सप्तरी | राजविराज नगरपालिकाको मुख्य सडकमा शुक्रबार दिउँसो सप्तरीका पत्रकार सौरभ यादवमाथि सांघातिक आक्रमण भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार, मोटरसाइकलमा आएका तीन जनाको समूहले यादवको हातमा छुरा प्रहार गरेका छन् भने उहाँको टाउको र शरीरका विभिन्न अङ्गमा हेलमेटले कुटपिट गरेका छन् । घाइते पत्रकार यादवको उपचार हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ ।
नेपाल पत्रकार महासङ्घ सप्तरीले घटनाप्रति आपत्ति व्यक्त गर्दै आक्रमण गर्ने दुई जनासँगै उनीहरुलाई साथ दिने मोटरसाइकल चालकलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला प्रशासन कार्यालय सप्तरीसँग माग गरेको छ ।
प्रहरी प्रवक्ता बस्नेतले घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जानकारी पनि दिनुभएको छ ।
भिडियाे सामाग्री