शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #सरकारी वकिल कार्यालय
  • #धरौटीमा रिहा
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • ‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, भदौ १५, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंजस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको छ ।

शिशु चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–१६, इनर्वाकी सबिना खातुनलाई समेत पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार रातभरि खोजी तथा अनुसन्धान अभियान सञ्चालन गरेपछि सोमबार बिहान खातुनलाई नवजात शिशुसहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा खातुनले आफ्नो कुनै सन्तान नभएकाले बच्चा चोरी गरेको बताएकी छन् । यद्यपि, उनले शिशु चोरी गर्नुको वास्तविक कारण, यसमा अन्य व्यक्तिको संलग्नता थियो कि थिएन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनापछि प्रहरीले खातुनलाई शिशुसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको थियो । उद्धार गरिएको नवजात शिशुलाई प्रहरीको संरक्षणपछि परिवारकाे जिम्मामा लगाएको छ । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

हजुरआमासँग बच्चा खेलाउने भन्दै मागेकी थिइन्

प्रहरीका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वा निवासी रिन्कु देवीले शनिबार राति करिब ११ बजे नारायणी अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन् ।

एक दिन पनि नपुगेको नवजात शिशु अस्पतालमै आमाको उपचार तथा स्याहारमा थियो । आइतबार अस्पतालमा रहेका शिशुका परिवारका सदस्यसँग एक अपरिचित महिला नजिकिएकी थिइन् । ती महिलाले बच्चालाई खेलाउने भन्दै हजुरआमासँग शिशु मागेकी थिइन् । यसै अस्पतालमा कुचिकारकाे रूपमा कार्यरत बताएकाले परिवारले विश्वास गरेर शिशु उनलाई दिएका थिए । तर, बच्चा हातमा लिएपछि ती महिला अस्पताल परिसरबाट बाहिरिएकी थिइन् ।

केही समयपछि बच्चा लिएर गएकी महिला नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । अस्पताल परिसर तथा आसपास खोज्दा पनि महिला र शिशु नभेटिएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

१६ घण्टासम्म प्रहरीको खोजी अभियान

नवजात शिशु चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले तत्कालै खोजी तथा अनुसन्धान अघि बढाएको थियो । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले अस्पताल परिसरदेखि वीरगंजका विभिन्न स्थानमा खोजी तीव्र बनाएको थियो ।

प्रहरीले घटनामा संलग्न महिलाको हुलिया तथा घटनासँग सम्बन्धित अन्य विवरणका आधारमा सम्भावित स्थानमा खोजी गरेको थियो । रातभरि गरिएको अनुसन्धानपछि प्रहरीले वीरगंज महानगरपालिका–१६, इनर्वामा शिशुसहित खातुनलाई फेला पारेको हो ।

प्रहरीले शिशुलाई सकुशल उद्धार गरेपछि परिवारलाई समेत राहत मिलेको छ ।

‘सन्तान नभएकाले बच्चा चोरी गरेँ’

पक्राउ परेकी खातुनले प्रारम्भिक बयानमा आफूलाई सन्तान नभएकाले नवजात शिशु चोरी गरेको बताएको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए । 

तर, सन्तान नभएको कारण मात्र हो कि घटनापछाडि अन्य कुनै उद्देश्य वा व्यक्तिको संलग्नता छ, भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । खातुनले अस्पतालसम्म कसरी पुगिन्, शिशु चोरी गर्ने योजना पहिले नै बनाएकी थिइन् कि अचानक यस्तो कदम चालिन् तथा घटनामा अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले घटनाको सम्पूर्ण पाटो अनुसन्धानपछि मात्रै स्पष्ट हुने जनाएको छ ।

परिवारमा खुसी फर्कियो

एक दिनअघि मात्र जन्मिएको छोरा अस्पतालबाटै हराएपछि रिन्कु देवीको परिवारमा ठूलो तनाव उत्पन्न भएको थियो । जन्मिएको खुसीयाली मनाउन नपाउँदै नवजात शिशु हराएपछि परिवारका सदस्यहरू चिन्तित बनेका थिए । प्रहरीले करिब १६ घण्टापछि शिशुलाई सकुशल उद्धार गरेपछि परिवारमा पुनः खुसी फर्किएको छ ।

नवजात शिशु चोरीको यो घटनाले अस्पतालको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ । बिरामी तथा कुरुवाको भीडभाड हुने अस्पतालमा अपरिचित व्यक्तिको प्रवेश तथा नवजात शिशुलाई सजिलै बाहिर लैजान सकिने अवस्थाले सुरक्षा व्यवस्थाको कमजोरीसमेत उजागर गरेको छ ।

प्रहरीले पक्राउ परेकी खातुनमाथि थप अनुसन्धान अघि बढाएको छ भने घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार 

नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)

नारायणीबाट चोरी भएको एकदिने शिशुसहित महिला पक्राउ

भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  २०:४१
#वीरगंज #नारायणी अस्पताल #प्रहरी अनुसन्धान #पर्सा प्रहरी #वीरगंज समाचार #पर्सा समाचार #नवजात शिशु उद्धार #नवजात शिशु चोरी #शिशु चोरी #अस्पताल सुरक्षा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल शनिबार, असोज २४, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
रसुवामा बाढी–पहिरोपछि पर्साका १६ वेपता मध्ये २ जना सम्पर्कमा आए
रसुवामा बाढी–पहिरोपछि पर्साका १६ वेपता मध्ये २ जना सम्पर्कमा आए बिहीबार, भदौ ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी
नवरात्रिमा धार्मिक गतिविधिमा सक्रिय कांग्रेस नेता सहाबुदिन, कर्मामाईको आरतीमा सहभागी वीरगंज सिटी
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स फाइनलमा, दुई गोल गरेका सुनिल राउत बने ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP