शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
मुख्य खबर
  • गृहपृष्ठ
  • मुख्य खबर
  • भू–माफियाबाट खरिद गरेकाे किर्ते जग्गा प्रकरण : खरिद कर्ता व्यक्ति, बैंक र हाेटल लगायतलाई प्रमाण पेश गर्न आदेश
भू–माफियाबाट खरिद गरेकाे किर्ते जग्गा प्रकरण : खरिद कर्ता व्यक्ति, बैंक र हाेटल लगायतलाई प्रमाण पेश गर्न आदेश
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असार १८, २०८२
A1 Beakery Add A1 Beakery Add

वीरगंजको आदर्शनगरस्थित व्यक्तिकाे जग्गा किर्ते गरी विक्री गरिएको विषयमा अनुसन्धान गरिरहेको नापी तथा मालपोत कार्यालय पर्साले हाल उपभोग गरिरहेकाहरूलाई प्रमाण पेश गर्न आदेश दिएको छ ।

मालपोत कार्यालय पर्साका अनुसार जग्गाधनी परिवारको हक कायमका लागि परेको निवेदनको सुनवाई गर्दै मालपोत, नापी लगायतको अनुसन्धानबाट आएको निर्देशन बमोजिम अर्काको जग्गा किर्ते गरी के कसरी बिक्री गरिएको र खरिद कर्ताले कुन आधारमा खरिद गरिएको लगायतको विषयमा विस्तृत प्रमाण पेश गर्न पत्र जारी गरिएको छ । 

हाल बसि आएको बैंक, होटल तथा विभिन्न सम्बन्धित व्यक्तिहरूका लागि पत्र काटिएको हो । बैंकहरुले बुझेका छन् भने, केही होटल तथा व्यक्तिले बुझ्न मानेका छैनन् त्यसका लागी पत्रको २१ दिने म्याद त्यसपछि पनि थप ७ दिने म्याद रहने हुँदा सोही प्रकृया अगाडि बढाउन लागिएको मालपोत कार्यालय पर्साका प्रमुख अशोक भट्टराईले बताए । 

उनका अनुसार सम्बन्धित कार्यालयको म्याद नबुझेपछि पत्रिकामा प्रकाशित हुन्छ त्यसपछि मालपोत र नापीले वहाँहरूले पठाएको प्रमाणको मूल्यांकन हुन्छ त्यसपछि जग्गाको हकदाबी लगायतको विषय टुङ्गोमा पुग्ने उनले बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

वीरगंजका व्यापारी प्रदीप केडियाको हजुर आमाको नाममा रहेको मध्ये वीरगंजको ११ कठ्ठा ६ धुर जग्गा २०५५ सालमा सरकारले अधिग्रहण गरेको भनी चुप बसेका उनको जग्गा बिचौलियाहरूले आफ्नो नाममा हत्याएर विभिन्न व्यक्ति र संस्थाहरूलाई बिक्री गरेको लालपुर्जा, तिरो तिरेको प्रमाणहरूले देखाउँछ । 

रुकमनी देवी केडियाको नाममा २०२३ सालदेखि रहेको उक्त जग्गा हालसम्म उनकै नाममा मालपोत कार्यालयमा दर्ता रहेको छ । २०२९ सालमा सरकारले वीरगंजको विभिन्न गाउँ पञ्चायतको जग्गा अधिग्रहण गरेको भए पनि केडिया परिवारको जग्गा अधिग्रहणमा परेको थिएन । तर तत्कालीन वीरगंज नगरपालिकाको वडा नं। ५ मा रहेको जग्गालाई भिडाएर विभिन्न व्यक्तिहरूले तत्कालीन एक नम्बर गोश्वाराबाट स्याबासीमा आफ्नो नाममा पारेर बिक्री गरेको खुलेको छ । सोही जग्गा २०५५ सालमा किर्ते गरी किता नम्बर १४ को ९ कठ्ठा र किता नम्बर १५ को २ कठ्ठा ६ धुर गरी जम्मा ११ कठ्ठा ६ धुर नापी र स्रेस्ता कायम गरेर स्ववासी दर्ता गराइएको थियो । विभिन्न व्यक्ति हुँदै उक्त जग्गा विभिन्न बैँक तथा व्यक्तिहरूलाई बेचेको र सोको अनुमानित मूल्य करिब सवा अर्ब रुपैयाँ रहेको छ । 

साबिक श्रीपुर वी वडा नं. ९ किता नम्बर १५ हाल वीरगंज महानगरपालिका वडा नम्बर १० सिट नम्बर ११३–०३९०–०८ को किता नम्बर ५४, ५५, ५६, ५७, ५८ र ७० मध्ये किता नं. ५४, ५५, ५८ र ७० स्काईलाईन इन्फ्रा प्राइभेट लिमिटेड किता नम्बर ५६, उमेश चन्द्र नेपाल, किता नम्बर ५७ सुनिल कुमार गुप्ताको नाममा देखिएकाले मालपोत कार्यालयले २१ दिने म्याद जारी गरेको जनाएको छ । 

