाल सामुदायिक प्रहरी मिना बजार, टमाटा जिल्लाकै महिला सेलमा काजमा रहेकी छिन् । 

यस्तै प्रहरी सेवामा आबद्ध रहेका एक दम्पतीपनि विगत १५ वर्षयता पर्सा छोडेका छैनन् । प्रहरी बरिष्ठ हवलदार दलबहादुर थापा र उनकी श्रीमती प्रहरी हवलदार कमला तमाङ दुवैजना विगत १५ वर्षदेखि पर्सा जिल्ला मै कार्यरत छन् । 

यस्तै प्रहरी हवलदार राधिका श्रेष्ठ, बसन्त माया राना, विजया कार्की समेत १५ वर्षदेखि पर्सामै छन् । प्रहरी हवल्दार श्रेष्ठ वीरगंज भन्सारस्थित प्रहरी चौकी इनर्वा, राना र कार्की उच्च अदालत विटमा काजमा छन्  ।

यस्तै प्रहरी हवल्दार ज्याती खाती, राम प्रसाद त्रिपाठी, टिका श्रेष्ठ, लक्ष्मी श्रेष्ठ समेत १० वर्षदेखि पर्सा जिल्लामै काजमा रहेका छन् । प्रहरी हवल्दार खाती कारागार, त्रिपाठी प्रशासन शाखा, टिका र श्रेष्ठ सञ्चार शाखामा काजमा छन् । 

प्रहरी सहायक हवल्दार विज्ञान थापाको सरुवा अन्यत्र रहेपनि १४ वर्षदेखि पर्सा मै छन् । हाल उनी लेखा शाखामा रहेका छन । यस्तै प्रहरी सहायक हवल्दार सरोज खड्का, अजिता घिमिरे र शिवशंकर यादव विगत १० वर्षदेखि पर्सा जिल्लामै कार्यरत रहेका  छन् । प्रहरी सहायक हवल्दार खड्काले टाइगर टोली सम्हालेका छन् भने घिमिरे जिल्ला प्रशासन कार्यालय र १० वर्षदेखि पर्सा मै डेरा जमाएका शिवशंकर यादव अपराध शाखामा रहेका छन् । 

यस्तै, प्रहरी जवान धनमाया दाहाल, विश्वजित सिंह, शुशिला नेपाली समेत १० वर्षयता पर्सामै कार्यरत रहेका छन् । प्रहरी जवान दाहाल अपराध शाखा र सिंह नेपाली मुद्दा शाखामा काजमा कार्यरत रहेका छन् । 

एउटै जिल्लामा लामो समय किन ?

आर्थिक नगरी वीरगंज आफैँमा आकर्षणको केन्द्र हो । झन देशकै सबैभन्दा ठूलो २ वटा भन्सार नाकाबाट हुने वस्तु आयात र निर्यात तथा अवैध तस्करीका कारण यो क्षेत्र सुरक्षाको दृष्टिले चुनौतीपूर्ण र संवेदनशिल मानिन्छ । अझै त्यसमा हुने खेलो फड्कोका लागि पनि वीरगंज धेरैको रोजाइमा पर्छ ।

भलै वीरगंजमा लामो समयसम्म कार्यरत रहेका प्रहरीहरू गलत कामकै लागि राखिएको नहुन सक्छन् । तर, तस्करी हुने मालसमानको लाइन मिलाइदिने देखी राजनीतिक अपराध लुकाउनसम्मका लागी पर्सा सरुवा गराएर नजिकको प्रहरी राख्ने चलन नौलो होइन् । 

प्रहरी नियमावली अनुसार शान्ति सुरक्षा वा अन्यत्र विभिन्न प्रयोजनले एक प्रहरीले बढीमा एउटै जिल्लामा २ देखी ३ वर्ष र प्रहरी निरीक्षकदेखि माथिल्लोस्तरमा बढीमा एक वर्षसम्म एउटा जिल्लामा बस्नुपर्ने नियम छ ।  मधेश प्रदेश प्रहरी प्रवक्ता श्याम कुमार महतोका अनुसार अन्य पदका लागि २ देखि ३ वर्ष र निरीक्षक देखि माथिल्लो पदमा बढीमा १ वर्ष मात्रै एउटा जिल्लामा बस्न पाइन्छ। 

तर, मधेश प्रदेशका ८ जिल्लामा भने यो प्रावधान लागू हुन सकेको छैन् । मुख्यमन्त्री, प्रदेश मन्त्रीदेखि सांसद, मेयरसम्मले आफ्ना मान्छे भन्दै सरुवा गराएर काजमा प्रहरीहरू जिल्ला ल्याउने गरेको पाइन्छ । 

पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले यसबारे अनभिज्ञता प्रकट गरे । बाहिर सरुवा भएर जानु पर्ने १ सय ७० जना जति प्रहरीहरू अहिले पनि जिल्लामा रहेको भन्दै उनले नयाँ आउने आएपछि पुरानो पदस्थापनको ठाउँमा जाने बताए ।जिल्लाका कतिपय पोस्टका लागि अझै सुरक्षाकर्मी अभाव रहेको भन्दै उनले एकै ठाउँमा वर्षौँ कोही प्रहरी अधिकारी रहेको भन्नेबारे भने बुझ्नुपर्ने बताए । 

‘सरुवा भएर जानु पर्ने प्रहरीहरू छन्,आउनुपर्ने पनि छन्’, उनले भने, ‘एउटै ठाउँमा लामो समय काम गरेको भन्नेबारे बुझ्नुपर्छ । उजुरी आए कारबाही हुन्छ ।’

पर्सा प्रहरीमा एक हजार जनाको दरबन्दी रहेको र विशेष काम बाहेकको अवस्थामा प्रहरीको लामो समयसम्म सरुवा नहुने अवस्था नरहने पनि जिल्ला प्रहरी कार्यालयले प्रष्टयाएको छ । 


प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०१:३६
#पर्सा जिल्ला #नेपाल प्रहरी #आर्थिक नगरी वीरगंज
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) आइतबार, असोज ४, २०८३
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित)
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित) आइतबार, भदौ २८, २०८३
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाह : ‘यतिबेला शरीर थाक्यो भन्दै विश्राम गर्ने छुट छैन’
प्रधानमन्त्री शाह : ‘यतिबेला शरीर थाक्यो भन्दै विश्राम गर्ने छुट छैन’ बुधबार, भदौ १७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP