वीरगंज । मध्य नेपाल मिडियाको दशौं वार्षिकोत्सव बिहीबार वीरगञ्जस्थित कलाशिक बेक्टहलमा विशेष कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यता तथा मध्य नेपाल मिडियाकी सञ्चालिका कविता खडकाको अध्यक्षता रहेको थियो । महिला पत्रकार नेतृत्वद्वारा सञ्चालित मध्य नेपाल मिडियाको वार्षिकोत्सवमा विभिन्न क्षेत्रका सम्मानित व्यक्तिहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।
सो अवसरमा सञ्चार क्षेत्रको योगदान, महिला पत्रकारिताको भूमिका तथा संस्थाको भविष्यका योजनाबारे चर्चा गरिएको थियो । संस्थाले स्थापना देखिनै सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा निरन्तर क्रियाशील रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले समाजलाई सूचना र जागरणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, सचिव अशोक तिवारी, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी नेपाल मधेश प्रदेश अध्यक्ष लालबाबु शेख, नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष ओमप्रकाश खनाललगायतको सहभागिता थियो । साथै, विभिन्न व्यक्तित्वहरूलाई सम्मानित पनि गरिएको थियो ।
भिडियाे सामाग्री