त्यस्तै श्रीपुर वी वडा नं. ९ किता नम्बर १४ हाल हाल वीरगंज महानगर वडा नं. ५ किता नम्बर ३, ४, ७४ नबिल बैंक, किता नम्बर ९ पदमा कुमारी शाही, किता नम्बर ११ सत्यनरायण मानन्धर, किता नम्बर ७६ श्रीलाल प्रसाद रौनियार, किता नम्बर २ बदर भई किता नम्बर ८५ विमल कुमार संघाई, किता नम्बर ८६ सुशिला अग्रवाल, किता नं. ८ बदर भई किता नम्बर १०१ बबिता देवी र मितल कुमार गुप्ता, किता नम्बर १०२, ललित कुमार अग्रवाल, त्यस्तै वडा नम्बर १३ को किता नम्बर ४४ पुजालाठ अग्रवाल र पुजा अग्रवाल संयुक्त, किता नम्बर ४५ एन.आई.सि. एसिया बैंक, किता नम्बर ४६ शोभा रानी चिपालु र सरिता चिपालु संयुक्त, किता नम्बर ४७ होटल पुजन प्रा.लि., किता नं. ४८ सम्झना कुमारी माथेमा समेतलाई मालपोत कार्यालयले २१ दिने म्याद जारी गरेको जनाएको छ । भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले समेत छानविन गरी राय समेत पेश गर्न मालपोतलाई पत्रचार गरेको मालपोतले जनाएको छ । 

मालपोत कार्यालयले असली जग्गाधनी केडिया परिवारको हक कायम गराउनका लागि अनुसन्धान प्रक्रिया सुरु गरेको थियो । 

अनुसन्धानको लागि मालपोत कार्यालय पर्साको पत्रको आधारमा नापी कार्यालय पर्साले यसअघि सर्वेक्षक संजय झालाई जिम्मेवारी दिएको थियो तर जग्गा बेचबिखनमा ठुलो गिरोह संलग्न रहेको आशंकामा अनुसन्धान प्रक्रिया स्थगित गरी संयुक्त टोली बनाएर थप अनुसन्धानको जिम्मेवारी तोकिएको थियो ।

नापी अधिकृत बब्लु पाण्डेको नेतृत्वमा ४ सदस्यीय जसमा सर्वेक्षक राम प्रमोद राउत, संजय झा, र मोहन राय रहेका छन् । सो टोली भदौ २६ गते फिल्डमा खटिने गरी जिम्मेवारी तोकिएको थियो । नापी कार्यालय पर्साले वीरगंज महानगरपालिकालाई साबिक श्रीपुर ९, ख किता नं १४ र १५ को जग्गा आदर्शनगर विस्तारको क्रममा अधिग्रहणमा परेको वा नपरेको यकिन गर्न पत्राचार गरेको थियो । 

वीरगंज सिटीले खुलाशा गरेको उक्ता जग्गा प्रकरणबारे सुरूवातमा समाचार बारे नै प्रश्न उठाएका थिए । तर अहिले यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, मालपोत कार्यालय तथा नापी कार्यालय आफै लागेको छ । 

मालपोत र नापी कार्यालयले प्रमाण झिकाएसँगै अब वास्तविक जग्गाधनीको हक सुनिश्चित गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।

सम्बन्धित समाचार

भू–माफियाद्वारा किर्ते गरी वीरगंजको आदर्शनगरस्थित बैंकहरूलाइ विक्री गरिएको केडिया परिवारको जग्गाबारे अनुसन्धान सुरु

वीरगंजको आदर्शनगरमा बैंकहरुले नै खरिद गरे किर्ते जग्गा, अधिग्रहणमा नपरेको केडिया परिवारकाे जग्गा यसरी बेचे शम्भु कलवारले

वीरगंजमा संगठित रुपमा भूमिसम्बन्धी कागज कीर्ते : सीआईबीद्वारा राजकुमार हरलालका पक्राउ, मालपोत कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतो उजागर

किर्ते जग्गामा स्काइलाइन मल, एसबीआइ र कुमारी बैंकको डेढ सय करोड लोन डुब्ने खतरामा

वीरगंजमा नबिल बैंक लुटपाट प्रकरण : बैंककै लापरबाही भएको प्रहरी निश्कर्ष

आगलागीको विकराल अवस्था, १६ दिनमा १२ जनाकाे मृत्यु, ४८ घाईते

२२ वर्षदेखि पर्सा नछोडेका प्रहरीहरू

भिडियाे सामाग्री

 


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १८:१५
#वीरगंज #नबिल बैंक #केडिया परिवार #मालपोत कार्यालय पर्सा #एनआईसी एशिया बैंक #नापी कार्यालय #जग्गा विवाद #सार्वजनिक सूचना #पर्सा समाचार #एभरेष्ट बैंक
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप मुख्य खबर
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल शनिबार, असोज २४, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP