जनकपुरधाम । जनमत पार्टीले पेशागत कानुन व्यवसायी संघ गठन गरेको छ । अधिवक्ता उपेन्द्रकुमार साहको नेतृत्वमा १२ सदस्यीय तदर्थ समिति गठन गरिएको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिनुभयो ।
नवगठित कानुन व्यवसायी संघको सह–संयोजकमा रञ्जितकुमार साह चयन भएका छन्। सचिवमा रामछविलाल यादव र सह–सचिवमा राहुलकुमार रजक निर्वाचित भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा पिटरजंग कुँवर रहनु भएको छ भने सदस्यहरूमा अधिवक्ता हरिप्रसाद साह, घुरण साह, गौरीशंकर महतो, दिव्या सिंह, लक्ष्मी ठाकुर, काजल चौधरी र सुरेश सुनार चयन भएका छन् ।
तदर्थ कमिटीले केन्द्रीय विधान मस्यौदा समिति गठन गर्ने र जिल्ला कमिटी विस्तार गर्ने निर्णय समेत गरेको छ ।
भिडियाे सामाग्री